साइनो नं १


साइनो नं १
सामानको अभाव
कोरोनाको डर त्रास
मौलाउदै कालो बजारी ।
साइनो नं २
आजको राजनिती
धमिलो पानीमा पौडी
नेताको स्वार्थी स्वभावले ।
साइनो नं ३
नक्कली कार्यकर्ता
मात्र झोला बोक्ने पेशा
केबल कमाउने धन्दा ।
साइनो ४
एक मात्र उद्देश्य
पैसाको पछि दौडेको
हाम्रो भिन्न स्वार्थी समाज ।
साइनो नं ५
शिक्षाको भारी संगै
फरक नाम र दाम
हिमाल चुम्न दौडेको उ ।
साइनो नं ६
हेपिएको मानिस
सिमित स्रोत साधन
असीमित सपनाहरु ।
जयकृष्ण हमाल , डोल्पा ठुलिभेरी नगरपालिका ।










