साउदी पुगेको ४ महिनामै नेपाली कामदारको मृत्यु

साउदी,

dead-body-saudi ताप्लेजुङ जिल्लाको नाङ्खोल्याङ गाविस वडा नंम्बर ३ बोरादिनका प्रमोद श्रेष्ठ, काठमाण्डौंस्थित योङ ओभरसिज मेन पावरबाट उडेको ४ महिनामै फोक्सोको क्यान्सर रोगबाट मृत्यु भएको छ ।
प्रमोदले नेपाली रुपैयाँ ८५ हजार तिरेर एक चक्लेट फ्याक्ट्रीमा काम गर्न साउदी पुगेका थिए । नेपालबाट बैधानिक रुपमा स्वास्थ्य परिक्षण गरी साउदी पुगेका श्रेष्ठ पुगेको ३ महिनामै विरामी परेर थलिएका थिए । उनलाई उपचारको लागि साउदीस्थित रियाद सनाद अस्पतालमा १८ दिन र मोवासात अस्पतालमा १२ दिन सम्मको उपचार पछि सेप्टेम्बर ३ तारिख फोक्सोको क्यान्सरबाट मृत्यु भएको उक्त अस्पतालले जानकारी गराएको छ ।

आफ्नो घरको पारिवारीक समस्याका कारण श्रेष्ठ साउदी अरब पुगेका थिए । तर, अचानक उनि रोगले ग्रसित हुदै थला परे । उनको नराम्रो गरी स्वास्थ्य बिग्रिएपछि कम्पनीका मालिकले उपचारका लागि अस्पतालमा भर्ना गरिदिएका थिए । उनलाई फोक्सोको क्यान्सर भएको रहेछ । पछिल्लो पटक आईसीयुमा राखेर उपचार गराउँदा गराउँदै मृत्यु भएको उनका आफ्न्त फुपाजु अईन्द्र विक्रम श्रेष्ठले जानकारी दिए । हाल अईन्द्र पनि साउदीमै कार्यरत छन् ।

उनका अनुसार पार्थिव शरिरलाई यतिका दिन सम्म पनि स्वदेश पठाउने प्रक्रिया पुरा भईनसकेको दुखेसो पोखे । साउदीबाट जस्तो सुकै समस्या घरमा परे पनि कम्पनीबाट विदा पाउन कठिन पर्ने र काममै अल्झाईरहने उनले गुनासो पोखे ।

देशले हरेक दिन यसरी कलिलो नौजवानहरु गुमाई रहदा नेपालस्थित बैदेशिक रोजगारीमा जानेहरुलाई गरिने स्वास्थ्य परिक्षणमा चरम लापरवाहि भएको दैनिक जसो प्रवाशी नेपालीहरुले सामाजिक संन्जालतीर टिप्पणी गरिरहेका देखिन्छन् । यस्ता घटनाहरुलाई न्युनिकरण गर्न सरोकारवालाहरुकोे ध्यानकर्षण हुन जरुरी छ ।





error: Content is protected !!