साईनो


साइनो नं १४
परिवारको जिम्मा
दाउरा माटोको भारी
उहीँ पुरानो जिन्दगी त्यो ।
साइनो नं १५
बन्चरो, नाम्लो साथी
वन जंगलको यात्रा
मात्र पाँच सय कमाइ ।
साइनो नं १६
हराएको छ खेती
छैन अर्गानिक अन्न
आयातित सुमो चामल ।
साइनो नं १७
खेर गएको पानी
दैनिक लोडसेडिङ
पर्दैन कसैको नजर ।
साइनो नं १८
अपायक सेन्टर
आर्थिक संकटमा
हजारौ विद्यार्थीहरु ।
साइनो नं १९
कोरोनाको प्रहार
देश भित्र मौलाउदै
कालो बजारका खेलाडी ।
जयकृष्ण हमाल , ठुलिभेरी नगरपालिका डोल्पा










