प्रिय मान्छे

तिमिले छोडेर,
गएकै दिन देखि हो,
मेरो घर एक्लो भएको ।
आगन पनि उस्तै देखिछ निरास ।
तिम्रो अनुपस्थितीमा,
अझै सम्म चिच्याईरहन्छन,
एकहुल भेडाका बच्चाहरु ।
जब दिउसो पानी पिउने समय हुन्छ,
त्यतीनै बेला कराउन थाल्छन,
एकहल बुढा गोरु हरु ।
एका बिहानै उठेर ढोका लिप्ने,
त्यो भान्सा कोठा आज उजाड देखिन्छ ।
सधै जसो घाँस दाउरा जाने ती बाटोहरुमा,
आज मेरी बुडी आमा फाटेका किर्कुचा सङ्ग,
कम्मरमा आसी खाब भिडेर दौडीरहन्छिन ।
आज सम्म सुकेका छैनन,
तिमिले रोपेका गुलाफका फुलहरु ।
र फुल खेलेका पनि छैनन,
ती साना खुर्सानीका बोटहरु,
सायद तिमिलाई पर्खिरहेको हुनु पर्छ ।
कलिलै उमेरमा ढलेका छन,
तिमिले छरेका मकैका बोटहरु ।
जब गोधुलीमा दिन ढल्दै जान्छ,
मन फेरि उसै गरि जरा निमुठिएको,
बिरुवा जस्तै ओइलाउदै सुख्छ ।
हो तिमिले रोटी पेलेको,
बेली र चौकी किन निसार देखिन्छन आज ।
बुढि आमाले पुत्ताईरहेको चुल्होमा,
पानी खाएर ढारीएका काचा दाउराहरु,
धुवाले कालै देखिने दलीन हेर्दै,
पसीना र आखुका ढिकाहरु,
एकहातले पुच्छ्दै,
मकैका बाक्ला रोटीहरु,
सेकाइ रहन्छिन अचेल मेरी आमा ।
सन्ध्या परेकै बेला,
प्रत्येक कोठा कोठामा,
चिच्याउन थाल्छन तिनै झ्याउकिरीहरु ।
मन धमिलो बनाउदै,
भर्याङ हुदै उक्लिन्छु बार्दलीको छेउ,
एक हातमा पानीको बोत्वल समाएर ।
लाग्छु फेरि आफ्नै सुत्ने कोठा तर्फ,
जहाँ पुग्दा देखिन्छन भित्ताहरुमा,
तिमि खुब मुस्कुराएका तस्बिरहरु,
सम्झिन्छु त्यतिनै बेला,
जरुर तिमी अहिले पनि खुसी छौ भनेर ।
पल्टाउछु एक थान कापीका पानाहरु,
भेटिन्छन तिम्रा सुन्दर हातहरुले,
कुदेर लेखिएका मोती जस्तै अक्षरहरु ।
जब हेर्छु आफ्नै मोबाइल फोन,
अझै देखिन्छ वाल्पेपरमा तिम्रै आकृती ।
निदाउन मन फिटीक्कै नलागे पछि,
सम्झन्छु अनेक थरीथरीका कुराहरु ।
हरेक कोणबाट तिमिलाई नियाली रहदा,
कुनै कुराको पनि कमी,
नरहेको महसुस गर्छु त्यति नै बेला ।
अक्सर न भेटेरै छुटीनु भन्दा त,
भेटेरै छुटीनु खास बेस लागेर आयो ।
कारण, खुबै पाठ सिकाएर छाडीदियौ,
म बरालीदै हिड्नु को,
कारण नखोज्नु कसैले,
बस सम्झिनु
एक बाटो बिरायको यात्री जस्तै ।
मैले हरेक साझ यसरी बारम्बार,
पिउनुको कुनै रहस्य नसोध्नु,
सीसाका बोत्वोल र गिलासहरु ।
निधार फुटेकै दिनदेखी हो,
हाम्रो आत्मीयता अझै मजबुत भएको ।
एकहातले चुरोट च्यापेर,
सेतो धुवा पुत्ताइरहदा दिक्क नमान्नु,
होटलकी साहुनी ।
उदाहरण खोजे भन्दिनु बरु,
बस एकजोडी मुना मदन बाट,
छुटीनु पर्दा पागल जस्तै भएर,
हिडेको एक मदन हो भनेर ।
धन्यवाद ।।

पुष्कर पराग चन्द
भेरी नगरपालिका ५ छिप्रेना, जाजरकोट





error: Content is protected !!