छोराको आशमा वर्षौटे सन्तान

मुना हमाल  सुर्खेत । सन्तान करले होइन, रहरले जन्माउ’ भनेको तुल्सी सुनारले पनि सुनेकी थिइन् । तर, उनकै जीवनमा चाहिँ यो एउटा ठट्टाजस्तै भयो । सुर्खेत जिल्लाको साबिकको सालकोट गाविस वडा न ९ बस्ने यी २१ वर्षीयाले अहिलेसम्म चार छोरी जन्माइसकेकी छन् । १५ वर्षको कलिलो उमेरमा भिमबहादुर सुनार संग विवाह बन्धनमा बाधिएकी तुल्सा वर्षौटे सन्तान जन्माउन बाध्य छिन् । हेर्दा उस्तै र उत्रै देखिने छोरीहरुलाई न राम्रो संग खाना दिन पाएकी छिन् न लाउन कारण हो ठुलो परिवार र गरिबी ।

बिहान बेलुकाको छाक टार्ने मुश्कील छ, उनले भनिन्, कसरी भनेको समयमा सन्तानलाई लाउन खान पु¥याउने । श्रीमानले भारतमा गएर कमाएको दुई चार पैसाले दैनिकी गुजारेका छौ,’ उनले थपिन् । वर्षौटे सन्तान जन्माएकै करण पोषणयुक्त खाना खान नपाउदा यी बालबालिकाको स्वास्थ्य अवस्था पनि तन्दुरुस्त देखिदैन् । उनको कान्छि छोरी नौ महिनाको भईन् तर तौल भने तीन केजी रहेको छ । कहिले काही अस्पताल जादा डाक्टरहरुले पौष्टीक आहार खुवाउनु भन्छन् आफु संग पैसा नै हुदैन् केले खुवाउने । यस्तो अवस्था हुदा पनि श्रीमान र घरपरिवारले अझै सन्तान जन्माउन दबाब दिईरहेको उनको भनाई छ । अझै छोरा चाहियो भन्छन् के गर्ने हामी महिलाले भनेको केही कुरा लागु हुदैन मेसिन भएको छु । अहिले पाँच महिनाको गर्भ बोकेकी तुल्सी भन्छिन्, ‘पीडा त हामीलाई थाहा छ, के गर्ने परिवारका लागि अर्को बच्चा जन्माउनै पर्ने ।’ एक–दुई वर्षको अन्तरमा सन्तान जन्माउँदा उनको शरीर कमजोर भइसकेको छ । कमजोर शरीर र घरयासी कामको बोझले दुब्ली तुल्सीलाई फेरि पनि छोरी नै जन्मिएला कि भन्ने पीर छ ।

छोरी भएर हुन्न छोरा चाहिन्छ भन्ने एउटा गलत मान्यता छ, नेपाली समाजमा । छोरा भए बुढेसकालको सहारा हुने, वंश कायम रहने, सम्पत्तिको सुरक्षा हुने आदि मान्यताले तुल्सीजस्ता आमाहरू छोरा पाउने आशमा पटकपटक छोरी जन्माइरहेका छन् । आर्थिक विपन्नता, कमजोर शैक्षिक पृष्ठभूमि र तुलनात्मक रूपमा पछौटे समाजमा यो मान्यता झन् चर्को छ । छोरीका बारेमा नराम्रा भ्रम छन्, हाम्रो समाजमा । ती भ्रम यति गहिरोसँग बसेका छन् कि, छोरी मात्र सन्तान हुनेलाई समाजमा खिसीको पात्र बनाइन्छ । स्वयं छोरीलाई ‘अर्काको घर जाने जात’ ठानेर पारिवारिक बोझ मानिन्छ । यस्तै, सोचले तुल्सीको परिवारले पनि छोराको खोजी गरेको हो । तुल्सी भन्छिन्, ‘पटकपटक छोरा पाउन दबाब दिइन्छ । परिवार नियोजन गरौँभन्दा श्रीमान्ले गाली गरे । के गर्नु जिउले नसक्दानसक्दै पनि बच्चा जन्माउनुप¥यो ।’ तुल्सीको टोलमा स्वयंसेविका रहेकी मनसरा बिक भन्छिन्, ‘समाजमा छोरा नै सबै थोक भन्ने संर्कीण सोच छ । त्यसैले महिलाहरूले छोराका आशमा छोरी जन्माइरहेका छन् ।’ उनले वर्षौटे बच्चा जन्माउँदा आमाको स्वास्थ्य जोखिमपूर्ण हुने भए पनि समाजमा छोराका लागि मरिहत्ते गर्ने प्रवृत्ति रहेकाले महिलामाथि ज्यादती भइरहेको बताउँछिन् ।
छोराकै लागि गर्भपतन गराउनेहरुको संख्या पनि बढ्दो छ । गर्भपतनका कारण महिलाहरु शारिरीक एवम मानसिक दुबै रुपमा कमजोर बनिरहेका छन् । रिता ९नाम परिर्वतन० ले छोरा जन्माउनका लागि आठ पटकसम्म गर्भपतन गरिन् । छोराको आशमा चार छोरी जन्मिएपछि उनले लिङ्ग पहिचान गरी गर्भपतन गरेको बताइन् । ‘म शारिरीक र मानसिक रुपमा कमजोर बने’, उनले भनिन, ‘तर के गर्ने घरपरिवारले पीडा बुझ्दैन ।’मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निमित्त सुपरीटेण्डेन डाक्टर डम्बर खड्काले कानुन कडाईका साथ कार्यान्वयन नहुँदा गर्भपतन गर्ने क्रम नरोकिएको बताए । उनले असुरक्षित र लिङ्ग पहिचान गरी गरिने गर्भपतनलाई रोक्न सरकारी तवरबाटै कडाई गरिनुपर्नेमा जोड दिए ।
प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले पनि बनेको कानुनलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सके समस्या समाधान हुनेमा जोड दिन्छिन् । उनले लिङ्ग पहिचान गरी गरिने गर्भपतनको संख्या बढी रहेको भन्दै यसलाई रोक्न सरकारी र गैरसरकारी तवरबाट भएका प्रयासहरु प्रयाप्त नभएको बताइन् । सिबिन नेपालकी जिल्ला बाल संरक्षण अधिकृत संगिता वलीले छोरीको चाहाना भन्दा छोराको चाहाना बढी हुँदा यो समस्या आएको बताउँछिन् । समुदायमा अझै सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको उनको भनाई छ । ‘समाजमा खुलेआम गर्भपतन गर्ने गरिरहेका छन्’ उनले भनिन्, ‘तर कानुन कार्यान्वयन भने हुन सकेको छैन् ।’

नारीजागरणवाट साभार गरिएको ।




सम्बन्धित समाचार


error: Content is protected !!