भूकम्पबाट अवरुद्ध सडक खुल्ला

जाजरकोट , १९ कात्तिक ः शुक्रबार भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडकहरु सूचारु भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडकहरु खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलंगाबाट –नलगाड सम्मको सडक खुलाएको छ ।
त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकहरु समेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका भित्रका सडकहरु समेत खुलाएको छ । राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडकहरु सूचारु गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई. तेजस्वी शर्माले बताउनुभयो । राहत तथा पूर्णस्थापना गर्नका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडक समेत खुलाएको छ ।



