गायक रामु विरहीले ल्याए “बवाल जोडी” भिडियो सहित’

जाजरकोट । सल्यानी लोकदोहोरी गायक रामु विरही केसीको “बवाल जोडी” बजारमा सार्वजनिक भएको छ । एक पछि अर्काे गीत बजारमा ल्याउने क्रममा आर.पी. डिजिटल प्राली बाट शुक्रबार सार्वजनिक गरिएको हो ।
उक्त गीतमा लोकदोहरी गायक रामुविरही केसी र शिवा बस्नेतले स्वरबद्ध गरेका छन् भने, दीपक विसीको उत्कृष्ट लय र कृष्ण विसीको शब्दमा आफै कम्पनी बाट पहिलो गीत सार्वजनिक गरेको गायक केसीले बताए ।
केसीको यस भन्दा पहिले चित्ता गीत बजारमा ल्याएका थिए ।










