समस्या समुदाय कि संस्कृतिक

कालीबहादुर मल्ल 
हिजो आज फेरि एउटा नहुनु पर्ने बहस सुरु भएको छ ,ठुलो जात र सानो जातको यतिसम्म कि एक ले अर्को लाई घटिया शब्द प्रयोग गरेको देखियो। बिज्ञानको बिकास ले बैज्ञानिहरु अन्य ग्रहरुमा बस्ति बसाउन अनुसन्धान गरिरहेकाछन् तर हामिकहा भने अझै पनि ठुलो र सानो जात,यो धर्म र त्यो धर्म,यो खाने र त्यो खानेको बिबाद
सामान्यतः पुर्व वैदिक कालमा जात र जातिय भेदभाव,महिला र पुरष बिचको भेदभाव तथा धर्म सम्बन्धि ब्यवस्था देखिदैन।त्यहा न सति प्रथा थियो न त महिला हरु को कुनै बन्धन र अवरोध।कुनै क्षेत्रमा पनि भेदभाव,पक्षपात र उचो निचो थिएन,थियो त केबल श्रम को विभाजन कामको बाडफाट।जन्म , मृत्यु कार्य र प्रार्थना सबैमा समान र एउटै विधि थियो।
विडम्बना ऋग्वेद को उत्तर कालमा श्रम विभाजन लाई जाति को दिएर भेदभाव सुरुवात भयो।दास र मालिक जन्म भयो ,ठुलो जात र सानो जात को कित्ताबन्दि भयो छुवाछुतको सुरुवात भयो।सबै जाति वा समुदायका महिलाहरु मा पनि दाशिको दर्जा प्रदान गरियो,श्रीमानको मृत्यु भए श्रीमती सति जाने प्रथा को ब्यबस्था गरियो।महिला लाई नियन्त्रणमा लिन हथकडि,नेल ,नाक र कानमा प्वाल पारि फलाम झुण्ड्याएर
आफ्नो बसमा लिन जुक्ति निकालियो जो पछि गएर गहना मा रुपान्तरण भए।अरुको हक नलाग्ने गरि उछिनो को रुपमा सिन्दुर हाल्ने चलन चल्यो।मुख बाट बाहुन,पाखुरा बाट क्षेत्री ,जाघ बाट वैश्य र पैतला बाट दलित पैदा भएको बर्णन गरियो।यी सवै बिकृति को जन्म सिन्दु सभ्यता को अन्त्य र वैदिक सभ्यता को आगमन पछि भएको थियो भन्ने ऋग्वेद
साँचि छ।
त्यहि कुरा युरोप युनानमा धर्मको जन्म प्रयोग र अभ्यास पछि निकालेको निष्कर्ष सहित धर्म सुधार आन्दोलन झण्डै ३०० बर्ष चल्यो।बाईवल मा लेखिएको र पोप को आदेश निर्देशन ईस्राईलमा भएको धर्मयुद्ध मा मारिएका लाखौ को संख्यामा बालबालिका सहित अनुभव र पोप र चर्चको आदेशमा पाप मोचन टिकट व्यापार पछि विद्वान को निष्कर्ष ले धर्म सुधार आन्दोलन भएका इतिहासछन्।पोप अधिनस्त चर्च र चर्च अधिनस्त देश र समुदाय भएको युरोपियनहरु ले धर्म ले बिज्ञानको बिकास गर्न दिदैन भन्ने बुझाई पछि आन्दोलन र आन्दोलन को सफलता पछि राष्ट्र अधिनस्त धर्म र पोप लाई राखियो।पोप र चर्चको काम केवल धार्मिक क्षेत्र का समस्या समाधानको जिम्मा दिईयो
हिन्दुस्थान नाम भएर पनि धर्मनिरपेक्ष भारतमा अझै पनि ५००० बर्ष पुरानो मान्यता लाई अकाट्य मान्ने समुदाय ठुलोछ।तर १४ औं शताब्दी सम्म राज धर्म बौद्ध भएको खस साम्राज्य (नेपाल)९औं शताब्दी देखि बर्ण ब्यस्था लागू भयो।
सरकार काम को जिम्माको आधार क्षेत्री का जात र खस साम्राज्य का गाउवस्तिका नाम बाट बाहुन का थर रहे पनि वेदमा भएको व्यवस्था अनुसार वैश्य र सुद्र नेपाल मा थिएनन्।
वर्ण व्यवस्था संगै आफ्नै समुदाय खस आर्य बाट वैश्य (दलित)बनाईयो।काम को आधारमा फलामको काम गर्ने ल्वार (लुहार) दमाह बजाउने दमाई,सुनको काम गर्ने सुनार,तामाको काम गर्ने ताउले,गितद्वारा घटना सुनाउने गाईन
अरु बाकि उप जातिको रुप दिईयो।यसको साथै भारतको सिको गर्दै छुवाछुत र ठुलो सानो जात बनाईयो।अज जस्लाई दलितको उपाधि दिईयो सबैको थर गोत्र र कुल देवता बाहुन,क्षेत्रि ,ठकुरि संग मिल्छन।यश बाट पुष्टि हुन्छ कि एउटै समुदाय लाई बाडेर अछुत बनाईयो।त्यहि परंपरा का आधारमा मध्य युगिन नेपालमा दमाई,कामी,सुनार,सार्की,गाईन,बादि र आर सुचिकृत छन्।गत निर्वाचनमा दलित आरक्षण मा उम्मेदवारी दिंदा समस्या आयो र जि प्र का ले यो भनेको यहि होूभनेर सिफारिस गरेपछि दर्खास्त दर्ता गरियो।
जातिय या समुदायगत विविधतालाई सकारात्मक विभेद मान्नु पर्छ।नेपालको संविधान ले यहि बिषय लाई सकारात्मक विभेद मानेर समानुपातिक समावेशी को व्यवस्था गरेको हो।राज्यका नीति निर्माण र सरकार तथा सबै क्षेत्रमा समाबेशि कायम छ।यश लाई सबैले सकारात्मक रुपमा लिएर सन्लुन कायम गर्नु पर्छ।मानिस सबै समान छन् ठुलो र सानो भन्ने हुदैन।जबै जन्मिने साडे महिनामै हो,सबै नागै जन्मिन्छन,मृत्यु पछि सबै नागै हुन्छन्।जिउदौ ४दिनको लागि धनसम्पति र कथित जातको आधारमा भेदभाव गर्नु गलत हो।
भोक लाग्दा रोटि चल्ने,राम्रि देखे बेटि चल्ने,उनै सिलाएको भोटि चल्ने,पसिना भनेर रक्सि चल्ने गरेकैछ भने ठुलो को घमण्ड गर्नु ठिक छैन।जात सबैको पहिचान गर्व गर्ने विषय हो
घमण्ड र हिनता बोध गर्ने विषय होईन। नकारात्मक विभेदको अन्त गरौं,एउटै मानव जाति लाई खण्डित गरेर कम्जोर बन्ने संस्कार सस्कृति को अन्त्य गरौ
अरुबाट माया आदर र सम्मान पाउन आफुले पनि सम्मान ,माया र नमस्कार गरौं।आफ्नो अस्तित्व रक्षाको लागि अरुको अस्तित्व स्विकार गरौं ,आज यत्ति ?










