पढाई कुना र मेलाले बढ्यो शैक्षिक जागरण


सुकमाया थापा
डोल्पा,  ठुलिभेरी नगरपालिका – २ कुम्ली डोल्पाका दिलमाया विक सधै घरको काम गदै आएको मा आज भोली विद्यालयमा आएर नियमित छलफल गरिरहनुभएको छ ।
उहाँले आफ्ना छोरा, छोरीको पढाई कस्तो छ र कुन विषयमा कम्जोर छ भनी नियमित शिक्षक सँग छलफल ,अन्तरक्रिया गरीरहनुहुन्छ । घर , आंगन र पानी पधेरोमा मात्र दिन विताउने यहाँका अधिकांश महिलाहरु दिलमायाको क्रियशिलता देखेर आज दंग मात्र छैन्न , सल्लाह ,सुझाव समेत माग्न थालेका छन् । विद्यालयमा आफ्ना बालबालिका लाई पढाउने मात्र होईन, पढ्, नपढेको प्रभावकारी अनुगमण समेत दिलमाया गदै आउनुभएको छ ।


घरबाट २० मिटर ढाटा रहेको मन्मा आधारभुत विद्यालय कुम्लीमा दैनिक यहाँ आएर छलफल समेत गरिरहनुभएको शिक्षक जयकृष्ण हमालले जानकारी दिनुभयो । उहाँ आएर छलफल गरेको देखेका अन्य अभिभावक समेत आजभोली विद्यालयमा आएर बालबालिकाको विषयमा वुझन थालेका छन् । अभिभावकमा चेतनाको विकास समेत भएको उनीहरुको भनाई छ । अनाआवश्यक रुपमा घुमेर खर्चीने समय अहिले बालबालिका पढाएर बित्ने गरेको अर्का अभिभावक दिनेश रोकायले बताउनुभयो ।
विद्यालयमा आएर छलफल गर्दा शिक्षक र अभिभावक बीच सम्वन्ध समेत राम्रो हुँने गरेको रोकायको भनाई छ । विद्यालयमा नियमित अभिभावक आएर केर गर्दा शिक्षकहरु समेत विद्यालयमा नियमित र समयमा पुग्ने गरेको उहाँको भनाई छ । डोल्पाको दिगो तथा न्यायोचित विकास प्रतिष्ठान ( सेडा नेपाल) साविकका ३२ वटा गाविसमा यूएसएआईडी , आरटिआईको आर्थिक सहयोगमा सेडाले कार्यक्रम गदै आएको छ ।


प्रारम्भिक चरणका बालबालिको शिक्षामा सुधार ल्याई उनीहरुको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ डोल्लाका कक्षा १ देखी ३ सम्मका करिव १०९ वटा विद्यालयमा १९ महिने कार्यक्रम सुरु भई काम भईरहेको कार्यक्रम संयोजक योगेन्द्र बुढाले बताउनुभयो । कार्यक्रम लागु भएदेखि अहिले सम्म जिल्लाका ८ वटा स्थानीय तहका विद्यालयमा अन्तरक्रिया , अभिभावक भेला र संयुक्त छलफल गरी खेलबाट पढाईलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने ज्ञान समेत दिईएको छ ।
विद्यालयमा मुख सम्म नदेखाउने र बालबालिका समेत विद्यालयमा नपढाउने अभिभावकहरु अहिले विद्यालयमा छोरा, छोरी ल्याएर विद्यालयमा छोड्ने र वेलुका लिन आउने सम्मको वातावरण तयार भएको बुढाले दावी गनुभयो । कार्यक्रमको प्रभावकारीता निकै बढेको अर्का अनुगमणकत्र्ता शेरबहादुर खत्रीले बताउनुभयो । अहिले डोल्पाका सवै घरमा विद्यार्थी पढाउनका लागि पढाई कुन निर्माण गरिएको छ ।


खाना पकाउने कोठामा सिमित आकारको स्थानमा पढाई कुना बनाएर दैनिक खाना पकाउने समयमा अभिभावकले छोरा, छोरी पढाउने गरेको अर्का कुम्लीका स्थानीय डम्वर रोकायले बताउनुभयो ।
त्यस्तै यो कार्यक्रममा ठाउँ , ठाउँमा पढाईको लागि मेला आयोजना समेत हुँने गरेको छ । अभिभावक विद्यार्थी र जनप्रतिनिधीसँगै राखेर पढाई मेला हुँदै आएको छ । पढाई मेला भएपछि फोक्सुण्डो आधारभुत विद्यालय खदाङमा आफ्ना बालबालिकाहरूको शैक्षिक गुणस्तर बुझ्न सजिलो भएको अभिभावक तिले बुढाले बताउनुभयो । विद्यालय परिसरमा शैक्षिक सामग्रीको प्रयोग र प्रभावका विषयमा समेत दिनहुँ छलफल हुँदै आएको छ ।


कक्षा १, २ र ३ का बालबालिकाका लागि छुट्टाछुट्टै राखिएको कक्षा स्टलहरूमा बालबालिकालाई एक÷एक गरेर निश्चित समय दिएर पढ्न, भन्न र लेख्न लगाइएर पढाई मेलामा छलफल गरिदै आएको छ ।
आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बुझ्न पहिलो पटक पढाइ मेलामा सहभागी भएका अभिभावक जंगबहादुर रोकायाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गतको पढाइ कुना मेलाले पढाइमा सुधार ल्याएको बताउनुभयो ।
त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले विगतमा कृषिलाई प्राथमिकता दिएर स्याउ, ओखर र अंगुर खेतीलाई बजेट विनियोजन गरेकोमा अबको नगरको पहिलो प्राथमिकता शिक्षालाई दिएर बजेट विनियोजन गरिने बताउनुभयो ।





error: Content is protected !!