गजल

समयको घोडा जता दौडिन्छ दौडिन दिनुहोस हात लगाममा नपुगोस ।
सायद यस्तै सोच्दो हो,रहरले पनि जीन्दगी पुर्नबिराममा नपुगोस ।

जब मैले किनिदिने औकात बनाएर आए, तिमी पुरै नसक्ने भयौ,
बाबू चाहेर पनि तिम्रो आखा अब साइकल तिर अञ्जानमा नपुगोस ।

बरु आफू मरेर गए पनि सधै भरी बचाएर राख्नु भनेकी छन,
उनिले छुटिदा खेर दिएको एउटा फुल, कृपया मेरो चिहानमा नपुगोस ।

फेरी आमाले सुइँको पाउन सक्छिन, बिन्ती छ मेरो हुलाकी काका,

छोरा बेपत्ता भएको ठेगाना लिएर अक्सर चिठी खाममा नपुगोस ।
भोली आन्दोलन गर्दा कोहि राजधानीमै मारिन सक्छन बिचार गर,
युवाहरु बेरोजगार छन भनेर अखबार माथी सरकारको कानमा नपुगोस ।

पुष्कर पराग चन्द
भेरी नगरपालिका ५, जाजरकोट





error: Content is protected !!