विछोडिएको तिम्रो आक्रोष

दैनिक उदाउने सुर्य , अनि न्यानोको माया जाग्दै घरभित्रबाट उद्धाउने तिमी । सुर्यको किरण सँग घाम रुपी न्यायो र तिमीलाई लाग्ने घाम प्रतिको आक्रषण सायद आज भोली बढी लाग्छ होला ।
घामको माया र चिसोले सताउदै गएको यो मौसममा तिम्रो माया र मेरो माया भने कयौँन टाढा पुगेको छ । लाग्छ , यी मायाका छालहरु अव कहिले पनि नभेटिने गरी अलग भएका छन् । देखेपनि नदेखे झै गरी घाम भन्दा छाया देखेपछि टाढा भाग्छन् हाम्रा सम्वन्धहरु । लाग्छ , माया पाउनु , तिमीलाई पाउँनु , तिमीले मलाई पाउनु मात्र सव थोक होईन् , गुमाएर पनि कसैलाई नाफाको जिन्दगी जिउने वातावरण तयार गरी भरपुर सहयोग गर्नुपनि हामी प्रतिको ठुलो महान्ता हो ।
विगतले मलाई पाको बनाउछ भने वर्तमानले सही मार्गमा हिड्न सिकाउछ भन्ने लाग्छ । कृतिम निर्माण गरिएका जस्ता हाम्रो सम्वन्धहरु प्रकृतिक बनाउन नपाएपनि , भएका उपलव्धिको रक्षा गर्दै अलि माथी सम्म लिनु पनि एक प्रकारको जित नै हो । संसारमा खोजेको भरी हाम्रो हातमा पर्नु लाई हाम्रो बिचारमा जित हो , तर यसलाई शाव्दिक अर्थमा जित भनिदैन् । हो मान्छेको जिन्दगीलाई विगतले झस्काउँछ , र एकै पटक भोल्ट पनि बढ्छ पनि ?
भोल्ट बढेपनि अव करेन्ट नलागोस , सम्वन्धहरु चिर स्थायी हुँन् भन्ने हाम्रो प्रतिज्ञ हो । रिस , डाह कसलाई पो हुँदैन् र ? रिस , डाह र आक्रोषलाई बुद्धीमता तरिकाले हल गरी जिन्दगीका अनगन्ती सपना पुरा गर्ने नयाँ बर्तमान बनोस ।
डियर जिन्दगी , सायद जती गाली खाएपनि , दिएपनि म र म भित्रको हृदयले कही , कत्तैपनि विर्सन सक्ने अवस्था भने छैन् । किनकी मैले जती पटक भुल्न खोजेपनि मष्टिकमा आउने यादहरुले सवै कुरा भुल्न बाध्य पर्छ । किनकी म सँग अझै केही खास बस्तु छ र सुरक्षित पनि छ । सायद ति बस्तुहरु कति सम्म सुरक्षित हुन्छन् थाहा छैन् । मृत्यु नहुन्जेल सम्म साथमा रहन्छन् होला । यादहरु महासागरमा तैरिदै गर्दा म सँग भएका मायाका बहुमुल्य साधनहरु कसरी हटाउन सक्छु होला । कयौँन घिर्णाका वाणले रोपपनि सायद यो मनमा तिमीप्रतिको त्यो अघोर माया कहाँ हट्न सक्छ र ? नत पर सम्म पुग्न सक्छ ?
विगत , विगत थिएन , केही सपना थिए अनि केही योजना थिए । सपनाहरु हृदयभरी लुकाएर राखिएको छ । न त ति सपना मर्न सक्छन् , न त म मार्न नै सक्छु ? विवस्तामा किन भौतारिरहेका छन् ति फगतका यादहरु ?
यादहरु नै हुँन् , जसले मानिसलाई पटक , पटक झस्काउने गर्दछ । दैनिक मानिसले गर्ने क्रियाकलापमा पनि त्यसको केही अंश अंशियार भएर देखा पर्छ । जिन्दगीमा दैनिक हुँने घटनाहरु सवै स्मृतीका पुल हुँदैन्न र सवै यादहरुले जिन्दगीमा असर पनि गदैन्न तर कोही सम्वन्धहरु यस्ता हुन्छन् जसले जिन्दगीका हरेक क्रियाकलाप मात्र होईन, दैनिक क्रियाकपालमा पनि देखा पर्दछन् । एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा भन्ने गितको बोल जस्तै हरेक विशेष मान्छेको क्रियाकलापले जिन्दगीमा फरक पार्छ नै ? चाहे जतिसुकै कठिन परिस्थीति सँग मुकाविला गर्नु किन नपरोस ? जसलाई हृदय देखि चाहाना हुन्छ , यसैले जती गाली गरेपनि भित्र , भित्र मायाका छालहरु पनि छरपस्त व्यक्त भएको देख्न सकिन्छ ।
जहाँ बढी आलोचना , घिणा हुन्छ , त्यहाँ बढी आशा र माया हुन्छ ? भनिन्छ नि कोही कराउँदा , बोलाउदै त्यो अपरिचत आवाज पनि तिम्रो जस्तै लाग्छ । यात्रा गर्दा रेडियोमा बजेका गीत मेरो जिन्दगीमा मेल खान्छ । चोट खाँदा , खाँदा जिन्दगी अचानो सरी भयो भनेझै हामी सहने बाँनी भएकाहरु र प्रेमका लागि त्याग गर्न सक्नेहरु जहिले पनि अचानो नै बन्नु पर्ने स्थिती छ । सायद मलाई लाग्छ , तिम्रो हरेक शव्दहरु मलाई महिले पनि उत्तिकै प्यारो लाग्छ । सयौँ किलोमिटर अप्ठ्याराहरु पार गर्दै , धुलो , पानीको प्रवाह नगरी तिम्रो सामिप्यता नजिक पुग्न प्राणको वाजी लगाएर भएपनि हामी एक अर्कालाई भेटेका थियौँ , अँ सम्झ त ति दिनहरु ? कति रमाईला थिए र कति प्रमिल थिए ?
सवै , सवै कुराहरु जिन्दगीमा कहाँ लागु गर्न सकिन्छ र ? समय अनुसार हामी पनि चल्न पर्छ । समयको गोरेटोमा हिड्न नसक्ने अवश्य पनि दुर्घटना पर्छ तर मायाको दुर्घटना भने होईन् । अहिले सयौँले सोध्ने प्रश्न र मैले पनि मन मनै सोध्ने प्रश्न पनि त्यही हो , मिती कहाँ र कसरी बसीरहेकी छौँ , खुव रिस उठेको छ है म सँग ।
आक्रोषको ज्वालालाई शक्तिमा बदलेर नयाँ काममा लगाएर एक असल मित्रको रुपमा स्वीकार गर्न सकियो भने त्यसको सवैको जिन्दगीमा अमिट छाप मात्र होईन , नयाँ सिकाई पनि हुन्छ । पहाडबाट झर्नेखोलाहरु समुन्द्रको टार्केट बनाएर झर्छन तर उनीहरु बीचमा रहेको ठुला नदीमा मिसिछन् र विलिन हुन्छन् तर अस्तित्व भने नदीमा परिणत हुन्छ ।
अव हामी एक असल साथीको रुपमा स्थापित भई विकास र संमृद्धीमा हातेमालो गरी नयाँ सोच अनि जाँगरका साथ अगाडी बढीयो भने त्यसको फाईदा नयाँ नेपाल निर्माणमा हुनेछ ?
पुरानो यात्री , काठमाडौँ










