सल्यानमा विदेशबाट आएका १ सय ४४ जनाको र्‍यापिट टेस्ट नेगेटिभ

इन्द्र बुढाथोकी
सल्यान ः पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा आज विदेश बाट आएका १ सय ४४ जनाको र्‍यापिड डाइगोनिस्टिक परिक्षण गरिएको छ । जसमा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा भारत तथा विदेशबाट आएका नागरिकको प्रभाकर माबी देवस्थलमा रहेको क्वारेन्टाइनमा र्‍यापिट टेष्ट गरिएको छ । र्‍यापिड टेस्टमा बनगाड कुपिण्डे नगरपालिका ३ बच्चा, १२९ जना विदेश तथा भारत बाट आएका र बाकी छिमेकी जिल्ला सुर्खेत सिम्तगाउपालिका १२ सहित १ सय ४४ जनाको र्‍यापिट टेष्ट गरिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनु भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि यसको निदान र उपचार विधि आरडिटि स्कृनिङ विधि अवलम्बन गरि कोरोना भाइरसको लागि अहिले सल्यान जिल्ला लगाएत देशको सबैठाउमा भैरहेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यान मेडिकल अफिसर डाक्टर भिमकान्त जैसी, ल्याव टेक्निसियन अधिकृत भिम रोकाय, ल्याव असिस्टेन्ट नवीन ओलि, नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल, लगाएतको चिकित्सकको टोलि र्‍यापिट परिक्षण गरिरहेको छ ।
यश नगरपालिकामा जम्मा १ सय ६२ जना विदेश बाट आएको भने पनि मध्य १ सय ३२ जनाले मात्र र्‍यापिड टेस्ट गराएका छन ।





error: Content is protected !!