भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध सामान वरामद

सुर्खेत ः सुर्खेतको भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध सामान वरामद गरिएको छ ।

बुटवल बाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ७०१ नम्बरको बसलाई चेकजाच गर्ने क्रममा ७६ जोर कुर्ता सुरुवाल बरामद गरिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले अन्दाजी एक लाख १४ हजार मूल्य बराबरको समान बरामद गरेको हो ।

बरामद समान छिन्चु प्रहरीको नियन्त्रणमा राखिएको छ,भने गाडीलाई गन्तव्य तर्फ छोडिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।





error: Content is protected !!