के हो केटोजेनिक डाइट

पछिल्लो समय विश्वमा केटो डाइलटलाई पच्छाउने मानिसको संख्या निकै ठूलो छ । यसलाई केटोजेनिक डाइट पनि भन्ने गरिन्छ । विश्वका कैयौँ सेलेब्रिटीले यस्तो डाइटलाई फलो गर्छन् । जसमा बलिउड फिल्ममेकर करण जौहारदेखि अमेरिकी स्टार किम कार्दसियासम्मका छन् । यस्तो डाइटमा फ्याटको मात्रा बढी हुन्छ । तर, तौल बढ्ला कि भनेर डराउनु पर्दैन । बरु यस्तो डाइट त तौललाई सन्तुलनमा राख्नका लागि प्रयोग गरिन्छ । यस्तो डाइटले ब्याड कोलेस्ट्रोललाई पनि घटाउने काम गर्छ । केटो डाइटबारे एक सामग्री

के हो केटोजेनिक डाइट 

फ्याट, प्रोटिन र कार्बोहाइड्रेटको कम्बिनेसन नै केटोजेनिक डाइट हो । यस्तो डाइटमा ६५ देखि ७० प्रतिशत फ्याट, २०–२५ प्रतिशत प्रोटिन र ५ प्रतिशत कार्बोहाइड्रेटको मात्रा हुन्छ ।

शरीरको लम्बाइ र तौलअनुसार पनि यस्तो डाइटको योजना बनाउनुपर्छ । तर, कहिल्यै पनि आफैँ केटोजेनिक डाइटको योजना भने बनाउनुहुँदैन । पोषणविद्को सल्लाहअनुसार यस्तो डाइटको योजना बनाउँदा निकै फाइदाजनक हुन्छ ।

यसरी काम गर्छ

प्रायः डाइट योजनामा ऊर्जाका लागि कार्बोहाइड्रेटलाई मुख्य स्रोत मानिन्छ । तर, केटो डाइटमा भने फ्याटले ऊर्जा अर्थात् इनर्जीको काम गर्छ । तौल कम भएको मानिस भएमा वा इनर्जीको अवश्यकता परेमा केटो डाइटमा अतिरिक्त फ्याटको प्रयोग गरिन्छ । जसले तौललाई सन्तुलनमा राख्ने काम गर्छ ।

कति आवश्यक 

यस्तो डाइट त्यस्ता मानिसको लागि बढी आवश्यक हुन्छ जो इपिलिप्सीको रोगका ग्रसित छन् । यसको साथसाथै केटो डाइटले तौललाई सन्तुलनमा राख्ने काम गर्छ ।

जसले तौल कम गर्न चाहन्छन् उनीहरूले विशेषज्ञका सल्लाहमा केटो डाइटको प्रयोग गर्नुपर्छ । प्रायः डाइटमा कार्बोहाइड्रेटको मात्रा बढी प्रयोग गरिन्छ । यस्तो डाइटले कार्बोहाइड्रेडको मात्रालाई कम गरी फ्याट बढाएर मिर्गीको उपचार हुन्छ ।

डाइटको फाइदा

बच्चमा मिर्गीको समस्या भएमो त्यसलाई कन्ट्रोल गर्नमा त यसले सहयोग पु(याउँछ नै साथमा अनिद्राको समस्याबाट पनि टाढा राख्छ । यस्तो डाइटले मेन्टल डिसअर्डरजस्ता समस्याबाट पनि जोगाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

यसले भोकलाई समेत कन्ट्रोल गर्ने भएकाले तौल कम गर्न चाहनेहरूका लागि उपयुक्त हुन्छ । केटो डाइटमा फ्याटको मात्रा बढी हुने भएकाले छाला बलियो र चम्किलो हुने गर्छ ।

आविष्कार

सन् १९२० मा मिर्गीको रोगलाई नियन्त्रण गर्नका लागि वैकल्पिक डाइटको खोजी गरियो । त्यहीक्रममा केटो डाइटको अविष्कार भएको हो । त्यसपश्चात् यस्तो डाइटले मस्तिष्कसँग जोडिएको अन्य रोग जस्तो कि आन्टिज्म, पार्किसन्स डिजिज, अल्जाइमर, ग्लियोमाजस्ता बिरामीका लागि पनि प्रयोग गर्न थालियो । यस्तो डाइट क्यान्सरको उपचार गर्नेलाई पनि लाभदायक सावित हुन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!