यमनका हुथी विद्रोहीहरूद्वारा अमेरिकी जासुसी ड्रोन खसालेको भिडियो सार्वजनिक

यमन ः यमनको हुथी समूहले उत्तरी यमनी प्रान्त सादामा अमेरिकी जासुसी ड्रोनलाई खसालेको भिडियो सार्वजनिक गरेको छ । साउदी अरेबियाको दक्षिणी सिमाना नजिक कारबाही भएको हुथीहरूले बताएका छन् ।
हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले प्रशारण गरेको भिडियोमा ड्रोनलाई सादाको आकाशमा उड्ने क्रममा स्पष्ट इन्फ्रारेड थर्मल क्यामेराले देखाइएको थियो । भिडियोमा देखाइएअनुसार एक हुथी लडाकु र मानिसहरूको एक समूहले ड्रोनतर्फ मिसाइल प्रक्षेपण गरेका छन् ।-सिन्ह्वा










