शिक्षक अभिभावक संघको अध्यक्षमा बस्नेत

सुरिता बस्नेत
जाजरकोट ,भेरि नगरपालिका ४ को नोबवेलिस्ट आधारभुत आवाशिय बोर्डिक स्कुलले नयाँ अभिभावक संघ गठन गरेको छ।शुक्रबार अभिभावकहरुको भेलाबाट अध्यक्षमा मनिषा बस्नेत चयन हुनु भएको छ।
भेलाले बस्नेतलाई सक्रिय अभिभावकले गर्ने कामको मुल्यांकन गर्दै अध्यक्षमा चयन गरिएको हो।उक्त समितिमा सदस्यहरू कर्ण ब ओली,बिष्णु बोहोरा,बबिना शाह,सुरिता चन्द,पानसरा बि क,सदस्य सचिव मा शुवेच्छा शाह, भेरी नगरपालिका नगरशिक्षा शाखाका भक्त बहादुर मल्ल,वडा प्रतिनिधि भद्र ब शाही लगायतको ९सदस्यीय समिति गठन गरिएको छ।
पुरानो समितिलाई धन्यवाद दिदै बस्नेतले अबका दिनमा आफुले सके जति बिद्यालयलाई सुधारत्मक तरिका अगाडि बढाउने जानकारी दिनुभयो ।उक्त भेलामा अभिभावक ,शिक्षक,बिद्यार्थी ,पत्रकार वडा प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियोे ।









