‘ह्याप्पी बर्थडे’ प्रधानमन्त्रीज्यू 

धर्मेन्द्र झा

प्रधानमन्त्रीज्यू, सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्दा त्यसको जिम्मेवारी तपाईंले पनि त लिनुपर्ने होला नि ?
समादरणीय प्रधानमन्त्रीज्यू,
यहाँ हामी कुशल नै छौँ, आशा छ तपाईं, तपाईंको परिवार र सरकार पनि कुशल नै होला । सर्वप्रथमतः यहाँलाई ६९औँ जन्मोत्सवको हार्दिक शुभकामना १ रह्यो प्रश्न सरकारको, देशले प्रधानमन्त्रीका रूपमा यहाँको नेतृत्व प्राप्त गरेको पनि दुई वर्ष बितिसकेको छ । अहिलेसम्म त सरकारले कस्तो काम गर्‍यो र कति सफल रह्यो भन्ने विषयको मूल्यांकन आमजनताले गरेकै छन् ।

भविष्यका लागि भने सफलताको कामना गर्छु । यो अलग विषय हो कि अब सरकारको बाँकी अवधिको नेतृत्व यहाँले नै गर्नुहुन्छ कि विगतको सम्झौताअनुसार यहाँको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले गर्नुहुनेछ भन्ने प्रश्नको छिनोफानो हुन बाँकी नै छ । तर, एउटा कुरा निश्चित छ, बजार हल्लाअनुसार पार्टी एकीकरण प्रक्रियाका सन्दर्भमा प्रचण्डसँग भएको यही सम्झौताको कार्यान्वयनका लागि तपाईंमाथि दबाब सिर्जना गर्ने राजनीति प्रारम्भ हुनेछ ।

यस्तो राजनीति हुने मुख्य कारण हो, तपाईंकै पार्टीभित्रका केही नेताले तपाईं अहिले प्रतिरक्षात्मक अवस्थामा रहेको मूल्यांकन गरिरहेका छन् । पछिल्ला दिनमा भएका केही घटनाले यहाँलाई आक्रामकको साटो प्रतिरक्षात्मक अवस्थामा पु¥याएकाले तुलनात्मक रूपमा यहाँ कमजोर हुन थाल्नुभएको मूल्यांकन भइरहेको वर्तमान अवस्थामा तपाईंमाथि रणनीतिक आक्रमणका लागि अहिले उपयुक्त अवस्था हो भन्ने उनीहरूको धारणालाई सोझै गलत भन्न सकिन्न । एउटा खास व्यक्तिका लागि संविधान संशोधन गर्न सहमत देखिनु तपाईं प्रतिरक्षात्मक भएको प्रत्यक्ष प्रमाण हो ।

नेकपाका अध्यक्ष महोदय,
फेरि भन्दै छु, यहाँलाई जन्मदिनको शुभकामना १ तपाईं देशको प्रधानमन्त्री, त्यसमाथि घघडान कम्युनिस्ट नेता १ तपाईंले आफ्नो जन्मदिन मनाउनै हुँदैन भन्ने होइन । तर, नेपाली भाषामा एउटा भनाइ छ नि— जो अगुवा उही बाटो ।।। १ अहिले सर्वत्र प्रश्न गरिँदै छ, गरिब देशका प्रधानमन्त्रीले जन्मदिन मनाउने तरिका यही नै हो त रु तपाईंजस्तो मुलुकको राजनीतिक र सामाजिक जीवनमा सर्वोच्च स्थान तय गरिसकेका नेताले सम्पादन गर्ने कुनै पनि कार्यक्रम तथा व्यवहार अरू जनसामान्यका लागि अनुकरणीय हुनुपर्ने हो, अनुसरणीय आदर्श हुनुपर्ने हो । तर, यो कति सम्भव छ रु माथि पनि भनिसकियो, तपाईं एक सर्वहारा वामपन्थी नेता हो ।

के वामपन्थी चिन्तन र सिद्धान्तमा व्यक्तिले यत्तिकै तडकभडक र तामझामसाथ जन्मदिन मनाएर आर्थिक अपव्यय गर्नुपर्ने उल्लेख छ रु सर्वहाराको अधिनायकत्व भनेको यही हो रु यसपटक तपाईंले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउनुभएको छ । राम्रो कुरा हो, यसै नाममा तपाईंले आफ्नो गामठाम सम्झिनुभयो । तर, फेरि प्रश्न उठ्छ, जन्मघर सम्झिने सर्वाधिक उपयुक्त तरिका यही नै थियो त ? सामन्ती शैलीमा चारवटा हेलिकोप्टरबाट गाम पुगेर नेपालको नक्सा आकारको १५ किलोको केक काटेर तपाईंले ‘स्वान्तः सुखाय’को नीति अख्तियार गर्नुभएको छ ।

प्रतीकात्मक रूपमा यो केक काट्नुको अर्थ के लाग्छ, प्रधानमन्त्रीज्यू थाहा छ यहाँलाई रु आमनेपाली जनताले तपाईंको यो व्यवहार मन पराएका छैनन् । तपाईंका मुखेन्जी भन्न डर मान्नेहरूले सायद तपाईंलाई यो कुरा भन्न सकेका छैनन् तर सत्य के हो भने, तिनलाई पनि तपाईंको यो व्यवहारबाट पक्कै असजिलो महसुस भएको छ । आखिर समाजमा जवाफ त तिनले नै दिनुपर्छ । तपाईंसँग त सर्वसाधारणको भेट सम्भव छैन ।

समाजमा विद्यमान गलत संस्कारको अन्त्य तपाईं, तपाईंको पार्टी र सरकारको प्राथमिकतामा पर्नुपर्ने थियो तर त्यसो हुन सकिरहेको छैन । तपाईंले आफ्नो जन्मदिनलाई विशेष बनाउने नाममा जिल्लाका दूरदराज गामठामका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको लोभ दिएर घन्टौँ पैदल हिँडाउनुभएको छ । के यो उचित हो रु के यो सामन्ती सोच होइन रु यस्तै सामन्ती सोच अन्त्य गरी नयाँ समाज स्थापनाका लागि विगतमा तपाईं वामपन्थी आन्दोलनमा होमिनुभएको होइन रु तपाईंले सञ्चालन गरेको आन्दोलनले देखेको नयाँ नेपाली समाजको सपना यही नै थियो रु यही नै थियो भने हाम्रो भन्नु केही छैन । होइन, तपाईंले देखेको सपना यो थिएन भने आफूलाई सच्याउने तत्परता तपाईंले नै गर्नुपर्ने थियो । तपाईं यस कार्यमा पनि असफल देखिनुभएको छ, प्रधानमन्त्रीज्यू ।

सर्वहाराका महानायकज्यू,
म तपाईंको राजनीतिक विचार, दृष्टिकोण र आस्थासँग असहमति राख्ने व्यक्ति हुँ, तर व्यक्तिगत रूपमा तपाईंको दृढता र तपाईंले देश र जनताका पक्षमा देख्ने सपनाको प्रशंसा गर्ने व्यक्ति हुँ । तपाईं दुईतिहाइ बहुमतको सरकार प्रमुख अर्थात् देशका प्रधानमन्त्री हुँदा तपाईंको पार्टीका कार्यकर्ताजस्तै हामी पनि खुसी नै भएका थियौँ । मैले तपाईंको प्रशंसा गर्दै पक्षमा सार्वजनिक रूपमै विचार व्यक्त गर्ने गरेको हुँ । केही सञ्चारमाध्यममा लेखेको पनि हुँ । देशको विकासलाई गति प्रदान गर्न तपाईंलाई अवसर प्राप्त हुनुपर्छ भन्ने पक्षमा म पनि थिएँ । अहिले सोच्दै छु, बेकार गरिएछ प्रशंसा ।

प्रधानमन्त्रीज्यू, आफ्नो जन्मदिनलाई विशेष बनाउने नाममा जिल्लाका दूरदराजका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको लोभ दिएर घन्टौँ पैदल हिँडाउनु उचित हो रु के यो सामन्ती सोच होइन

हात्तीका देखाउने र खाने दुईवटा दाँत भएजस्तै तपाईंको पनि दोहोरो चरित्र रहेछ भन्ने निष्कर्षमा म यतिखेर पुग्दै छु । तपाईं असहमति र आलोचना सुन्न सक्नुहुने रहेनछ । खालि प्रशंसा र प्रशस्तिमा रमाउने पात्र हुनुहुँदो रहेछ । यसैले होला आलोचना गर्ने र प्रशंसा नगर्ने प्रेस तपाईंलाई मन पर्दैन । तपाईं प्रेस स्वतन्त्रता चाहनुहुन्न र आफ्ना पक्षमा जनमत सिर्जना गर्ने भाटहरूको समूह चाहनुहुन्छ । तर, लोकतन्त्रलाई मान्ने हो भने स्वतन्त्र प्रेसको भूमिकालाई स्वीकार गर्नैपर्ने हुन्छ । तपाईं प्रेसको स्वतन्त्र भूमिका मनपराउनुहुन्न भने यसको सोझो अर्थ हो, तपाईं लोकतन्त्रलाई सैद्धान्तिक रूपमा स्वीकार गर्नुहुन्न । यसकारण हो, तपाईं नियन्त्रित प्रेस चाहनुहुन्छ र विगतमा गोकुलजीलाई अघि सारेर प्रेसविरोधी कानुन तर्जुमा गर्न तपाईंको सरकार क्रियाशील थियो ।

एकीकृत वामपन्थका नेताज्यू,
तपाईंले आफूलाई अभिव्यक्त गर्ने उखाने शैली रमाइलै हुन्छ र यसले विपक्षीलाई प्रहार गर्छ भन्ने मैले मानेको थिएँ । तर, खासमा त्यसो होइन रहेछ । यी उखान त तपाईं आफ्ना कमजोरीको ढाकछोप गर्न र विषयान्तर गर्न प्रयोग गर्नुहुँदो रहेछ । खोइ त अहिले आफ्नो ‘शुभजन्मोत्सव’ र भ्रष्टाचारको आरोपमा यहाँका धर्मपुत्रजस्तै मानिएका गोकुलजीको सरकारबाट बहिर्गमनका सन्दर्भमा कुनै उखान टुक्का फुरेको रु खैर, यी तपाईंका व्यक्तिगत निजी जीवनका विषय हुन सक्छन् । त्यसमा जनसामान्यले ताकझाँक गरिरहनु त्यति जरुरी पनि छैन । तर हेक्का रहोस्, जब तपाईंका कुनै पनि व्यवहार देशको कल्याण र छविसँग जोडिन्छ भने व्यक्तिगत मानेर त्यसबाट कसरी उन्मुक्ति पाउन सकिन्छ रु तपाईं आफैँ जानकार हुनुहुन्छ, यस सन्दर्भलाई कसरी सम्बोधन गर्ने भन्ने यहाँलाई नै राम्ररी थाहा छ ।

श्री केपी शर्मा ओलीज्यू,
पछिल्लो समय भ्रष्टाचार र कुशासनका सुई तपाईंतर्फ पनि सोझिएका छन् । तपाईंले आफूलाई सफल साबित गर्न पटक–पटक तथ्यांकको सहारा लिने गर्नुभएको छ । तपाईंका सल्लाहकारले तपाईंलाई त्यही नै सुझाएका छन् । तर, तिनले तपाईंलाई एउटा कुरा के भन्दैनन् भने एउटै तथ्यांकलाई विभिन्न ढंगले व्याख्या गर्न सकिन्छ । तपाईंले आप्mनो अनुकूलतामा व्याख्या गर्नुहुन्छ भने जान्ने विपक्षीले त्यसलाई तपाईंको प्रतिकूलतामा व्याख्या गर्न सक्छन् ।

तथ्यांक मात्रले देशका जनताको अनुहारमा चमक ल्याउन सकिँदैन । मूल कुरा हो सुखानुभूति । जनताले दुई वर्षमा अहिलेसम्म तपाईंका कुनै पनि कार्यबाट त्यस्तो सुखद अनुभूति गर्न सकेका छैनन् । सुशासनको रटान लगाएर कहिल्यै नाथक्ने तपाईंको सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्दा त्यसको जिम्मेवारी तपाईंले पनि त लिनुपर्ने होला नि १ संसदीय लोकतन्त्रमा सरकारको प्रमुख प्रधानमन्त्री हुन्छ ।

सरकारका राम्रा, नराम्रा सबै कामको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्छ । बालकोटस्थित यहाँको निजी निवासमा बस्दै आएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको कमिसन सेटिङ सार्वजनिक हुँदा सरकार प्रमुखले त्यसको जिम्मेवारी लिने कि नलिने रु गोकुलजीलाई सामान्य राजीनामा गर्न लगाएर उन्मुक्ति दिन मिल्छ रु पार्टीभित्र यससम्बन्धी छलफल गराउन तपाईं किन अनिच्छुक हुनुहुन्छ रु यी केही यस्ता प्रश्न हुन्, जसको उत्तर सुशासनका दृष्टिले निकै महŒवपूर्ण छन् । सुशासनले नारा होइन, प्रतिबद्धता खोज्छ । तर तपाईं त मात्र नारा र हँस्यौलीमा सुशासन खोज्नुहुन्छ, जो सम्भव छैन ।

आदरणीय सरकार प्रमुखज्यू,
एउटा जिम्मेवार देशवासीका नाताले मैले केही खास विषयमा यहाँको ध्यानाकर्षण मात्र गराउन खोजेको हुँ । अन्यथा लिनु हुनेछैन भन्ने आशा छ । होइन, अन्यथा नै लिनुहुन्छ भने पनि मेरो भन्नु केही छैन । तपाईं सरकार प्रमुख हो, सबै कानुन यहाँकै अधीनमा छन् । मेरा पक्ष वा विपक्षमा यहाँलाई आवश्यकतानुसार कानुन कार्यान्वयनको छुट छ । आगे यहाँको मर्जी । मैले त यहाँको भलो चिताएर सुशासनसम्बद्ध विषयमा यहाँलाई केही भन्ने धृष्टता गरेको मात्र हुँ ।




सम्बन्धित समाचार


error: Content is protected !!