नेपालमा खाद्य अबस्था र त्यसको जोखिम

धिरेन्द्र बस्नेत 
नेपालमा कुल जनसख्न्या मध्य २०६८ जनगनणा अनुसार करीब ६५ प्रतिशत जनसख्या कृषि पेसामा रहेको छ । त्यसैले नेपाललाई कृषि प्रदान देश भनेर नेपाललाई भन्छो तर अहिले नेपालको आबश्यकता अनुसार कृषि उत्पादन र बिकास हुन सकेको छैना ।
नेपालमा वर्षेनि खाद्यन्न भारत बाट आयात भैरहेको छ ,। नेपालमा करीब कुल भूभाग मध्य २८ प्रतिशत जमिन खेतियोग्य रहेको भने त्यस मध्य २१ प्रतिशत जमिन मात्र खेति भैरहेको छ । नेपनलमा यति धेरै जमिन खेति योग्य हुदा पनि कृषि उत्पादन हुन सकिराखेको छेन जसले गर्दा कृषि विकासका लागि भएको सबै कार्यक्रमले पनि सबै क्षेत्रमा छुन सकेन जसको कारणले कृषिमा अहिले खेति योग्य जमिन घटिरहेको छ । अहिले दिनदिनै जमिनमा घरहरु बनिराखेका छन जसले गर्दा खेति हरने जमिामा घडेरीमा बिक्रि हुदै छन जसको असर नेपाली किसानलाई परी रहेको जहाँ सुबिधा छ त्यहाँ जमिनको अभाब छ जहाँ सुविधा छैना त्यहाँ जमिन खाखि रहेको छ ।
दिन दिनै युवाहरु विदेशि रहेका छन । नेपालमा जमिन मात्र भएर के गर्नु जुन जमिनको उत्पादन बजार सम्मा पुरयाउन साधन र बजारको अभाब रहेको छ । कृषि केहि आधुनिक परीवर्तन भएता पनि त्यो प्रयाप्त हुन सकेको छैना । भने अर्को ब्यबसाय गर्ने हरु पनि सुरक्षित हुन सकेका छैना कृषि पेसामा ढुक्क सँग लाग्ने वाताबरण छैना अहिले केहि समय नेपालमाम युबाहरु तरकारी खेतिमा आर्कषित भएको देखिन्छ विशेष गरी च्याउ छितो समयमा धेरै उत्पादन र आम्दानि हुने पैसा अगालिरहेका छन छन जसको कारण खाद्यन्न बालिहरुमा खासै पछिल्लो युवाहरु आर्कषन हुन भने सकेका छैनन । यहि अबस्था रहेमा भालीको समयमा खाध्यन्नको ठुलो शकंट पैदा नहोला भन्न सकिन्न । केहि दशक पहिले नेपालले चामलको निर्यात गथ्यो अहिले यो सुन्दा अच्चम लाग्छ । तर यो सत्य हो । नेपालमा २०२९ साल देखि नेपालले खाद्यान्न आययत गदै आईराखेको छ । नेपालले एक वर्षमा करीब १२५ अर्ब सम्माको खाद्यान्न आयात गर्ने गरेको छ । आर्थिक हिसावले हेर्ने हो भने गत आ.व २०७४।०७५ मा २९ अर्व ५३ करोडको चामल र मकै १२ अर्व ५५ करोडको मुल्य वरावरको खाद्यन्न आयात भैरहेको छ ।
यो चालु आ.व को ५ महिनाको अवधिमा मात्र धान र कमै क्रमस १३ अर्व५८ करोड र मकै ५ अर्व १९ करोडको आयात भएको छ । त्यस्तै फलफुल तिर हेर्ने हो भने पनि आ.व २०७४।०७५ मा स्याउको आयात तर्फ ५ अर्व ६३ करोड र तरकारी आलु ६ अर्व ३५ करोडको आयात हुन गरेको छ । नेपालमा उत्पादन हुने फलफुल विक्रि नभएर बोटमा कुहिनु पर्ने अबस्था छ । बजार सम्मा पुरयाउन लागत बढि हुने हुदा यस्तो समस्या देखिएको हो जसको कारणले नेपालि उत्पादन महगो पर्न जान्छ जसले गर्दा अन्य देशको बजारले मुल्य पाउछ । यो क्रम बढदै गईराखेको छ । यसरी खाद्यदन्न आयात हुदा नेपालको बजेत बाहिर जाने नै भयो अर्को तिर भने अरु देशबाट किनेर पाइन्छ भने नेपालमा किन दुख्ख गर्ने भन्ने बानिको पनि विकास भएको छ । आज अर्को देशमा उत्पादन हुदा ल्याउन सजिलो छ भोलि त्यहि देशमा नै उत्पादन छोडेमा के गर्ने त सधै अर्काको आस गरेर त हुदैना । नेपालको जस्तो उर्बरा शक्तिm त्यहि अनुसारको हुन सकेको छैना ।
नेपालमा भोगोलिक हावापानिले नेपालमा सबै थरीका बालि अर्थात बोटविरुवा लगाउन सकिन्छ । जस्तै नेपालको उच्च पहाडमा जडिबुटिहरु र चौरी गाई रहेका छन भने र उच्चपहाडमा स्याउ लगाइत अन्य फलपुल लगाउन सकिन्छ । भने मध्य पहाडमा सबै थरीका फलफुल र पहाडमा मकैको धेरै सम्भावना बोकेको क्षेत्र हो पहाडको प्रमुख खाध्यन्न बालि मकै नै यो नेपालको कुल उतपादन मध्य ७० प्रतिशत मकै पहाडमा हुँन्छ। मध्य पहाडमा धानको उत्पादन कमै मात्रमा हुने गर्दछ जसको कारणले त्यहाँ मकै खेति धेरै हने गर्दछ तर केहि समय यता भने पहाडि पहाडि मकै लगाउने चलन कम हुदे गैरहको छ । धेरै दु ख गरेर थोरै उत्पादन हने भए पछि किसानले मकै लगाउन छोडेका हुन र पहिलेको भन्दा उत्पादन घटेको कारणले पनि किसान निरास भएका छन । र पछिल्लो समयमा पहिले मकै उपयोग हुने गरेको क्षेत्रमा चामल प्रयोग हुन थालेको छ ा पहिले स्थानिय उत्पादन बाट खाध्यन्नको आपूति हुन्थ्यो भने भने चामल किनेर खाने चलन बढेको छ । जसको कारणले बाहिर बाट खाध्यन्न आयात बढदै गएको छ । भने तराईमा फलफुलमा आँप र नेपालको प्रमुख खाध्यन्न बालि धानको उत्पादन हुने गर्दछ । अहिले सबै उत्पादन तराईकोधान पहाडि क्षेत्रमा पुग्ने गर्दछ । तर तराई क्षेत्रमा पनि अहिले खेति हुने जमिनमा धमाधम घर बनि राखेका छन । धान उत्पादन हुने क्षेत्रफल पनि कम हुदै गईरहेको छ ।
नेपालमा खाद्यन्न आयात हुनको कारणहरु
१) सहरीकरण
केहि वर्ष यता पहाडि क्षेत्रमा उत्पादन सुविधा नभए पछि बसाई सराई गर्ने क्रम निकै बढेको छ । पहाडि क्षेत्रको खेतबारी बाजै राखेरी तराई अर्थात सविधा समपन्न ठाँउमा बसाई सने गरेका छन । त्यहाँ खेतिपाति नभए पछि केहि ििवदेश जाने घर कमाएर ल्याएर तराईमा घर बनाउने बस्ने गरेको कारण उनिहरुले आफै उत्पादन गरेर त खादैनन त्यहि किनेर खाने गरेको कारण पनि खाद्यन्नको आयत भएको हो
२) स्थानिय उत्पादन बस्तुको सन्तुलन प्रयोग नहुनु
अहिले हेर्ने हो भने हामिले स्थानिय उत्पादन भन्दा बाहिर बाट प्याकेजिक गरेको बस्तुको प्रयोग बढददो रहेको छ हामि संग भएको स्थानिय उत्पादन लाई तेति महत्वका साथ प्रयोग गेरको पाईदैना भने जुन ठाँउमा उत्पादन हुन्छ । त्यो क्षेत्रमा त्यस क्षेत्रमा त्यसको महत्व कम हुन्छ । जस्तै पछिल्लो समयमा पहाडि क्षेत्रमा उत्पादन हुने जौ त्यसको पोष्टिक महत्व धेरै रहेको छ तर जहाँ उत्पादन हुन्छ त्यहँ त्यसको उपयोग हुन सकेको छैना जसको कारणले पशुहरुलाई दानाको रुपमा प्रयोग भैरहेको छ। र जहाँ उत्पादन छैना त्यहाँ त्यसको महत्व धेरै मानिन्छ जहाँ त्यसको उपयोग बारेमा जानकारी छ । त्यहाँ महत्व छ तर पाउदैन । त्यसकारणले स्थानिय बस्तु नैस्थानिय तहमा उपयोग हुन नसक्दा यस्तो आयात भएको हो ।
३) कृषिमा प्रयाप्त मात्रत्रमा सोत र साधन नहुनु ।
नेपालमा अहिले कषि पेसा गदै आईरहेका किसानहरुले विभिन्न किसिमका समसया बारम्बार भोग्दै आईराखेका छन । जस्तै मलको अभाब नेपालको किसानको माग अनुसार मल आपूति नहुदा उत्पादन घटिरहेको छ । त्यस्तै गरेर अन्य कुराको अभाब गुणस्तर विउको अभाब कृषि पैसार सेवा सबै क्षेत्रमा नपुग्नु यि कारणले नेपालमा उत्पान नहुदा आयात बढने क्म रहेकोछ ।
४) कृषिको कार्यक्म प्रभाबकारी नहुनु
नेपाल सरकारले कृषिको लागि भिविन्न कार्यक्रम सञ्चालन गरेको छ तर त्यो कार्यक्रम प्रभाबकारी रुपमा भने भएका छैना कृषिको जति कार्यक्म भए सबै बाट सोचे अनुरुपको प्रगति भने देख्न पाइएको छैना केहि कार्यक्रम प्रभाबकारी भएतापनि त्यो सबै किसान काँहा भने पुग्न सकेको छैना प्रभाबकारी रुपमा अनुगमन र मुल्यानकन पनि प्रभाकाारी रुपमा भएको छैना ।
नेपालमा खाध्यन्नको उत्पादन र आबश्यकता
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २,६४,९४,५०४ रहेको छ र नेपालको औषतवार्षिक जनसंख्या बद्धिदर (Average annual exponential population growth rate) १.३५ रहको छ । दश वर्ष पहिला २०५८ सालमा सम्पन्न भएको राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या२,३१,५१,४२३ रहेको थियो भने वार्षिक जनसंख्या बृद्धि दर २.२५ प्रतिशत थियो ।यसरी केन्द्रिय तथ्याङ्क विभागद्धारा अनुमान गरीएको वार्षिक जनसख्या बृद्धि दरका आधारमा कषि ब्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय अन्तर्गत केन्दिय्र बजार सूचना इकाईले विभिन्न आर्थिक वर्षहरुको जनसख्या प्रक्षेपण (Projection) गर्ने गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा वि.स.२०६८ सालको राष्ट्रिय जनगणनाद्धारा निर्धारण गरेको १.३५ प्रतिशत वाषर््िाक जनसंख्या बृद्धिदर अनुसार नेपालको जनसख्या २,८९,२२,०३० रहेको प्रक्षेपित अनुमान गरीएको छ । गेको छ । यसरी हेर्दा ७५ जिल्ला मध्य जम्मा २३ जिल्लामा मात्र खाद्यन्न अभाब रहेको पाइन्छ ।
जस अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ५५००२३३ मे.टन. कुल खाद्यान्न आवश्यक रहेको अनुमान गरिएको छ । नेपालमा हाल कृषि ब्यबसाय प्रबद्रन तथा बजार निर्देशनालयको तथ्याङ्क अनुसार आः ब २०७३।७४ मा जम्मा ९६ लाख ३३ हजार मे ट खाद्यान्न उत्पादन भैरहेको छ जस मध्य बाट उपयोग गर्न खाद्यान्न ६३ लाख ९८ हजार ३४८ मात्र निकिन्छ । तर यो क्षेत्रफल अनुसार नेपालको लागि धेरै न्युन हो । जसमा धानबाट उत्पादित चामल, गहुँ ,मकै ,र कोदो , फापर , जौ रहेका छन । भने नेपालको खाद्यन्नको आबश्यकता आ ब २०७३।७४ अनुसार नेपालमा कुल खाद्यन्न भने ५५ लाख २३३ मे ट रहेको छ । नेपालमा खाद्यन्न उतपादनको हिसाबले ८ लाख ९८ हजार ११५ मे ट खाद्यन्न बचत हुने देखिन्छ तर किन त नेपालमा खाद्यन्नको सन्तुलन उपयोग नहुनाले बर्षेनि आयात भएको छ ।नेपालमा अरु खाद्यन्न उत्पादन भउता पनि नेपाली बढि प्रयोग हुने भएको हुदा नेपालमा चामलमा धेरै आयात हुने साथै खाद्यान्न उपभोगको आधारमा उच्च पहाडमा १९१ के.जी., मध्य पहाडमा २०१ के.जी. र तराईमा १८१ केजी प्रति वर्ष प्रति ब्यक्ति खाद्यान्न उपभोग हुने अनुमान गरिएको छ ।
त्यसकारण अब देश संघियतामा गैसकेको यस अबस्था स्थानिय उत्पादन र स्थानियतहमा नै सन्तुलन उपयोग गर्नमा जोड दिनु पर्ने देखिन्छ । अहिले पछिल्लोसमयमा हामिले उपयोग गर्ने बस्तु गुणस्तरहिन धेरै भेटिने गरेको छ त्यसलाई ध्यान दिएर गुणस्तरीय बस्तु उपयोग बारेमा पनि जनचेतना गराउनु पर्ने जरुरी रहेको छ। र कृषि बस्तुको सन्तुलन मिलाएर उपयोग गर्नमा भिविन्न किसिमका कार्यक्रम सञ्चालन गर्न पर्ने देखिन्छ ।










