किन हेपिन्छन् त युट्युबर ?

काठमाडौं ः नेपालले सूचना प्रविधिमा फड्को मारेको छ । अधिकांश नेपालीको हातमा मोबाइल फोन उपलब्ध छ । दूरसञ्चार प्रदायक कम्पनीहरुले मोबाइल फोन प्रयोगकर्तालाई डाटामार्फत इन्टरनेट सेवा उपलब्ध गराएका छन् । यससँगै वाइफाइ पनि उपलब्ध छ । जसले गर्दा आममानिसको सूचनाको स्रोत इन्टरनेट भएको छ । फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जाललाई आममानिसले सूचनाको स्रोतको रुपमा लिएका छन् । यहाँ पोस्ट हुने भिडियो तथा लेख र सूचनालाई आधिकारिता मानिन थालिएको छ । जुन समाजलाई चुनौतीपूर्ण बन्न थालेको छ ।
पछिल्ला वर्षमा युट्युबको प्रयोगमा व्यापकता आएको छ । समाजमा हुने कुनै पनि घटनालाई युट्युब च्यानल चलाउनेहरुले ९अपवाद बाहेक० अतिरञ्जित गरेर भिडियो बनाएर पोस्ट गर्ने गरेका छन् । घरझगडालाई राष्ट्रियकरण गर्नेदेखि समाजमा हुने कुनै पनि घटनाको दोषी र निर्दोष सावित गर्न खोज्ने तथा सामाजिक मर्यादाविपरीतका भिडियो समेत युट्युबमा राखिने गरेको छ । यसले धेरै मिडियालाई चुनौती दिन थालेको छ । हट इस्युलाई युट्युबरले पहिले नै भाइरल बनाउने भएकाले पनि प्रिन्ट, टेलिभिजन, रेडियोका लागि यो टार्गेटमा परेको हो ।
केही युट्युब च्यानलमा राम्रा र ज्ञानबर्द्धक प्रस्तुति समेत आउने गरेका छन् । तिनीहरूले उत्कृष्ट काम पनि गरेका छन् । सामाजिक कार्यमा लाग्न प्रेरणा जगाउनेदेखि सत्यतथ्य उजागर गरेर राज्यलाई सहि सूचना पनि प्रदान गरेका छन् ।आर्यघाटमा आफन्तको अन्तिम संस्कार गरेकासँग अमर्यादित ढंगबाट अन्तर्वार्ता लिँदै अति अशभोनीय ढंगबाट टाइटल राखेर भिडियो पोस्टसम्म हुने थालेपछि युट्युब च्यानल चलाउनेहरुलाई युट्युबर भन्दै आलोचना भइरहेको छ । उनीहरुप्रति आममानिसको धारणा गलत बन्दै गएको छ । आखिरी उनीहरु घटनालाई अतिरञ्जित किन गर्छन् रु यसको कारण हो, पैसा ।
कुनै पनि घटनाको भिडियोलाई दर्शकले हेरुन् भन्नका लागि उनीहरु जथाभावी टाइटल राख्ने गर्छन् । युट्युबको भिडियो जतिधेरै हेरियो, त्यति नै पैसा आउने भएपछि उनीहरु विषयलाई भन्दा टाइटललाई जोड दिन्छन् । र, राष्ट्रिय इस्यूलाई सामाजिक घटनालाई मुख्य विषय बनाएर समाजमा प्रेषित गर्छन्, जसलाई धेरै मानिसहरुले हेरून् भन्ने उनीहरु ध्येय हुन्छ । सत्ता, शक्ति र पैसाका लागि गुण्डा पाल्ने राजनीतिज्ञ पनि कम छैनन् । शिक्षा र स्वास्थ्यमा ब्रह्मलुट छ । तर, यहाँ हेपिन्छन् युट्युबर मात्रै । घटनालाई बढावा दिएर भिडियो बनाउने युट्युबरले जति समाजमा गलत सूचना प्रवाह गरेका छन्, त्यति नै समाजका भद्र तथा शासन तहमा रहेकाहरुले आफ्ना मालिकलाई रिझाउन फेसबुक र ट्वीटरमा लेखिने तारिफ गरिएका स्टाटस र ट्वीटले पनि भ्रम छरेका छन् ।
भ्रमपूर्ण भिडियो बनाउने होस् या जिम्मेवार व्यक्तिबाट लेखिने गलत स्टाटस र ट्वीटले किन नहोस्, समाजलाई भ्रम छरेकै छन् । तर, दोष जति युट्युबरलाई मात्रै दिने गरिएको छ । यो उचित होइन ।युट्युबरले खुलमखुला रुपमा आफ्नो कर्म देखाइरहेका छन् । यो धेरैलाई मन नपर्न पनि सक्छ । यहाँ कालोधनलाई सेतो बनाउन आएका व्यक्तिहरुको कर्तुतले समाजलाई बिगारिरहे पनि हेपिन्छन् युट्युबर मात्रै ।
हालै एक निजी सञ्चारमाध्यमलाई चार लाखका दरले पैसा उपलब्ध गराउन प्रधानमन्त्री केपी ओलीको सचिवालय सदस्यले बैंकहरुलाई पत्राचार गरेको समाचार आएको छ । यदि यो सही भने निजी सञ्चारमाध्यममार्फत सरकारले गरेका गलत कार्य लुकाउन वा प्रतिरक्षा गर्न लगानी भइरहेको छ । यस्तो युट्युबरले गरेको गल्ती भन्दा कम हो र ?










