पिडा तराईको,दुखाई नेपालीको(कविता)

प्रकृतिको लिला कहिले भुकम्प,कहिले बाढीले बिचल्ली ।
तराई डुब्यो शोखमग्न भयो,मलम लगाईदिने को ?

आ“खै अगाडी सन्तान मरे,सर्वस्व हरण भो,स“यौ मरे स“यौ बगे कोशि व्यारेज खोलिदीने को ?

जनताको चितकार राहतको आस सुन्दैन सरकार,डुबानमा परि बाबु आमा मरे हामिलाई पाल्दिने को?

जमिन सबै जलमग्न भयो लास गाड्ने ठाउ“ छैन्,निरिह नेता कुर्सीका भोका भईदि“दा जनतालाई दुख भो ।

देशभक्ति अनि स्वाभिमान छैन के भुक्छौ राष्ट्रबाद,घरमै आई लात मार्छन अरु बस्दछौ“ चुपचाप ।

सुत्केरी महिला,बुढाबुढी,केटाकेटी सबैको बिचल्ली भो,काल बनी पस्यो बाढीको भेल एकै छिन श्मसान भो ।

भुकम्प,बाढी,पहिरो र दुर्घटनाले देशनै शिथिल भो,नेपाली जनताले शोख र चिन्ता कहिलेसम्म भोग्नु पर्ने हो ।

सा“झमा सल्लाह गरेर सुत्यौ संसारको कल्पना,बा“चेर देशको सेवा गर्ने मनथ्यो अधुरै रहने भो ।

लाहुरो भै“सी दाम्लाको पाठो घुर्कीए रातमा,के भयो भनि बाहिर आउ“दा भेलले लग्यो साथमा ।

मिन्स भएकी छोरी बुहारी लग्यो भु“ई तला सुतेकी,भेटहौ“ला भनि छुटेका हामि संसारै छाडीन ति ।

बेलैमै उद्धार भईदेको भए ज्यान बच्थ्यो धेरैको,यो मान्छे मेरो त्यो मान्छे तेरो भन्दैमा दिन गो ।

जति नै कमाउ पैसाको बिटो चैन छैन् त्यसमा,तराई दुख्दा सहयोग गरौ“ फकिन्छ साटोमा ।

तराई क्षेत्र सुविधा युक्त अन्नको भण्डार,लासको सेतु बनिगयो तराई ए छिटो उद्धार गर ।

बाटोघाटो,यातायात छैन् समुन्द्र वारपार,आखिरीमा सहनै पर्छ दैबको प्रहार ।

के गर्छौ बिकास भएन निकास ए कुर्सीका भोगी,खरानी घसी चारधाम हि“ड सुध्रिन्छकी मती ।
        लेखक
रामचन्द्र न्यौपाने





error: Content is protected !!