दैलेखमा फैलिँदैै माओवादी, नेता शाही दम्पती एमाले त्याग्दै माओवादी प्रवेश

सुर्खेत ः नेकपा एमालेका नेता, एकीकृत समाजवादीका पूर्व केन्द्रीय सदस्य तर्कबहादुर शाही आज नेकपा माओवादी प्रवेश गरेका छन् ।

बालुवाटारमा एक कार्यक्रमबीच उनि र ठाँटीकाँध गाउँपालिकाका पूर्व उपाध्यक्ष सुस्मिता सिंहलाई माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीमा स्वागत गरेका हुन ।

२०३४ साल देखि कम्युनिष्टको पार्टी सदस्य, जनमत संग्रह र २०४६ सालको शशस्त्र विद्रोहको समयमा नेकपा मोटो मसालको बर्दिया, कञ्चनपुर कैलाली जिल्लाका संयोजक रहेका शाही पञ्चायतकालीन कालखण्डमा सर्वस्वहरण्मा परेका थिए । उनले अदालतबाट जन्मकैदको सजाय पाएपनि जेलव्रेक गर्न सफल भएका थिए ।

दैलेखमा तत्कालिन नेकपा मालेको संस्थापक सचिव निर्वाचित भएका शाही तीन कार्यकाल नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएका थिए ।

तत्कालिन एमालेको आठौं महाधिेवेशनबाट कृषि तथा भूमिसुधार विभाग सचिवमा समेत निर्वाचित भएका शाही नेकपा एसमा प्रवेश गरेका थिए । उनि हाल नेकपा एसको केन्द्रीय सदस्य थिए ।

पार्टी प्रवेशपछि पहिलोप्रेससँग कुरा गर्दै नेता शाहीले नेपाी जनताले २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनको बलमा प्राप्त अधिकार कुण्ठित गर्न प्रतिक्रियावादीहरु सल्बलाएको बताए । ‘अहिले ०६२/०६३ को जनआन्दोलनले प्राप्त अधिकारलाई कुण्ठित गर्ने प्रतिक्रियावादी सल्वलाएको, गणतन्त्र स्थापना देखि सञ्चालनसम्म यो व्यवस्थालाई समाप्त पार्न विभिन्न खालका प्रतिक्रियावादी तत्वहरु लागिपरेको पाइयो ।’ उनले भने, ‘यसको अर्थ नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने देखिएपछि म माओवादी प्रवेश गरेको हो । नेकपा माओवादी अहिलेको परिवर्तनको सर्जक पनि हो, रक्षक पनि हो ।’

उनले थपे, ‘वीचमा म एमालेमा फर्केर हेरेँ, केपिले लालगद्धारलाई साथ दिएको पाएँ । त्यसले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने देखियो ।त्यसका विरुद्ध लाग्न, लडन र कम्युनिष्ट आन्दोलनलाई जोगाउन नेकपा माओवादीको विकल्प छै । त्यहि भनेर म माओवादी आन्दोलनमा होमिएको हो ।’

पछिल्लो समयमा दैलेखमा निरन्तर रुपमा नेकपा माओवादी विस्तार हुँदै गएको छ । केहि दिन अघि मात्रै नेकपा एसका नेता उपेन्द्र शाही पनि नेकपा माओवादीमा प्रवेश गरेका थिए ।

विगतमा दैलेखलाई एमालेको गढका रुपमा लिईदै आएको भएपनि स्थानीय तहको निर्वाचन देखि प्रतिनिधि सभाको निर्वाचनसम्म आइपुग्दा एमाले थप कमजोर बन्दै गइरहेको आंकलन गरिन थालिएको छ । स्रोत ः पहिलो प्रेस





error: Content is protected !!