प्रकृतिको खेलस् साङ्लो र झिँगा बढ्दै, पुतली र मौरी घट्दै

( बीबीसी )मौरीका थुप्रै प्रजातिहरू लोप हुँदैछन्
किराहरूका बारेमा गरिएको एउटा वैज्ञानिक अध्ययनले करिब ४० प्रतिशत प्रजातिका किराहरू नाटकीय दरमा घटिरहेको सङ्केत गरेको छ।

मौरी, कमिला र गोब्रे किराका प्रजाति घट्ने क्रम चरा वा अन्य प्रजातिका किराभन्दा आठ गुणाले बढी रहेको पाइएको छ।

साङ्लो र झिँगाको सङ्ख्या भने बढेको हुनसक्ने देखिएको छ।

अत्यधिक रूपमा हुने खेती, कीटनाशक र जलवायु परिवर्तनका कारण सामान्य किराहरूको सङ्ख्यामा कमी आएको हो।

महत्त्व
जमिनमा धेरै सङ्ख्यामा बस्ने जीवमध्ये किरा पनि पर्छन्। र, तिनले मानिससहित अन्य विभिन्न प्रजातिलाई महत्त्वपूर्ण फाइदा समेत पुर्‍याइरहेका हुन्छन्।

किराहरूले चरा र स(साना स्तनघारी प्राणीका लागि आहार प्रदान गर्छन भने विश्वको करिब ७५ प्रतिशत बाली परागसेचन गर्छन्।

किराहरूले माटो भर्ने र कीट व्यवस्थापन गर्ने काम समेत गर्दछन्।

किरा फट्याङ्ग्राहरुले नै विश्वको ७५ प्रतिसत उब्जनीमा सघाउँछन्
हालैका वर्षमा गरिएका अन्य विभिन्न अध्ययनले विशेषगरी आर्थिक रूपमा सम्पन्न मुलुकहरूमा किराहरूको सङ्ख्या ठूलो मात्रामा घटेको देखाएका छन्।

ुबायोलोजिकल कन्जरभेसन जर्नलु मा प्रकाशित एउटा नयाँ अध्ययनले भने पछिल्लो १३ वर्षमा विश्वभरिका ७३ वटा अध्ययनहरूको समीक्षा गरेको छ।

चिन्ताजनक अङ्क
उक्त अनुसन्धानका अनुसार विश्वका सबै क्षेत्रमा किराको सङ्ख्या घट्दै जाने हो भने आगामी केही दशकमा ४० प्रतिशत किराहरू हराउने छन्।

किराहरूको एक तिहाइ प्रजातिलाई लोपोन्मुख भनेर वर्गीकरण गरिएको छ।

ूकृषि क्षेत्रमा भएका अभ्यास, शहरीकरण र वन जङ्गलको विनाशका कारण उनीहरू बसोबास गर्ने ठाँउ गुम्दै जानु नै हाल सिर्जना भएको अवस्थाको मुख्य कारक हो,ुु सिड्नी विश्वविद्यालयसँग आबद्ध प्रमुख लेखक डाक्टर फ्रान्सिस्को सान्चेज(बायोले बीबीसीलाई बताए।

ुुदोस्रो कारण भनेको विश्वव्यापी रूपमा कृषि क्षेत्रमा बढ्दो रूपमा हुने गरेको मल र कीटनाशकको प्रयोग र सबै प्रकारका रासायनिक पदार्थसँगको सम्मिश्रण हो। आक्रामक र रोग फैलाउने प्रजाति तेस्रो जैविक कारक हो। चौथो कारक भनेको खासगरी गर्मी स्थानहरूमा भएको जलवायु परिवर्तन हो।ू

अध्ययनका केही मुख्य निष्कर्ष जर्मनीमा उड्ने किराहरूको सङ्ख्यामा आइरहेको कमी र बढ्दो विश्व तापमानका कारण प्वेर्तोरिकोमा ठूलो सङ्ख्यामा उष्ण प्रदेशीय वनमा आएको कमी रहेका छन्।

गोब्रेकिरा
अन्य विशेषज्ञहरूका निष्कर्ष उत्तिकै गम्भीर छन्।

ूयो मौरी, परागसेचन वा हामी आफैलाई आहार प्रबन्ध गर्नेसँग मात्र सम्बन्धित छैन। किराहरूको घट्दो सङख्यामा गोब्रे किरा पनि पर्छ जसले फ्याकिएका वस्तुको पुनः उपयोग गर्छ। पानीछेपुवा जस्ता किराले नदी र पोखरीमा जीवनको चलायमान राख्छन्,ू युके क्याम्पेनरस बगलाइफका मयाट सार्डलोले बताए।

विशादिको बढ्दो प्रयोग
लेखकहरू किराहरू घट्दो क्रमले खाद्यचक्रमा पार्ने असरबारे चिन्तित छन्।

चरा, स्तनधारी प्राणी र माछाजस्ता जीवका लागि किरा मुख्य आहार भएकाले त्यस्ता जनावरको समेत अस्तित्व सकिने खतरा छ।

झिङ्गा र साङ्लो जस्ता सजिलै फैलन र अनुकूलन हुनसक्ने प्रजातिहरू मानिसहरूका लागि ठूलो टाउको दुस्खाइ बनेका हुन्
किराहरूका केही निकै महत्त्वपूर्ण प्रजाति नष्ट हुने अवस्था रहे पनि उक्त अध्ययनले अन्य केही प्रजातिले भने परिवर्तित अवस्थामा समेत घुलमिल भएर जोगिन सक्नेछन् भनेको छ।

ूछिटो प्रजनन हुने किराहरू न्यानो अवस्थाका कारण स्वस्थ हुन सक्नेछन्। किनकि ढिला प्रजनन गर्ने धेरैजसो प्राकृतिक शत्रुहरू आफैँ हराउँदै जानेछन्,ुु समीक्षामा सामेल यूनिभर्सिटी अफ सुसेक्सका प्राध्यापक डेभ गोउसन् बताँउछन्।

हामी के गर्न सक्छौ ?
झिङ्गा र साङ्लो जस्ता सजिलै फैलन र अनुकूलन हुनसक्ने प्रजातिहरू मानिसहरूका लागि ठूलो टाउको दुखाइ बनेका हुन्।

उनीहरूविरुद्ध किटनाशक प्रयोग गरिए पनि तिनले आफ्नो प्रतिरोधी क्षमता विकास गरेका छन्।

विषादीरहित तरकारी एवम् फलफूल प्रयोग गर्नु किरामैत्री व्यवहार रहेको वैज्ञानिकहरु सुझाउँछन्
यसको समग्र सन्देशले जोखिमपूर्ण अवस्था झल्काउने छ। मानिसहरूले आफ्नो बगैंचालाई किरामैत्री बनाउन सक्थे। कीटनाशक प्रयोग नगर्ने र अर्गानिक खानेकुरा किनेर ल्याउन सक्थे।ू

थप अध्ययनहरू किन पनि चाहिएको छ भने किराहरू लोप भइरहेको भन्ने ९९ प्रतिशत प्रमाण युरोप र उत्तरी अमेरिकाबाट मात्र आएका छन्। जबकि अफ्रिका र दक्षिण अमेरिकाबाट शून्यप्राय छन्।

जब धेरै सङ्ख्यामा किराहरू हराउँछन् तिनलाई अन्यले विस्थापित गर्छन्। तर त्यसका लागि निकै धेरै समय लाग्छ।




सम्बन्धित समाचार


error: Content is protected !!