ग्रगोरी कला साहित्य पुरस्कार २०७५ पुर्णसमीरलाइ

जाजरकोट ः नेपाली कला साहित्य डटकम ललितपुरले स्थापना गरेको ग्रेगोरी कला साहित्य पुरस्कार २०७५ जाजरकोटका स्रष्टा पुर्ण समीर महताराले प्राप्त गरेका छन् । दुइ दशक देखि साहित्य क्षेत्रमा क्रियाशील साहित्यकार महतरालाइ शनिवार जाजरकोट खलंगामा आयोजना गरिएको सृजना उत्सवका अवसरमा उक्त पुरस्कार साहित्यकार सरुभक्तले प्रदान गरे । प्रत्यक वर्ष प्रदान गरिने उक्त पुरस्कार यस वर्ष साहित्यकार महतारालाइ प्रदान गरिएको हो
गजल र कविताको क्षेत्रमा निकै शसक्त लेखन क्षमता भएका महतारा लामो समय देखि साहित्यीक लेखन तथा कृति प्रकाशनमा सक्रिय छन् । अमेरीकी नागरिक ग्रेगोरी मास्कोरिनको सहयोगमा स्थापना गरिएको उक्त पुरस्कार नगद २० हजार र ताम्र पत्रको रहेको छ । शिवालय गाउँपालिका वडा नम्वर १ मोर्क वजारका स्थायी वासिन्दा रहेका महतरालाइ साहित्यका विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यको विकासमा महत्वपुर्ण योगदान पुरयाएकोले सम्मान गरिएको नेपाली कला साहित्य डटकम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले वताइन् ।
जाजरकोटमा जन्मिएर नेपाली साहित्यको विकास श्रीवृद्धि र प्रवद्र्धनमा महत्वपुर्ण योगदान दिएका महतारालाइ अझै यस क्षेत्रमा शसक्त रुपमा लाग्न प्रेरणा दिन स्रष्टा महतारालाइ पुरस्कृत गरिएको वताइन् । ग्रेगोरी कला साहित्य पुरस्कारवाट सम्मानित भएपछि स्रष्टा महताराले आफुले दुइ दशक सम्म गरेको साहित्यीक योगदानको उचित कदर भएको आफुले महसुस गरेको वताए । यस पुरस्कारले आफुलाइ अझै नेपाली साहित्यको क्षेत्रमा उर्जावान भएर लाग्न प्रेरणा मिलेको वताए । आफुले कला साहित्यको माध्यमवाट नेपाली समाजको रुपान्तरण र परिवर्तनमा स्वतन्त्र, निर्भिक र उर्जाशील भएर साहित्य लेखनमा क्रियाशील हुने महताराले बताए ।










