अनौठो देश भुटानबारे तपाईंलाई थाहा नहुनसक्छ यी १० तथ्यहरु

काठमाडौं । भुटान र नेपालको भौगोलिक दूरी लामो छैन तर हामीमध्ये धेरैलाई भूटानका केही कुराहरु अनौठा लाग्न सक्छन् । भुटानको प्राकृतिक सुन्दरता र यहाँको जीवनशैलीले पर्यटकलाई आकर्षक गर्दछ ।
नेपालजस्तै हिमालको काखमा रहेको भुटानमा राजतन्त्रात्मक व्यवस्था छ जुन वंशानुगत रुपमा राजा छनौट हुने व्यवस्था हो । यहाँ भुटानबारे हामीलाई अनौठो लाग्ने १० कुराहरु उल्लेख गरिएका छन्
१ भुटानले आफ्नो संस्कृति बचाइराख्नको लागि लामो समयसम्म विश्वका कुनै पनि देशसँग कुनै पनि प्रकारको सम्बन्ध कायम गरेन ।
२ भुटानको राजधानी थिम्पू हो । १९७० मा पहिलोपटक कुनै विदेशी पर्यटक पुगेका थिए । अहिले नि विदेशी नागरिकप्रति भुटानी अधिकारीहरु कडा नजर लगाउँछन् ।
३ सन् १९९९ मा पहिलोपटक भुटानमा इन्टरनेट र टेलिभिजन सञ्चालन गर्ने अनुमति दिइएको थियो । अहिले यहाँका युवायुवती सामाजिक सञ्जालमा सक्रिय छन् ।
४ भुटानमा करिब ६० प्रतिशत भाग जंगलले ढाकेको छ र भुटानी सरकारसँग जंगल संरक्षण गर्ने कडा कानुन छ ।
५ भुटानमा प्लास्टिकका झोला १९९९ बाट प्रतिबन्धित छ र सुर्तीको उत्पादन पनि पूर्ण प्रतिबन्ध छ ।
६ यहाँ सीमित पर्यटक मात्र घुम्न जान्छन् । बाहिरबाट आउने नागरिकबाट प्रतिदिन महंगो शुल्क लिइन्छ । उनीहरुले यही स्रोतबाट महंगो आम्दानी गर्छन् ।
७ भुटानमा जीवनस्तरको मापन समग्र राष्ट्रिय खुसी ९जिएनएच० अनुसार मापन गरिन्छ ।
८ भुटानले मुख्यरुपमा बिजुलीको निर्यात गर्दछ । भुटानले भारतलाई पनि बिजुली बेच्छ । साथसाथै काठ, सिमेन्ट, कृषिजन्य सामग्री र हस्तकलासँग सम्बन्धित वस्तुहरु
पनि यहाँबाट निर्यात हुन्छ ।
९ भुटानसँग सेना छ तर नौसेना छैन । वायु सेनाको सवालमा भुटान भारतसँग परनिर्भर छ ।
१० टाइगर नेस्ट स्तूपा भुटानको प्रमुख पर्यटकीय स्थल हो । यो स्तूपा निर्माण १९९२ मा भएको थियो ।










