अतीत


बिज्ञान प्रविधिको युग
यो एक्काइसौं शताब्दी हो रे
मनुष्य स्वयंम अञ्जान छ
जाने जाल नजाने जञ्जाल
गाउँ घरका लोक ,झ्याउरे र टप्पा
रिमिक्स ,पप र डान्सबार
गुन्यू ,चोलो भोटो र कछाड
लेहङ्गा ,जिन्स र फिटिङ्समा
ढिकी ,जाँतो, कोल र मदानी
मिल ,मिक्स्चर ,हिटर र फ्रिँजमा ,
उहिलेका कुरा खुइलिए रे
संस्कार ,मूल्य र मान्यता
सङ्ग्रहालयमा मात्र
गाउँ घरमा सबै अतित भयो
खोज्न शहर पस्नु पर्छ
फेसबुक ,मेसेन्जर ,इमो
ट्विटर ,इन्स्टाग्राम र मेल
एउटै छानामुनीका पनि
अब आइफोन र ल्यापटप भित्र
कति परिचित पनि अपरिचित
कति अपरिचित पनि प्रिय
आत्मियता र नाता बिर्सेर
आधुनिक जालोमा जेलिएका
लाग्छ त्यहाँ मानवता छैन
आदरणीय ,पुजनीय र प्रिय भन्दै
लेखिने कागजी पत्रहरु अनि
महिनौ लाग्ने भेटघाट
अव अतित भए।
दण्डवत ढोग भन्नेलाई पनि
हाई , भनेर बोलाइन्छ
अब भाषा पनि अतित भयो
लाग्छ साच्चै यन्त्र मानवले
असल मानिसलाई पनि
अतित बनाइदिने छ।
भटभटे थिएनन् चिलगारी अनि
मोटर पनि नहुदा
धोतीको फेरमा रोटी च्यापेर
महिनौ लगाएर हाट जाने दिनहरु
अब अतित भए
घरनै राजधानी र शहरका
कुना कुनामा ठड्याएपछि
सबै मार्ट र भाटभटेनीमा छ
गाउँका साईला ,माईला र कान्छा
सबै शहरमा बसाइँ सरे
बुढा बा र आमा बृद्दाश्रममा
अतित भयो गाउँ सबै शहरमा छ।
( मोतीराम पोखरेल
चौरजहारी ३रुकुम पश्चिम










