वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत सुर्खेतका न्यायाधीश मनोज श्रेष्ठको एकल इजलाशले डाँका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।

विष्टसँगै सुशील गुरुङ र बलिराज शाही कारागार चलान भएका छन् ।

असार २४ मा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । पाँच जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुईरदुई लाख धरौटीमा रिहा भएका छन् ।





error: Content is protected !!