सर्पदंशबारे जान्नैपर्ने तथ्यहरू

अविरल वर्षासँगै विभिन्न जिल्लाका बाढीप्रभावित क्षेत्रमा एक्कासि सर्पदंशको घटनामा उल्लेखनीय वृद्धि भएपछि उक्त जिल्लामा थप त्रास बढेको छ । गएको दुई सातामा लहान अस्पतालमा मात्रै ४५ भन्दा बढी बिरामी सर्पदंश उपचारमा आएका थिए । बिरामी बढेपछि एन्टिस्नेक भेनमको माग धेरै हुँदा भण्डारणमा समेत असर परेको छ । अहिले हरेक तराईका अस्पतालमा दर्जन बिरामी उपचाररत छन् । उपचार निःशुल्क छ, तथापि औषधिको नियमितता तथा अभावमा तीन दर्जन बिरामी अन्यत्र प्रेषण भएका छन् ।
तराईमा प्रचण्ड गर्मीस“गै सुरु भएको लगातारको वर्षाले विषालु सर्पको बिगबिगी बढेको हो । वर्Èापश्चात् प्वालमा पानी पसेपछि सर्प बाहिर निस्कन्छ । खेतबारीमा काम गरिरहेको अवस्थामा राति घर, टहरा र छाप्रामा सुतिरहेका बेला प्रायः सर्पको डसाइमा पर्छन् । झारफुकको विश्वास, अस्पताल, यातायात तथा पैसा (एम्बुलेन्स खर्च)को सुविधा नहँुदा सर्पले डसेपछि समयमा उपचार नपाएर प्रायजसोले ज्यान गुमाउ“छन् ।

प्रकोप

विश्वमा प्रत्येक वर्È पुगनपुग ५० लाखलाई सर्पले टोक्ने गरेको र करिब १ लाख व्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै, करिब तीन लाखभन्दा बढी व्यक्तिको हातखुट्टालगायतका अंग सर्पको टोकाइले काट्नु परेको तथ्यांक डब्लूएचओले दिएको छ । आँकडामा संलग्न नभएका थुप्रै हुन सक्ने पनि बताएको छ । अफ्रिका र एसिया महादेशमा बढी प्रजातिका विÈालु सर्प पाइन्छन् । विविध प्रजातिका सर्पको टोकाइमा फरक औÈधि प्रयोग हुने र जलवायु परिवर्तनले सर्पको विÈाक्तता, व्यापकता र पहिचान हुन नसक्ने भएकाले पनि मृत्यु हुनेको संख्या बढ्दो छ ।

६० प्रतिशत जति सर्पदंश या त विषालु हु“दैन या विष नपर्ने तथा परे पनि कम भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनअनुसार विषालु सर्पले टोक्दा पनि ३० प्रतिशतले मात्र विष छोड्छन् र ७० प्रतिशतको विष लाग्दैन । यस्ता ७० प्रतिशत मानिसलाई औषधि र झारफुक नगरे पनि केही हु“दैन

व्यवहारतः ६० प्रतिशत जति सर्पदंश या त विषालु हुँदैन या विष नपर्ने तथा परेपनि कम भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनअनुसार विषालु सर्पले टोकेमा पनि ३० प्रतिशतले मात्र विष छोड्छन् र ७० प्रतिशतको विष लाग्दैन । यस्ता ७० प्रतिशत मानिसलाई औषधि र झारफुक नगरे पनि केही हु“दैन ।
विषालु सर्पले टोकेमा टोकेको ठाउ“मा दुई दा“तको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउ“मा फोका उठ्न थाल्छ । दुख्छ, सुनिन्छ, रगत अलिक लामो समयसम्म आइरहन्छ । वाकवाकी लाग्छ । मुखबाट ¥याल निक्लन्छ । डर त्रासले उत्तेजित हुन्छ । ओठ र मुख सुक्छ, तिर्खा लाग्छ । मुटुको धड्कन बढ्छ । आ“खीभौ, परेला तल झर्छ । खान, निल्न समस्या देखिन्छ । बोल्दा जिब्रो लर्बराउँछ । हिँड्दा खुट्टा लडखडाउँछ । समय बित्दै जा“दा आ“खाले एउटा वस्तुको दुई छाया देख्ने, आ“खा खोल्न गाह्रो हुने गर्छ । सास लिन समस्या हुन्छ । पक्षघात देखिन्छ । ३–६ घण्टापछि पिसाब रातो भएर आउ“छ । तसर्थ विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रस्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र मृत्यु हुन्छ ।
तर भाइपरको टोकाइमा छालाको रंग निलो हुने, आ“खाको नानी ठूलो हुने र विभिन्न रक्तश्राप हुन्छ । अति विषालु सर्पका रूपमा परिचित करेत, गोमन र भाइपर सर्पहरूले टोकेको मान्छेलाई तुरुन्त औषधिउपचार गर्न नसकेको खण्डमा मृत्यु हुने सम्भावना अधिक हुन्छ । तसर्थ विÈालु सर्पले डसेको स्थानमा १ वा २ दा“तको प्रस्ट चिह्न हुन्छ र डसेको १५ मिनेटभित्रै लÔण देखिन थाल्छ ।

प्राथमिक उपचार

टोकेको ठाउ“मा चिह्न लगाई साबुन पानी वा पोटास पानीले तत्काल पखाल्ने र कपडाले छोप्नुपर्छ । बिरामीलाई आश्वस्त पार्ने, विषसँग लड्ने क्षमता बढाउन ढाडस दिनुपर्छ किनभने ९० प्रतिशत बिरामी आत्तिएर मर्छन् । त्रसित अवस्थामा मुटुको चाप बढी धड्कन बढ्छ र विष झन् बढी र छिटो फैलन्छ । होस्मा भए प्रशस्त चिसो झोल पदार्थ, चिया, कफी, पानी, खान दिने तथा घाउ वरिपरि बरफ चिसो पानी राख्ने गर्नुपर्छ । टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ ।
टोकेको ठाउँदेखि २—३ इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउ“मा चौडापट्टी (ब्यान्डेज), डोरी, रुमाल बाँध्ने र एउटा औंलापट्टी भित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्छ । घाउ साबुन पानीले धोइदिनुपर्छ । सुन्निएको स्तर प्रत्येक १५–१५ मिनेटमा छालामा चिह्न लगाउनुपर्छ । ब्यान्डेज बाँध्दा रक्तसञ्चार नै बन्द भई कुहिने तथा चिर्दा संक्रमणको सम्भावना हुने भएकाले यसलाई पुरानो तरिका मानी हिजोआज सुझाइँदैन । यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टा लाग्ने अवस्थामा तत्कालका लागि प्राथमिक उपचार गर्दै बिरामीलाई अस्पताल लानुपर्छ ।

रोकथाम

घर वरिपरि अनावश्यक ठूला घा“स खर झा“डीहरू नराख्ने, दुलोमा जथाभावी हात नहाल्ने, दुलो बन्द गरिदिने, घरभित्र सिध्रा, माछा खुला रूपमा राख्नहँुदैन । राति अधिकांश सर्पदंश हुने भएकाले सुत्ने बेलामा गेट, ढोका, बन्द गर्ने घर वरिपरि फिनेल वा मट्टितेल छर्कने, झ्याल ढोकाहरूमा जाली लगाउने, ओछ्यान राम्रोसँग हेरेर मात्र सुत्ने, झुलभित्र मात्र सुत्नुपर्छ । राति हिँड्डुल गर्दा हातमा लौरो उज्यालोको प्रबन्ध गरी जुत्ता लगाएर हिँड्ने गर्नुपर्छ । जुत्ता टकटक्याएर मात्र लगाउनुपर्छ किनभने प्रायः सर्पदंश यस्तैबेला हुने गरेको पाइन्छ । घरबाहिर तथा भित्र सामान जथाभावी नराख्ने, मिलाउने, सर्प बस्न सक्ने सम्भाव्य स्थानमा जा“दा होसियारी अपनाउने, सर्पहरू देख्ने बित्तिकै चिनेर विषालु भएमा मार्ने गर्दा हुन्छ । सर्प आफैंले टोक्ने तथा लखेट्ने गर्दैन, तर लखेटेमा घुमाउरो तरिकाले यताउति  गर्दै भाग्नुपर्छ ।

रेडियो, पत्रपत्रिकामार्फत् स्वास्थ्य शिक्षा दिने, जनचेतनाका कार्यक्रम गरी जानकारी दिने गर्दा पनि सर्पदंशबाट जोगिन सकिन्छ । झारफुक गर्नेले ग्यारेन्टी दिई अल्झाउने गर्नुभन्दा अस्पतालमा रिफर गर्ने किनभने विषालु सर्पले टोकेमा एक मात्र बच्ने उपाय तुरुन्तै अस्पताल लैजानु हो ।

अन्त्यमा

नेपालमा सर्तकता नअपनाउ“दा गर्मी तथा वर्षायाममा तराईका जिल्लामा सर्पको टोकाइबाट करिब १० हजार सर्वसाधारण पीडित हुने र १५०–२०० जनाले अकालमा जीवन गुमाउँछन् । उपचार निःशुल्क उपलब्ध भएकाले मर्नेको संख्या ५ सयबाट १ सयमा झरेको छ । विषालु सर्पको टोकाइबाट बढी प्रभावित तराईका २६ जिल्लामा गोमन, करेट, कोरल, कपरमाउथ, कपरहेड र भाइपर सर्पको टोकाइ अर्थात् अज्ञानताका कारण मानिसको अकालमा मृत्यु भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!