सुर्खेतमा मतदान उत्साह जनक

सुर्खेत, ३१ बैशाख । सुर्खेतका ९ स्थानीय तहमा उत्साह जनक र शान्तिपुर्ण रुपमा मतादान सुरु भएको छ । विहान ७ वजेदेखि सुर्खेतका सवै मतदान केन्द्रबाट एकै पटक मतदान सुरु भएको हो । सुर्खेतको १३८ मतदान स्थलका २४० मतदान केन्द्रहरुमा अपाङ्ग, बृद्ध, असक्तहरुलाई लाइनमा बस्न नपर्नेगरी व्यवस्था गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा आफुले रोजेका उम्मेदवारहरुलाई मतदान गर्न पाउँदा निकै उत्साहीत देखिएका छन् । विहानको समयमा बृद्धबृद्धा अपाङ्ग महिला र कृयापुत्रीसमेतले मतदान गरेका छन् ।

सुर्खेतको ५ नगरपालिका र ४ गाउँपालिकामा गरी एक लाख ८४ हजार ३ सय ९९ मतदाता रहेका छन् । मतदाता शिक्षा प्रभावकारी नभएका कारण यसपटकको मत बदर संख्या बढी हुने देखिएको छ । प्रत्येक केन्द्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले सुरक्षा दिएका छन् ।

स्रोतः खबरइरा





error: Content is protected !!