लागू औषध दुव्र्यसनमा जेलिएका महोत्तरीका युवा पुस्ता

rrrलागू औषध भनेको त्यस्तो प्राकृतिक तथा कृत्रिम रासायनिक पदार्थ हो जसको सेवनले मानिसको शारीरिक तथा मानसिक जीवनमा असर पर्दछ र चेतनशील अवस्थाबाट अर्धचेतनशील अवस्थामा लगी आनीबानीमा फरक पार्दछ । यसको प्रयोगले शारीरिक कार्य तथा वनावटमा नै परिवर्तन ल्याउँछ । लागू औषधको सेवनले मस्तिष्क र रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर पार्ने गर्दछ । लागूऔषध प्राकृतिक, अर्धप्राकृतिक र कृत्रिम रुपमा पाउन सकिन्छ ।
नेपालमा शताब्दियौँदेखि नै गाँजा, रक्सी सांस्कृतिक रुपले नै प्रयोगमा लिने गरेको पाइन्छ । धार्मिक परम्पराअनुसार शिवरात्रीमा गाँजा, भाङ खाने गरेको पाइन्छ र परापूर्वकालदेखि नै कथित आनन्द प्राप्ति र ठूलापन देखाउनका लागि पनि खाने गरेको पाइन्छ ।

सामाजिक मूल्यमान्यताहरुको प्रभावले गर्दा त्यस समयमा लागू पदार्थलाई एक सामाजिक समस्याको रूपमा हेरिँदैथ्यो । समयको अन्तरालसँगै लागूपदार्थ सेवन र प्रयोग गर्ने माध्यम तौरतरिका पनि फरक हुन थाल्यो । यसले गर्दा युवाशक्तिमा प्रत्यक्ष असर पर्न गई सम्पूर्ण समाज र राष्ट्रमा नै असर देखिएकाले यस्ता पदार्थहरुको हाल आएर अन्तर्राष्ट्रिय रूपमा नै बिक्री वितरण, सेवन, उत्पादन, सञ्चय गर्न प्रतिबन्ध गराइएको छ ।
महोत्तरी जिल्लामा लागूऔषध सेवनकर्ता तथा प्रयोगकर्ता दिनानुदिन बढ्दै गइरहेको छ । भारतसँग खुल्ला सिमाना भएकाले लागूऔषध कारोबार बढी भएको पाइन्छ । भिठ्ठामोड, सम्सी, मटिहानी, कटिकटैयालगायत अन्य ठाउँमा भारतसँग खुल्ला सीमाबाट लागूऔषधको कारोवार भएको पाइन्छ । साथै पूर्व–पश्चिम, उत्तर–दक्षिणको सङ्गमस्थल बर्दिबासमा पनि विभिन्न ठाउँबाट मानिसहरुको आगमन हुने भएकाले यस्ता कारोवारमा वृद्धि भएको पाईन्छ ।

विशेषगरी यस्ता कारोवारीहरुले भारतबाट लागूऔषध ल्याउदा चामल, चिनी, पिठोभित्र, मोटरसाइकलको सिटमुनि लगायत अन्य ठाउँहरुमा लुकाएर ल्याउने गरेको पाइन्छ । विशेषगरी बर्दिबास, पिपरा, बदियाबन्चौरी, गौशला, जलेश्वर, भिठ्ठामोड, मटिहानी लगायतका ठाउँहरुमा यस्ता कारोवारहरु बढी हुने गर्दछन् । खास गरी महोत्तरी जिल्लामा निम्न र मध्यम वर्गका युवाहरु यसमा संलग्न भएको पाइन्छ । आर्थिक अभाव, अशिक्षा आदिको कारणले गर्दा यसमा लागेको देखिन्छ र पक्राउ पर्नेहरुले बरामद लागूऔषध, सेवन गर्न राखेको हुँ, बिक्री वितरण गर्न होइन भने पनि कुन व्यक्ति वा समूहसँग खरिद गरेको हो भन्ने किटान गर्दैेनन् ।
महोत्तरीमा गत ३ वर्षमा समातिएका लागू औषध
fullscreen-capture-11132016-122213-pm

अन्य जिल्लामा जस्तै महोत्तरी जिल्लामा पनि रोजगारीको सिलसिलामा विदेश जाने दर बढी भएकाले त्यस्तो परिवारका केटाकेटीहरु उपयुक्त हेरविचार एवं निगरानी कम भएकाले यस्ता कारोबारमा संलग्न भएको पाइन्छ । थोरै समयमा दुख नगरी धेरै पैसा कमाउने भएकाले साथै कानुनको अज्ञानताले गर्दा यहाँका युवाहरु । दुव्र्यसनमा फसिरहेका छन् । समयमा नै स्थानीय स्तरबाट, समाजबाट, युवा क्लबहरुबाट यस विरुद्धको कार्यहरु सञ्चालन नगरेमा भविष्यमा युवा शक्ति त्यत्तिकै खेर जाने सम्भावाना देखिन्छ र समाजमा आपराधिक कृयाकलाप वृद्धि भई अशान्ति फैलन सक्दछ ।

पक्राउ परेका अभियुक्तहरुको अवस्था

fullscreen-capture-11132016-122245-pm
दुव्र्यसनमा पर्नुका कारण
प्रायः मुख्य कारोवारी भन्दा पनि सेवनकर्ता पक्राउ परेका छन् । विशेषगरी १६ वर्षदेखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरु यस्ता दुव्र्यसनमा फसेको पाइन्छ । साथीभाइको लहैलहैमा लागेर, कौतुहल जाग्दा, बुवाआमाको रेखदेख नहुनु, आवश्यकताभन्दा धेरै छोराछोरीलाई स्वतन्त्रता दिनाले, पर्याप्त जनचेतनामूलक कार्यक्रम सञ्चालन नभएकाले, बेरोजगार आदि कारणले यो उमेरका व्यक्तिहरु दुव्र्यसनमा बढी फस्ने गरेका छन् । सुरुमा साथीहरुले विभिन्न प्रलोभनमा पारेर लागूऔषध सेवन गर्न लगाउने तथा सिकाउने त्यसपछि किन्न लगाउने, पैसा सकिएपछि चोर्न लगाउने, अन्य साथीहरुलाई आकर्षण गर्ने फसाउने गर्ने गरेको पाइन्छ । साथै कोही थोरै समयमा धेरै पैसा कमाउने आशाले त्यस्ता दुव्र्यसन र कारोवारमा फसेका छन् ।

के छ कानुनी व्यवस्था ?
जिल्ला अदालत महोत्तरीमा कानुनको बहस गर्दै आइरहेका अधिवक्ता विकरु यादवले लागू औषध बिक्री वितरण वा सेवन अपराध रहेकाले यसमा कानुन बमोजिम लागू औषधको परिमाण र त्यसले पुर्याउन सक्ने हानि अनुसार सजायको व्यवस्था रहेको बताउँछन् । जस्तै, गाँजा सेवन गर्नेलाई १ महिना कैद वा २ हजार जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ भने अफिम, कोका वा सोबाट बनेको लागू औषध सेवन गरेमा १ वर्ष कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ । तथापि अस्पतालले बिरामी ठहर गरी बिरामी पुर्जामै उपचारका लागि सेवन गर्न मिल्ने लेखेको छ भने सजाय नहुनेसमेत उनी बताउँछन् ।

न्यूनीकरणमा प्रहरीले गरेका कामहरु :
लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ले Proactive / Reactive method भतजयम गरी दुई किसिमबाट काम गरिरहेको छ ।
Proactive method अन्तर्गत, जिल्ला प्रहरी कार्यालय महोत्तरी, ई.प्र.का. बर्दिबास, ई.प्र.का. गौशालाले आआफ्ना इलाकामा पर्ने स्कुल, कलेजमा विषेशगरी ९ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई लक्षित गरेर लागू औषध सम्बन्धमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सामुदायिक प्रहरी सेवा जलेश्वरले पनि समाजमा भएका यस्ता दुव्र्यसनी र आपराधिक कृयाकलाप न्यूनीकरण गर्नेका लागि समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ।
Reactive method अन्तर्गत जि.प्र.का. महोत्तरीले कुनै पनि त्यस्ता किसिमका कृयाकलाप हुँदैछ, लागूऔषधको कारोबार हुँदैछ, सेवन गर्देछन् भन्ने सूचना प्राप्त हुनासाथ सम्बन्धित ठाउँमा आवश्यक प्रहरी खटाई सम्बन्धित व्यक्ति तथा समूहलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही गर्ने गरेको छ ।

लागू औषध दुव्र्यसनी नियन्त्रणमा व्यक्ति, समाज, अभिभावक तथा शैक्षिक संस्थाहरुको भूमिका

 अभिभावकले युवा अवस्थाका आफ्ना बाबुनानीहरुको निगरानी राख्नुपर्दछ ।
 अनावश्यक रकम दिने तथा गलत व्यक्तिको सङ्गतमा लाग्न दिनु हुँदैन ।
 लागू औषध दुव्र्यसनले पार्ने असरका बारेमा सामाजिक जागरण ल्याउने काम गर्नुपर्दछ ।
 विशेषगरी विद्यालय र कलेजमा अध्ययन गर्ने विधार्थीहरुलाई यसका बारेमा सचेतना जगाउनु पर्दछ ।
 विद्यालय तथा कलेजहरुले पनि आफ्ना विद्यार्थीका कृयाकलापको बारेमा निगरानी राख्नुपर्दछ ।
 अभिभावकले आफ्ना बाबुनानीहरुको व्यवहरमा कुनै किसिमको नकारात्मक परिवर्तन आएमा तरुन्त ख्याल गर्नुपर्दछ ।
 अभिभावकहरुले पनि बाबुनानीहरुसँग उनीहरुका समस्या एवं गुनासाहरु समयमा नै समाधान गरिदिनुपर्दछ ।
 समाजले पानि यस्ता कृयाकलापमा संलग्न भएका व्यक्तिलाई निरूत्साहित पार्नुपर्दछ ।
 यस्ता कारोबार, सेवन, प्रयोगमा संलग्न भएको थाहा पाउनासाथ तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने बानीको विकास गर्नुपर्दछ ।
(पत्रकार रञ्जन भण्डारीको सहयोगमा तयार पारिएको)





error: Content is protected !!