दशैँमा बसमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ‚ यी कुरामा ध्यान दिनुस्

तिखेर यो वर्षको बडादशैँँ सुरु भइसकेको छ। जसले गर्दा धेरै मानिसहरु कर्मथलोबाट दशैँ मनाउन आ(आफ्ना घर‚ गाउँ फर्किने गरेका छन्। जसले गर्दा यतिखेर काठमाडौं पोखरा जस्ता ठूला शहरबाट मानिसहरुले लामो दुरीको गाडी यात्रा गरेर आफ्नो घर गाउँको यात्रा गरिरहेका छन्।

तर लामो बसको यात्रा गर्दा धेरै मानिसलाई रिँगटा लाग्ने तथा कसै कसैलाई त वाक् वाक् भएर भमिट हुने समस्या पनि हुने गरेको पाइन्छ। जसलाई मेडिकल भाषामा मौसम सिक्नेस भन्ने गरिन्छ।

लामो दुरीको बसको यात्रा गर्दा वाक् वाक् भएर भमिट हुने मुख्य कारण भनेको कान डम्म हुने र आँखाको कारण हो किन भने बसमा यात्रा गर्दा हामीलाई एकदमै छिटो छिटो नयाँ नयाँ ठाउँ देखिरहेका हुन्छौँ भने हावाको कारण हाम्रो कान डम्म हुन्छ।

यसले गर्दा आँखा र कानको तालमेल नमिल्दा धेरैलाई भमिट हुने समस्या हुन्छ। जुन समस्या बसको यात्रा सकिएपछि विस्तारै ठिक हुन्छ।

लामो बसयात्रा गर्नु अघिल्लो दिन यस्तो नगर्नुस्

बसमा लामो दुरीको या गर्ने अघिल्लो दिनदेखि नै आफ्नो खानपानमा विशेष ध्यान दिन सके यात्राको क्रममा हुने धेरै समस्या कम गर्न सकिन्छ। लामो दुरीको यात्रा गर्ने अघिल्लो दिन सकेसम्म हेभी खाना खानु हुँदैन।

यसका अलावा माछामासु‚ पिरो‚ अमिलो जस्ता खानेकुरा पनि खानु हुँदैन। यात्राको क्रममा विभिन्न कारणले बिरामी पर्ने पनि हुन्छ। जस्तोस् बान्ता हुने, ग्याष्ट्रिक हुने, पखाला लाग्ने जस्ता समस्या आउन सक्छन्।

त्यसैले होटल तथा अन्य पसलहरुमा राखिएका खानेकुराहरु सकभर खानु हुँदैन। यात्रा गर्दा सकेसम्म फलफूल तथा आफैँले घरमा बनाएको रोटी‚ चना जस्ता साधारण खाना खानु राम्रो हुन्छ।

होटल तथा बाटोका पसलमा राखिएका खानेकुराहरु बासी तथा लामो समय खुल्ला ठाउँमा नछोपी राख्ने हुँदा यस्ता खानेकुराले पखाला तथा पेट दुख्ने समस्या देखिन सक्छ।

गाडी चढ्दा वाकवाकी आउने समस्या धेरैलाई हुन्छ। विशेषगरी धेरै घुम्ती भएको अप्ठेरो बाटोमा बान्ता आउने सम्भावना बढी हुन्छ।

गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा नुनिलो चकलेट खाँदा फाइदा हुन्छ‚ यसबाट बान्ता आउने जोखिम कम हुन्छ। यसबाहेक यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा हुन्छ।

गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने काम सकेसम्म नगरेको राम्रो हुन्छ यसो गर्दा चक्कर लाग्छ र पेट बटार्छ। यात्रामा निस्कँदा सकेसम्म खाली पेट निस्कन हुँदैन। यसले गर्दा पेट बटार्ने तथा वाक् वाक् हुने समस्या झन् धेरै हुन्छ।

जंक फूड त खाँदै नखानुस्

धेरैले बसको यात्रा गर्दा विभिन्न प्रकारको जंक फूडका साथै बजारमा पाइने कोक‚ फेन्टा जस्ता पेय पदार्थ सेवन गरेको पाइन्छ। यस्तो गर्दा हामीलाई झनै नकारात्मक असर गरी रहेको हुन्छ।

त्यसैले सकेसम्म जंक फूडको त सेवन गर्नु हुँदैन तर मुख्य कुरा के हो भने यात्राको क्रममा प्रशस्त मात्रामा पानी खान सकियो भने धेरै फाइदा हुन्छ। पर्याप्त मात्रामा खाना खानाले हामीलाई यात्राको क्रममा हुने धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ।

यस्तै यात्रा मौसम सिक्नेसको समस्या भएर भमिट हुनेहरुले यात्रा गर्नु १र२ घन्टाअघि भमिट नहुने औषधी सेवन गर्दा पनि धेरै राम्रो हुन्छ। आफूले खाने औषधि साथमा लिएर जान बिर्सिन हुँदैन।

जाने ठाउँको मौसम र वातावरणका कारण पनि बिरामी पर्न सक्ने सम्भावना हुन्छ। त्यसलाई मध्यनजर राख्दै त्यही बमोजिम योजना बनाउनुपर्छ।

यात्रामा निस्कँदा मौसम, वातावरण र खानेकुरा नमिलेर पनि बिरामी पर्ने सम्भावना हुन्छ। त्यसैले पनि यात्रामा निस्कँदा हातखुट्टा दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने हुनसक्छ। त्यसै पनि प्राथमिक उपचारका सामग्री बोकेर हिँड्नुपर्छ।

मुटु र हाडजोर्नीका बिरामीले विशेष सावधानी अपनाउने

बसमा लामो दुरीको यात्रा गर्दा मुटु र हाडजोर्नीका बिरामीले विशेष सावधानी अपनाउनु पर्छ। विशेषगरी हाडजोर्नीका बिरामीले बसमा लामो समय एकै पोजिशनमा यात्रा गर्दा नशा च्यापिने तथा अन्य खालका नशा तथा हाडजोर्नीका समस्या भएकालाई समस्या झन् बढ्छ जसले गर्दा शरीर दुख्ने हुन सक्छ।

त्यसैले यस्ता समस्या भएकाहरुले सकेसम्म यात्रा गर्दा १र२ घन्टामा आफ्नो पोजिशन परिवर्तन गर्नु पर्छ भने उठेर हातखुट्टा तन्काउने गर्नु पर्छ।

यस्तै मुटु तथा उच्च रक्तचापको समस्या भएकाहरुले पनि विशेष सावधानी अपनाउनु पर्छ। मुटुको समस्या भएका धेरै बिरामीहरुले रगत पातलो हुने औषधी खाइरहनु भएको हुन्छ। तर लामो बस तथा हवाई जुनसुकै माध्यममा भए पनि लामो दूरीको यात्रा गर्दा एकै खालको पोजिशनमा मानिस लामो समय बस्दा शरीरमा राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन र रगतका नशा फुट्ने समस्या हुन्छ।

यसको उच्च जोखिममा रगत पातलो बनाउने औषधी खाइरहनु भएका मुटुका बिरामीहरुलाई धेरै हुने गर्छ। जसले गर्दा यस्ता बिरामीहरुले लामो दूरीको यात्रा गर्दा एकदमै सावधानी अपनाउनु पर्छ। सकेसम्म १र२ घन्टामा बसभित्रै भए पनि उभिएर आफ्नो शरीर तन्काउने गर्नु पर्छ।





error: Content is protected !!