पाठ्यपुस्तक नपुग्दा पढ्नपाठनमा समस्य

सुकमाया थापा
डोल्पा ः नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना वितेपनि डोल्पाको काइके गाउँपालिका सामुदायिक विदालयमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन् ।
फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु भइ पाठ्यपुस्तक विद्यार्थीहरुको हात , हातमा पुगिसक्नु पर्ने भएपनि समयमै पाठ्यपुस्तक नपुग्दा खाली हात विद्यार्थीहरु विद्यालय जाने गरेका छन् । काइके गाउँपालिकामा १४ वटा सामुदायिक विद्यालय रहेका छन् ।
पाठ्यपुस्तक विना नै भर्ना अभियान सञ्चालन गरिएको शिक्षकले बताउका छन् । पाठ्यपुस्तक खरिद गर्ने रकम स्थानीय तहमा गएकाले स्थानीय तहले नै पाठ्यपुस्तक खरिदका लागि पहल गर्नुपर्ने व्यवस्था रहेको छ । किताव नहुँदा दैनिक विद्यार्थीहरुलाइ पढाउन समस्य भएको भेरी आधारभुत विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर रोकायले बताउनुभयो ।
हिमाली जिल्ला डोल्पामा चिसोका कारण फागुन १ गते देखि नयाँ शैक्षिक सत्र सुरु हुँने गर्दछ । तातो याममा मात्र विद्यालय खुल्ने गर्दछन् । स्थानीय तहले पुस्तक बिक्रेतालाइ पाठ्यपुस्तक ढुवानीको जिम्म दिएपनि पुस्तक बिक्रेताले समयमा ढुवानी गर्न नसकेका हुँन् ।
पाठ्यपुस्तक जस्तो महत्वपुर्ण कुरामा ढिला सुस्ती हुँनु गैरजिम्मेवारी भएको स्थानीयहरु बताउँछन् । गाउँपालिकाले छिटो पाठ्यपुस्तक ल्याउन ताकेता गरेको बताएको छ ।









