गजल

 

तिम्रा यादहरु कहिलै पुराना हुदैनन

बिर्सिने पनि त कुनै बहाना हुदैनन

आउन पनि ट्रकका ट्रक आउछन
खै कसरी बन्छन कारखाना हुदैनन

भयंकर छालसङ्ग सुनामीहरु भएर ।
था छैन कहाँ जान्छन ठेगाना हुदैनन ।।

नआउन भन्छु आगो बनेर आगोहरु।
सधै सधै जलिरहने चाहाना हुदैनन।।

प्रहार गरिरहन्छौ धारिलो यादहरुले।
भित्र मनमुटु हुन्छन अचाना हुदैनन।।
लोकेन्द्र भण्डारी





error: Content is protected !!