गत बर्षहरु जस्तै यस बर्ष पनि तिमी

गत बर्षहरु जस्तै यस बर्ष पनि
तिमी
हजारौं सपनाहरु बोकेर
सयौं कल्पनाहरु बुनेर
दर्जनौ योजनाहरु लेखेर
घरबाट पाइला चालेका थियौ होला
घर बाट उकालो लागेका थियौ होला
तर बिधिको बिडम्बना !
तिमी त सदाको लागि उकालो लागेका रहेछौ ।
कहिल्यै नफर्कने गरि घर बाट पाइला चालेका रहेछौ ।
न त तिम्रो उमेरले डाडो काटेको थियो
न त तिमिलाइ बाध्यताले घेरेको थियो
न त तिमिलाइ समाजले पेलेको थियो
तर पनि तिमी त सदाको लागि
टाढा टाढा गएका रहेछौ ।
अब कहिल्यै नफर्कने गरि सदाको लागि
हामी बाट बिदा लिएका रहेछौ ।
छोराको मायाले पनि रोक्न सकेन तिमीलाई
अर्धाङ्गिनिको प्रेमले पनि रोक्न सकेन तिमीलाइ
गाउँको मायाले पनि छेक्न सकेन तिमीलाई
न कर्मले नै रोक्न सक्यो तिमीलाई
न धर्मले नै छेक्न सक्यो तिमीलाई ।
न सहपाठीको मायाले बाध्न तिमीलाई ।
तिमी त हामी सबैलाइ ” अलबिदा ” भन्दै
ठागेको लेक हुदौ टाढा टाढा भएका रहेछौ
तिमीलाई पनि मेरो तर्फ बाट सधैको लागि
अलबिदा ! अलबिदा !! अलबिदा !!!
जयकृष्ण हमाल डाेल्पा










