किन ,घट्दैछन् पानीका स्रोतहरु ?

हेमन्त केसी
जाजरकोट (रासस) १० वर्ष अघि जहाँ , तही पाईने पानीका स्रोतहरु अहिले कम हुँदै गएका छन् । जथाभावी सडक निर्माण र वनजङगल फडानी कारण पानीका स्रोतहरु सुक्ने क्रम जारी रहेको छ ।
विगतमा मुलबाट आउने पानीको मात्रा र अहिले आउँने मात्र निकै ठुलो गिरावट आएको स्थानीयवासीको भनाई छ । १० वर्ष पहिले घर नजिकै जङगल पाईथ्यो , अहिले जङ्गल पुग्न ४ घण्टा भन्दा बढी पुग्न पर्छ ? त्यसमा पनि पातलो भएको कारण भनेको काम एकै छिनमा गर्न सकिदैन् । जङगल र पानीको अभावकै कारण खेतीयोग्य जमिनमा खेती गर्न सकिएको छैन् । हिजोका दिनमा हराभरा भएको जङगल अहिले खाली रहेको छ ।
स्थानीयवासीले जङगल फडानी गरेर जग्गा निर्माण गरेपछि जङगल मासिएको हो । सामुदायिक वनको कमाउने धन्दा र वन कार्यालयको पहुँच नहुँदा यहाँका भारी वन मासिदै गएका छन् । जलवायू परिवर्तनको मुख्य मारमा परेको जाजरकोटमा अहिले जङगल जोगाउने भन्दा पनि अतिक्रमण गर्नेको सङ्ख्य अत्यधिक बढेको छ ।
जथाभावी पशुचौपाय छाडा तरिकाले जङ्गलमा छाड्ने तर संरक्षणमा ध्यान नदिदा दैनिक माननीव क्रियाकलापको मारमा जङगल परेको डिभिजन वन कार्यालय , जाजरकोटले बताएको छ । जङगल मासिए सँगै पानीका स्रोतहरु कम हुँदै गएका छन् । वातावरणीय प्रभाव मुल्याङकल नै नगरी जथाभावी डोजरको वलमा विना स्टामेट सडक निर्माण गरिदा पानीका मुलहरु पुरिएका छन् ।
गाउँ , गाउँमा पानीबाट सञ्चालन भएका अन्न सिस्न प्रयोग हुँने पानी घट्टहरु समेत पानीको अभावमा लोप हुँदै गएका छन् । जिल्लाका ७ वटा स्थानीय तहमा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको छ । ऐलानी जग्गा निर्माण गरी जथाभावी घर टहरा निर्माण गर्दा जङगल अहिले मानवीय वस्तीको रुपमा विकास भएको छ ।
जाजरकोटमा बन अतिक्रमणको अवस्था ?
तीन वर्ष अघिको सर्वेक्षणले ५ हजार १ सय हेक्टर जमिन अतिक्रमण भएको देखिएको डिभिजन वन कार्यालयका योजना शाखा पुर्ण चन्दले जानकारी दिनुभयो । वन अतिक्रमण गर्नेमा राजनितिक दलका कार्यकर्ता सबैभन्दा अघि देखिएका छन् । सदरमुकाम खलङगा होस् या गाउँमा वन अतिक्रमण गरि घर टहरा बनाउने लगायतका कार्यमा दलका कार्यकर्ता नै अग्रस्थानमा देखिएका छन् । दलका कार्यकर्ता पछि वन अतिक्रमण गर्ने दोस्रो नम्बरमा व्यापारी देखिएका छन् । अतिक्रमण हटाउन पटकपटक प्रयास गर्दा पनि दलीय समस्याकै कारण बन डिभिजन कार्यालय सफल हुन सकेको छैन ।
२०७० साल भन्दा अघि पाँच सय १८ घरधुरीले वन अतिक्रमण गरि घर टहरा बनाएको डिभिजन वन कार्यालयको तथ्यांक छ । तत्कालिन अवस्थामा १८ घरधुरीले छ सय ७२ दशमलव दुई रोपनी वन अतिक्रमण गरेका थिए । यसैगरी २०७० देखि ०७२ माघसम्म थप नौ घरधुरीले एक सय ४७ दशमलव ३५ रोपनी वनक्षेत्र अतिक्रमण गरि घर टहरा बनाएको तथ्यांकमा उल्लेख छ ।
हालसम्म जिल्लामा दुई हजार नौ सय ४३ घरधुरीले ५ हजार १ सय हेक्टर वन अतिक्रमण गरेको वनको तथ्यांकमा उल्लेख छ । यस बीचमा डिभिजन बनले एक सय ३२ हेक्टर अतिक्रमित बन क्षेत्र हटाईएको छ । यद्यपी, डिभिजन वनले बेलाबेला अतिक्रमण हटाउने प्रयास गरेपनि केही राजनीतिक दलको अवरोधपछि उक्त कार्य रोकिएको छ । पछिल्लो समय जिल्ला वनले अतिक्रमण रोक्न ठोस पहल नगर्दा अतिक्रमण गर्नेको संख्या बढेको आम नागरिकको बुझाई छ ।
वन अतिक्रमणले चिर कालिज लोप हुँदै
जिल्लाका नायकवाडा, रोकायगाँउ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवति, पैक, ढिमे, झाप्रा, अर्छानी लगायतका स्थानमा पाईने चिरकालिजलाई स्थानीय शिकारीले पासो थापेर मार्ने गरेको राष्ट्रिय पंक्षि संरक्षण संघका सदस्य समेत रहेका पशु स्वास्थ्य प्राविधिक गोविन्द बहादुर सिहले बताउनुभयो । विश्वमै दुलर्भ पंक्षिलाई चेतनाको अभावमा मार्ने गरिएको उहाको भनाई छ ।
यसको संरक्षणको लागि अहिले सम्म कुनै निकायबाट पहल भएको छैन । सरकारले ९ प्रजातिका संरक्षित चराको सुचीमा चिरकालिजलाई राखेको छ । यसलाई मारेमा कानुनी कारवाही हुने ब्यवस्था समेत गरिएको छ तर नियमक निकायले वेवास्ता गर्दा र यसको महत्वबारे स्थानीयलाई जानकारी नहुँदा चिरकालिज मार्ने क्रम बढिरहेको हो ।
चोरी शिकारीका साथै बनजंगलको विनास र आगलागीका कारण पनि चिरकालिजलाई प्रतिकुल असर परिरहेको छ । जनचेतना मुलक कार्यक्रमका माध्यामबाट यसको संरक्षण गर्न सके जाजरकोटमा चिरकालिजलाई प्रसस्त मात्रामा बृद्धि गर्न सकिने पशु स्वास्थ्य प्राविधिक सिहको भनाई छ । पंक्षि विज्ञ कृष्ण प्रसाद भुषालको टोलीले चार बर्ष अघि जाजरकोटमा गरेको एक स्थलगत अध्ययनवाट चिरकालिज रहेको तथ्य फेला पारेपनि अहिलेसम्म संरक्षणका लागि कुनै पहल गरिएको छैन । चिरकालिज पाईने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न सके जाजरकोटमा चिरकालिजको संख्यामा बृद्धि गर्न सकिने स्थानियको भनाई छ ।
चिरकालिजलाई स्थानीयले भरुवा बन्दुकले गोली हानेर तथा पासो थापेर मार्ने गरेका छन् । भौगोलिक विकटता र असुरक्षाका कारण चिरकालिजको चोरी शिकारी बढ्दै गएको हो । समयमै संरक्षण नगर्ने हो भने यहाँको चिरकालिज पनि लोप हुने अवस्थामा पुगेका हुन् ।
पारस्थितिकीय प्रर्णालीलाई सन्तुलित राख्न वन्यजन्तु संरक्षण गर्नुपर्छ । मानव र जीवजन्तुु बीचको अन्तरक्रियाले मानव समाज, आर्थिक तथा साँस्कृतिक जनजीवन, वन्यजन्तुुको संरक्षण र वातावरणमा नकरात्मक असर पुु¥याउँछ निमित्त डिभिजन प्रमुख महेश कुमाईले भन्नुभयो , “वन्यजन्तुको वासस्थान विनास हुनु, खानेकुराको अभाव, वन अतिक्रमण, वन्यजन्तुको आफ्नै समस्या (अस्वस्थ, अक्षम, अपाङ्ग), वन क्षेत्रमा मानविय चापले मानव र वन्यजन्तु बीच द्धन्द सृजना हुन्छ ।’










