स्वास्थ्य र स्वास्थ्यकर्मीका केही सवालहरु

निर्मल कुमार रेग्मी
समायोजन पछि संघीयता कार्यान्वायन गर्ने प्रकृयामा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य क्षेत्रएउटा अब्यबस्थित प्रकृया बाट गुज्रीरहेको छ । त्यसको समाधान अझै हुन सकेको अबस्था छैन । संघीयता मा जानु भन्दा अगाडी स्वास्थ्य चौकीजिल्ला स्वास्थ्य कार्यालय प्रति,जिल्ला स्वास्थ्य कार्यालयक्षेत्रीय स्वास्थ्य निर्देशनालय प्रति,क्षेत्रीय स्वास्थ्य निर्देशनालय मन्त्रालय वा बिभाग प्रति उत्तरदायी हुनुपर्ने ब्यबस्थाको एउटा प्रणाली अथवा श्रृङखलारहेको थियो जुन श्रृङखलाअहिले को अबस्थामा टुटेको अबस्था छ । अहिले तिन तहका सरकार स्थानिय सरकार,प्रदेश सरकार र संघीय सरकार रहेका छन । यी तिन सरकार लाईएक सरकारले अर्को सरकार लाई सहयोग,समन्वय र नियन्त्रण गर्ने प्रणालीको बिकासहुन सकेको अबस्था छैन ।यि तिन तहका सरकार बिच समन्वय,सहकार्य र नियन्त्रण गरेर मात्र सरकार का काम कार्बाही लाई प्रभाबकारी बनाई जनतालाई गुणस्तरिय र प्रभाबकारीस्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ।

अहिलेको अबस्थामा जुनसुकै सरकार बाट जनताले थोरै मात्र सेवा प्राप्त गरे भने वा कुनै एक सरकारले न्युनतम सेवा जनतालाई प्रदान गरे पनि त्यस कार्यको स्वामित्व लिन तिनवटै सरकारले तछाड मछाड गर्ने तर जनताका अप्ठ्यारा हरुमा एक सरकार ले अर्को सरकारलाई आरोप लगाउदै पन्छाउने प्रबृतिको बिकास भएको छ ।

अहिलेको अबस्थामा पहिले गा।बि।स। तहमा रहेको स्वास्थ्य चौकी अहिले नंया संरचना अनुसार वडा तहमा जाने प्रकृयामा रहेका छन। तर त्यो वडा तहमा लियर स्वास्थ्यलाई सहि र ब्यबस्थित तरिकाले ब्यबस्थापन गर्न कति बर्ष लाग्ने हो अत्तो पत्तो छैन ।अहिले केही आधारभुत स्वास्थ्य सेवा केन्द्रका भबन बन्ने प्रकृयामा रहेका छन । स्वास्थ्यको भबन कहा बनाउने भन्ने कुरा वडाको अधिकार अन्तर्गत पर्ने कुरा हो तर केही वडाका भबन राजनितिक स्वार्थका कारण बन्नु पर्ने ठाउमा बनेका छैनन,कतिपय बनेका भबनप्रयोग बिहिन अबस्थामा रहेका छन,कति वडाले वडाको केन्द्रमा भबन निर्माण गरे पनि कर्मचारीको ब्यबस्था गर्न सकेको अबस्था छैन,ति भबन को स्याहार सम्भार नहुदा जिर्ण अबस्थामा पुग्न थालेका छन र राज्यको सम्पती खेर जाने अबस्थामा रहेको छ । बजेट अभाबका कारण स्वास्थ्य चौकी का पुराना भबन हरु समय समयमा मर्मत सम्भार,रंगरोगन हुन नसक्दा जिर्ण हुदै गैरहेका छन। स्वास्थ्य संस्थाहरुमा सामान्य कार्यालय संचालन रकम नहुदा कार्यालय प्रयोजनका लागी अति आबस्यकसामान्य स्वास्थ्य सामाग्री पनिखरिद गर्न नसक्दागुणस्तरिय सेवा प्रवाहमा अप्ठ्यारो अबस्थाको सिर्जना भएको छ,यस्तो हुदा पनि कुनै सरकारको चासो रहेको पाईदैन ।

स्वास्थ्य संस्थाले आफ्नो वडामा सेवाको पहुच बाट टाढा रहेका क्षेत्रमा गांउघर क्लिनिक,खोप क्लिनिकहरु सञ्चालन गरिरहेका छन। अझै कतिपय ठाउमा गाउघर क्लिनिक,खोप क्लिनिक संचालन गर्न भबन निर्माण गर्न सकेको अबस्था छैन। भएका भबन मर्मत सम्भार हुन नसक्दा जिर्ण अबस्थामा पुगेका छन । यस्तो अबस्थामा स्वास्थ्य सेवा प्रबाह को अबस्था कस्तो भएको होला र प्रबाह भएका सेवा को गुणस्तर को अबस्था के होला रु यस बारेमा मा पनि सरकार हरु गम्भीर भएको अबस्था छैन ।
राज्यले तिन तहका सरकार लाई कुन(कुन ‌औषधी कुन(कुन सरकारले खरिद गर्न पाउने भनेर पनि स्पष्ट ब्यबस्था गरेको छ । तर संघिय सरकारबाट प्राप्त हुने औषधि तथा स्वास्थ्य सामाग्री,प्रदेश बाट प्राप्त हुने औषधि तथा स्वास्थ्य सामाग्री र स्थानिय तहबाट प्राप्त हुने औषधि तथा स्वास्थ्य सामाग्रीहरु पुर्ण रुपमा बाह्रै महिना निशुल्क दिनु भनेका ‌औषधीहरुको ब्यबस्था १२ महिना नै पुर्ण रुपमा उपलब्ध भएको अबस्था अझैछैन । तोकियका औषधि तथा स्वास्थ्य सामाग्रि कहिले सम्म पुर्ण रुपमाउपलब्धहुने होकसैलाई थाहा छैन ।

जनताहरुको लामो त्याग र बलिदान पश्चात राज्य पुनर्संरचना भै राज्य संघिय ब्यबस्थामा प्रबेश गरेको छ । सरकार जनताको घर दैलोमा नै आएको छ । घर दैलोमा सरकार आएपछि जनताहरु खुसी हुनुपर्ने हो तर स्वास्थ्यको सन्दर्भमा चाहि केहि अपबाद स्थानिय तह बाहेक बहुसंख्यक स्थानिय तहहरुका जनताहरुमा निरासा पैदा भएको छ ।पुरानो संरचनामा गा।बि।स। तहमा स्वास्थ्य संस्था थियो तर ब्यबस्थित थियो। अहिले स्वास्थ्य संस्था वडा तहमा पुगेको छ तर अस्तब्यस्त र भद्रगोल अबस्थामा ।

न नियम छ,न कानुन छ,न कार्यबिधी छ, न औषधि छ,न कर्मचारी छ,छ त केवल ब्यक्ति पिच्छेका फरक फरक आदेश र निर्देशन हरु मात्र ।केहि स्थानिय तहमा नेतृत्व परिबर्तन संगै वा परिबर्तन बिना नै पनि स्वास्थ्य शाखामा को रहने भनेर,को बरिष्ठ को कनिष्ठ भनेर,को नेताको नजिक को टाढाको भनेर,को आफ्नो को पराई भनेर,बिबाद सिर्जना भै रहेको अबस्था छ । केहि स्थानिय तहका यस्तै प्रकृतिका बिबादहरु उच्च अदालत त केहि सर्बोच्च सम्म पुगेका पनि उदाहरण रहेका छन । स्थानिय तह भित्रको सरुवा को अबस्था पनि यस्तै यस्तै अबस्था बाट गुज्रिरहेको छ । जबसम्म स्थानिय तहको स्वास्थ्य शाखामा रहने कर्मचारीको लागी स्पष्ट योग्यता र मापदण्डको ब्यबस्था हुदैन र गलत गर्ने स्थानिय तहहरुलाई संघ र प्रदेशबाट लगाम लगाउने स्पष्ट ब्यबस्था हुदैन । तबसम्म यो बेथिती रहिरहन्छ । यो देखीदा सानो समस्या देखीयला तर यसले स्वास्थ्य क्षेत्रलाई गम्भिर असर पारिरहेको छ ।

स्वास्थ्य एउटा बिशिष्टिकृत क्षेत्र हो । यसलाई बिशिष्ट बनाउदै लैजानु आजको आबस्यकता हो । स्वास्थ्य क्षेत्र जनताको जिबन संग प्रत्यक्ष जोडियको बिषय हो । यस क्षेत्रका भौतिक संरचना हुन वा जनसक्ति,ऐन नियम कानुन हुन वा कार्यबिधी,नीति,बिधी,योजना निर्माण गर्ने कुरा होस वा कार्यान्वायन गर्ने कुरा,छिटो छरीतो प्रभाबकारी रुपमा गुणस्तरियता कायम गर्दै निर्माण गर्ने,धारिलो बनाउने र आम जनतालाई सर्बसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने कुरा मुख्य कुरा हो । तर संबिधान जारी भएको ९ बर्ष पुरा भै सक्दा पनि एकिकृतस्वास्थ्य सेवा ऐन जारी हुन सकेको अबस्था छैन। जनशक्तिलाई धारिला बनाउने कार्यक्रम हरु पनि सिथिल हुदै गएका हुन कि भन्ने आभाष हुन थालेको छ ।कर्मचारी हरुलाई उत्पेरित गर्ने कार्यक्रम हरुमा पनि कमि महसुस भएको छ।भएका कार्यक्रम हरुमा पनि थिति बस्न नसक्दा,नेतृत्वले मनमौजि गर्दा कर्मचारीहरु बिभेदको सिकार हुने अबस्थाको सिर्जना भएको छ ।समग्रमा स्वास्थ्य कर्मिहरुमा निरासा ब्याप्त छ ।निरास स्वास्थ्य कर्मिहरुवाट प्रतिफल कस्तो प्राप्त हुने त्यो सोचनिय बिषय रहेको छ ।

स्थानिय तहमा समायोजन भएका कर्मचारीहरु स्थानिय तहमा रमाउने वाताबरणको सिर्जना हुन सकेको छैन ।दुर दराजमा काम गर्नु पर्ने कर्मचारीहरु सेवा सुबिधा बृत्ति बिकासका का अबसरबाट बञ्चित हुनुपरेको अबस्था छ । संघमा कार्यरत कर्मचारी हरु ए क्लास,प्रदेशमा कार्यरत कर्मचारीहरु बि क्लास र स्थानिय तहमा कार्यरत कर्मचारीहरुलाई सि क्लास को ब्यबहार राज्यबाट भएको अनुभुति कर्मचारीहरुले गरिरहेका छन । जुन कर्मचारीहरु जनतासंग प्रत्यक्ष जोडिएर सार्बजनिक सेवाप्रबाह गरिरहेका छन। नेपालको दुर दराज,कुना कन्दरा हरुमा मृत्युसंग पौठेजोरी खेल्दै कठिन अबस्थामा काम गरिरहेका छन । तिनै कर्मचारीहरुले दुब्यबहार भोगिरहेका छन । तिनै कर्मचारीहरु सेवा सुबिधाबाट बञ्चित हुनु परिरहेको छ ।

तिनै कर्मचारीहरु बिभिन्न अबसरबाट बञ्चिन हुन परिरहेको अबस्था छ तिनै कर्मचारीहरु कार्बाहि को सिकार हुन परिरहेको अबस्था छ र स्थानिय तहका कर्मचारिहरुलाई एक स्थानिय तह वा प्रदेश भित्र सिमीत गर्ने कार्य भै रहेको छ ।स्थानिय तह सि क्लासले प्रदेश बि क्लास तिर,संघ ए क्लास तिरआखा उठाएर हेर्न पनि नपाईने खालका प्रदेश ऐन तथा नियमावली,स्थानिय ऐन तथा नियमावली हरु जारी भै रहेका छन ।

प्रदेश मा दरबन्दि रिक्त हुदा वा नंया दरबन्दि सृजना हुदा स्थानियतहमा काम गरेर खारियको योग्य कर्मचारीलाईप्रदेशमा लिन नमिल्ने तर नंया कर्मचारी भर्ना गर्न मिल्ने,संघमा दरबन्दि सिर्जना हुदावा खाली हुदा प्रदेश र स्थानिय तहमा कार्यरत योग्य कर्मचारी संघमा लिन नमिल्ने तर नंया कर्मचारी भर्ना गर्न मिल्ने,यो कहा सम्मको न्याय संगत कुरा हो।यो राणा शासनकालमा बिभाजन गरिएको ए,बि,सी क्लास जस्तै भएन र रु हैन भने स्थानिय तहमा मात्र नंया भर्नाको ब्यबस्था गरि स्थानिय तहका कर्मचारी मध्ये योग्य कर्मचारी प्रदेश मा दरबन्दि सिर्जना वा खाली हुदा जान पाउने खालको प्रणालीको ब्यबस्था गर्न किन नमिल्ने रु संघमा दरबन्दि सृजना हुदा वा खाली हुदा स्थानिय तह र प्रदेशमा कार्यरत योग्य कर्मचारीलाई संघमा जान पाउने प्रणालीको ब्यबस्था गर्न किन नमिल्ने हो रु प्रश्न यहानेर छ ।

समायोजन पुर्ब सेवा प्रबेस गरेका कर्मचारी हरु खासमा संघकै पुल दरबन्दिमा राखेर प्रदेश मार्फत स्थानिय तहमा खटाउने ब्यबस्था गर्नु पर्थ्यो सरुवा बढुवाको अधिकार बृत्ति बिकासको अधिकार संघमा राख्नु पर्थ्यो यसो हुदा कर्मचारीहरुको मनोबल पनि उच्च हुन्थ्यो र कर्मचारिहरु प्रति पनि न्याय हुन्थ्यो ।कर्मचारी जुन स्थानिय तहबाट सेवा निबृत हुन्छ त्यहि स्थानिय तहमा स्थानिय तहको दरबन्दि मानि स्थानिय ऐन नियमावली अनुसार स्थानिय तहमा कर्मचारीहरुको भर्ना प्रकृया अगाडि बढाउनु पर्थ्यो ।तर बिडम्बना यसो हुन सकेन र कर्मचारीहरुलाई मनोबलमा गम्भिर असर पर्ने गरेर जबर्जस्ति स्थानिय तहमा पठाउने काम भयो।

जबर्जस्ति स्थानिय तहमा मुन्ट्याईएको एउटा अबोध कर्मचारि फेरि आफुलाई योग्य साबित गरि माथि उक्लिन किन नमिल्ने हो रुयसो गर्दा कस्लाई के घाटा हुने हो र रु तर हाल सम्म भै रहेका कार्यहरु यसको बिपरित दिशामा भै रहेका छन ।यस्ता कार्यहरु बाट कर्मचारीहरुमा निरासा पैदा भएकोछ । यस सम्बन्धमा राज्यले गम्भिर रुपमा सोच बिचार गरि,स्थानिय तहमा कार्यरत कर्मचारी का माग सम्बोधन हुने,भोगिरहेका समस्या समाधान हुने,स्थानिय तहमा कार्यरत कर्मचारीहरु संग प्रयाप्त छलफल र बहस गरि ऐन नियमावलीहरुको निर्माण हुने,स्थानिय तहमा कार्यरत कर्मचारीहरुका माग समस्या समाधान हुने,स्थानिय तहमा कर्मचारीहरु पनि सम्मान पुर्बक काम गर्ने,स्व स्फुर्त उत्प्रेरित भएर काम गर्ने खालको वाताबरण निर्माण गर्नु पर्दछ।

हैन भने तेस्रो दर्जाको ब्यबहार गरि पहिलो दर्जाको राज्य बनाउछु र जनताको स्वास्थ्य क्षेत्र अब्बल बनाउछु भन्नु मनोगत कल्पना बाहेक केहि हुदैन । त्यसैले तिनवटै सरकारले यथार्थताको धरातलमा उभिएर कर्मचारीका कुरा सुन्नु पर्दछ,बुझ्नुपर्दछ मनन गर्नु पर्दछ र सहि तरिकाले समस्या को हल गर्नु पर्दछ । यो नै आजको आबस्यकता हो र सबैको हित पनि यसैमा रहेको छ ।
धन्यबाद।

निर्मल कुमार रेग्मी
सिअहेब पाँचौ
ठेगाना ः भेरि नपा १ जाजरकोट
कार्यरत ः कुनाथरी स्वास्थ्य चौकी बराहताल ५ सुर्खेत





error: Content is protected !!