आवाज नआउने ‘सिलिङ फ्यान’ बजारमा

orient-5-555x335काठमाण्डौँ । बहुराष्ट्रिय कम्पनी बिरला ग्रुपको सिके बिरलाले नेपालमा आफ्नो बजार थप विस्तार गरेको छ। बिभिन्न समूहमा गरी १. ६ अर्ब अमेरिकी डलर लगानी गरेको बिरला ग्रुपको ओरियन्ट इलेक्ट्रिकले शनिबार आवाज नआउने र प्रचुर हावा दिने क्षमता भएको एरोक्वाइट ‘सिलिङ फ्यान’ नेपालमा सार्वजनिक गरेको छ।

कम्पनीले एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ फ्यान तयार पारेको हो।

काठमाडौंको भृकुटीमण्डपमा जारी इलेक्ट्रो टेक २०१६ मा एक विशेष कार्यक्रमको आयोजना गरी यो फ्यान नेपालमा पहिलो पटक अनावरण गरिएको हो। ओरियन्ट इलेक्ट्रिकका दुर्गेश बक्सीले एरोक्वाइट सिलिङ फ्यानको नयाँ सिरिज नेपाली बजारमा ल्याउन पाएकोमा अत्यन्त उत्साहित भएको बताए।

‘जसले आफूद्वारा गरिएको क्रयको औचित्य बुझ्छन्, उनीहरूको माग पूरा गर्दछ,’ बक्सीले भने। विशेष गरी नेपालको तराई क्षेत्र र सहरी क्षेत्रका ग्राहकले यसलाई रूचाउने उनले बताए।

‘डिजाइन्, क्राफ्टमेनसिप, अनि टेक्नोलोजिको दृष्टिकोणले यो एरोक्वाइटले सर्वश्रेष्ठ उदाहरण पेश गर्छ’ उनले भने अब हामी चाँडै यो एरियो शृंखलामा फ्यानको अन्य प्रकार पनि बजारमा लञ्च गर्नेछौँ।’ यसबाहेक घरेलु प्रयोगका समाग्री अनि स्विच गियर्ससहित अन्य विद्युतीय उत्पादनहरू पनि ल्याउँदै जाने कम्पनीले जनाएको छ।

ओरियन्ट एरोक्वाइटसँग १२०० एमएम स्विप अनि सय प्रतिशत खियारहित ब्लेड उच्चस्तरको काँचद्वारा निर्मित छ। ब्लेडलाई दह्रो बनाउन यसमा एबिएसको मिश्रण गरिएको छ। स्मुथ अनि शान्त सञ्चालनको निम्ति १८ पोल ठूलो मोटरसहित डबल बल बेयरिङको प्रयोग गरिएको छ।

सबै ओरियन्ट उत्पादनहरू नेपालमा प्रिमियर ओभरसिजले काठमाडौंले वितरण गर्नेछ। यसको बजार मूल्य १२ सय देखि १५ हजार रूपैयाँसम्म पर्छ।





error: Content is protected !!