जाजरकोटी साहित्य समाजको पुन ः समिती गठन, अध्यक्षमा “बाबू रिदम”


जाजरकोट । करिब एक बर्षदेखी संचालन हुँदै आएको जाजरकोटी साहित्य समाजको पुन ः समिती गठन गरिएको छ । शनिबार एक कार्यक्रमका वीच समिती पुन ः गठन गरिएको हो ।
यस सस्थाले यस अघि पनि बिभिन्न साहित्यिक कार्यक्रम पनि आयोजना गर्दैँ आएको छ । गत बर्ष तुल्सी प्रकाश घर्तिको अध्यक्षतामा १३ सदस्यीय समिती निर्माण गरिएको थियो । सो समितिले सस्थालाई पुर्णता दिन नसकेको कारणले पुन ः समिती गठन गरिएको हो । जसअन्तर्गत उपस्थितिहरुबाट अध्यक्षमा रिदम पतियारलाई चयन गरिएको छ । उपाध्यक्षमा माया घर्ती, महासचिव काली बहादुर नेपाली, कोषाध्यक्ष पुजा बोहरा, सचिव दिपेन्द्र सिंह निर्बिरोध रुपमा चयन भएका छन् ।
जसको बरिष्ठ सदस्यमा रमेश अधिकार, दुर्गा भण्डारी, बिरेन्द्र अधिकार र सदस्यहरुमा जनक चन्द, कमल शाही, निर्माता बि क, देबिका कार्की, र भवानी रावल रहेका छन । सोही समितिको सल्लाहकारमा वर्तमान उद्योग बाणिज्य संघका जाजरकोटका अध्यक्ष कर्ण खत्री, महेन्द्र शाही ( समिरण ), झलक ओलि, जनक केसि, बालकुमार शर्मा र हरि बस्नेत रहको अध्यक्ष रिदम परियारले जानकारी दिए ।

जिल्लामा लुकेर रहेका बिभिन्न साहित्यिक रचनाहरुलाई क्रियाशिल ढंगबाट उजागरण गर्ने र अब यस संस्थालाई संगठित रुपमा बलियो बनाउँदै लैजाने र अग्रज साहित्यकारहरुको सम्मान , सल्लाह र साहित्यप्रेमीहरुको साथ लिएर जाजरकोटको साहित्यिक यात्रामा युवा पुस्तालाई सशक्त बनाएर अघि बढाउने परियारले भनाई छ ।
साहित्यलाई माया गर्ने र देशको बिभिन्न ठाउँमा रहेका जाजरकोटी साहित्यिक सर्जकहरुलाई समेट्दै अग्रजहरुबाट सल्लाह सुझाव माग्दैँ यस सस्थालाई राम्रो ढंगबाट अगाडी बढाउने कुरा यसै सस्थाका सचिव दिपेन्द्र सिंहले बताए । उनका अनुसार अव संस्थालाई दर्ता गरेर संगठित रुपमा अगाडि बढाउन कुरामा जोड दिने बताए ।











