भनिन्छ सबथोक जलेपछि


भनिन्छ सबथोक जलेपछि खरानी निस्कन्छ
मुटु जले आखाबाट किन पानी निस्कन्छ ।
कान्छी अब ख्याल गर्नु चोर गुन्डा लाग्छन्
अलि परदेखी यो देशको, राजधानी निस्कन्छ ।
थाहा छ तिमिले नौ महिनादेखी पीडा भोग्दैछौ
अब केही दिनमै हाम्रो ठूलो, लगानी निस्कन्छ ।
तिमिले खोला आफ्नो नाममा दर्ता गर्यौ ठिकै छ
खोलाले बाढी ल्याए भोलि तिम्रो हैरानी निस्कन्छ ।
दुनियाँले भेट भएर नि बोलेनन कुरा गरेनन सोचे
के थाहा कहिलेकाही नजरबाटै कुराकानी निस्कन्छ ।
हरिश कान्छो जोशी बझाङ
हाल डोल्पा










