शिक्षा स्रोत ब्यक्ति पोखरेलको शिक्षकलाई मार्मिक चिठी

प्रधानाध्यापक ज्यु 
नलगाड नगरपालिका,जाजरकोट
असार १५ देखि श्रावन १५ सम्म लामो बर्षे बिदा भयो,बलेसी ढल काट्नुभएको थियो,ढोका झ्याल र गेट लगाउनु भएको थियो,बिदाको बिच बिचमा रेखदेख गर्नु भयो,चुहिने छाना मर्मत गर्नु भयो,पशु चौपाय बन्द गरेर फिल्डमा घाँस धेरै उम्र्यो होला,बिद्यालय सहयोगीले लगाएका बिरुवा गोडमेल गरेकै होलान,लगाएको हरित बार साइजमा काट्नु भयो होला । बिद्यालय को सरसामान सुरक्षित नै होलान अब १६ गते बिद्यालय खुल्दैछ,कक्षा अवलोकन सरसफाइ गराउनुस,बुक कर्नरको अवस्था के छ ? फिल्ड मा भएको घाँस लिलाम गर्न सुचना टाँस गर्नुहोस खाजाघरको अवस्था मा ध्यान दिनुहुन्छ नै ।प्रत्येक शिक्षक कर्मचारी हरूलाई १६ गते अनिवार्य हाजिर हुन खबर त भयो होला ।

तपाई र बिद्यालय सहयोगी त २ दिन अघि नै पुगिसक्नु भयो होला फलफुल करेसाबारी अवलोकन भयो नै होला । तह पास गर्ने बहानामा होस या शिक्षक सेवा आयोग र निजामति सेवा आयोग पास गर्ने बहानामा हाम्रा ३२ जना शिक्षक हरूले बिद्यालय छोडेको धेरै दिन भयो, सायद त्यस्ता शिक्षक मित्रहरू तपाईं कहाँ पनि थिए कि ? तत्काल खबर गरी पेशामा प्रतिबध्द गराई सक्नुभयो होला ।

बिद्यार्थी नियमितताका लागि बिग्रेको बिद्यार्थी आउनेजाने बाटो मर्मत का लागि अभिभावक भेला कहिले बोलाउनु भयो खै ! अभिभावक शिक्षक र बिद्यार्थी हरूलाई एकएक वटा शैक्षिक सामाग्री सकलन गरेर ल्याउने जिम्मा हो क्यारे !! कतिले ल्याउनु भयो संकलन गर्नेकाम भयो होला ।

बिद्यालय अनुगमन र निरीक्षणका लागि सुपरीबेक्षक र निरीक्षककलाई कहिले बोलाउने सोच गर्नु भएको छ,कुन्नी ? छात्राहरूलाई सेनेटरी प्याड स्टक छकि छैन,शैक्षिकसत्र को क्यालेन्डर हेरेर श्रावनमा गर्ने कार्य को सूचि तयार पनि भयो होला पठनपाठन शुरू गर्ने दिनमा को को सग बिषयगत सामाग्री छन,अबलोकन सहित स्टाफ मिटिङ गरि कक्षामा जाने व्यवस्था त अवश्य मिलाउनु भयो होला , नलगाड नगरपालिका शिक्षा शाखाले दिएको ४७ बुदे निर्देशन एकपटक पल्टाएर हेर्नु भयो होला नै गुणस्तरीय शिक्षाका लागि गरिएको सम्बन्ध,समन्वय र सहकार्य का लागि धन्यवाद ।

 मिति ः २०८०/०४/११ गते ।

                                                                       तपाईको उहीँ शुभचिन्तक
                                                                         मणिराम पोखरेल
                                                                      (शिक्षा स्रोत ब्यक्ति)
                                                              नलगाड नगरपालिका जाजरकोट





error: Content is protected !!