स्थानीय सरकारले गरेन्न बजार अनुगमण

हेमन्त के सी
जाजरकोट, २४ बैशाख ः स्थानीय सरकार सञ्चालन भएको करिव १ वर्ष पुग्नै लाग्दा सम्म यहाँका बजारहरु मनपरि तरिकाले सञ्चालन भएको पाईएको छ । स्थानीय तहले बजार अनुगमण नगर्दा बजारमा म्याद गुर्जेका सामग्रीहरु मनपरि बिक्री वितरण भईरहेको पाइएको छ ।
यो भन्दा अघि जिल्ला प्रशाषन कार्यालयले गदै आएको बजार अनुगमणको काम अहिले स्थानीय तहमा आएपछि बजार अनुगमन नभएको हो । सदरमुकाम खलंगा देखि गाउँ गाउँका बजारहरुमा अहिले म्याद नाँघेका बस्तुहरु बिक्री वितरण भईरहेको छन् । नियमनकारी निकायले ध्यान नदिदा पहिलै पिच्छे यहाँका उपभोक्ताहरु ठगिएका हुँन् । पसलै पिच्छे सामग्रीको मुल्य फरक हुँदा सेवाग्राही ठगिएका छन् । बारेकोट गाउँपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका, शिवालय गाउँपालिका, कुशेगाउँपालिकामा बजार अनुगमण अहिले सम्म नभएको पाईएको हो । नलगाड नगरपालिकामा दुई महिना अघि भएपनि अहिले सम्म नभएको पाईएको हो । दैनिक खाद्य वस्तुहरु म्याद गुर्जेपनि उपभोक्ताहरु प्रयोग गर्न बाध्य भएको बारेकोट गाउँपलिका ७ का सावित्रा खत्रीले बताउनुभयो । पसलबाट खरिद गरिएको चामलका बोरामा तोकिएको तौल नहुँदा आफुहरु दैनिक ठगिएको भेरी नगरपालिका ३ का कालीवहादुर ओलीले बताउनुभयो । पसलबाट निकाल्न बितिकै तौल नलिएर घरमा ल्याउने काम हुन्छ , घरमा तौल लिदा प्रतिबोरामा ४ केजि सम्म तौल नपुग्ने गरेको ओलीको भनाई छ ।
एउटै पसलमा अनेक थरि सामग्री विक्री गर्दा राज्यलाई कर प्रणालीमा घाटा लागेको पाईएको छ । उद्योग बाणिज्य संघ, स्थानीय सरकाका र उपभोक्ता हक हित संरक्षण समितिको संयूक्त टोलिले बजार अनुगमण गर्नुपर्ने कानुनि व्यवस्था छ । कहिले हुन्छ , बजार अनुगमन भनि प्रश्न गर्दा समय मिलाएर अनुगमन गर्ने तयारी भएको स्थानीय तहका प्रमुख हरुले जबाफ दिने गरेका छन् ।





error: Content is protected !!