एउटा घातक टापुः जहाँ पुग्ने मान्छे जिउदो फर्किदैन

भारतको नियन्त्रणमा दक्षिण–पूर्वी भारतीय महासागरमा एउटा त्यस्तो टापु द्वीप रहेको छ, जहाँ पुग्ने मान्छे जिउँदै फर्किन सक्दैनन् । यो टापुमा घुम्न प्रतिबन्ध लगाइएको छ भने केही मानवशास्त्रीहरुले त्यहाँ बसोबास गर्ने मानवजाति ‘संसारकै असभ्य’ र ‘अन्तिम दुर्लभ’ मानवजाति भएको घोषणा गरेका छन् ।

विगतमा सो टापु घुम्न र त्यसबारेमा अध्ययन गर्न गएकाहरु फर्किएनन् ।

त्यसपछि भारतका सीमा तटरक्षक कोस्टल गार्ड हरुले पटक–पटक सम्पर्क गर्ने कोसिस गरेपनि सफल भएनन् ।

त्यसैले सो ठाउँ जान बाहिरी संसारका मानिसलाई प्रतिबन्ध लगाइयो । नर्थ सेन्टिनल आइल्यान्ड नाम दिइएको यो टापुमा ‘सेंटिनेलिस’ आदिबासीहरुको बसोबास छ ।

सो क्षेत्रमा घुम्न गएका एक अमेरिकी भर्खरै मारिएको घटना सार्वजनिक भएपछि यो आइल्यान्डको चर्चा पुनः सुरु भएको छ । जोन एलिन शाओ नाम गरेका ति अमेरिकी युवाको शब लैजान प्रयत्न गरिएपनि सम्भव भएन ।

मानवअधिकारवादी समूह सर्भाइबल इन्टरनेशनलले भारतीय अधिकारीलाई अमेरिकी मिशनरी जोन एलिन शाओको शब फिर्ता लैजाने कोशिस खतरनाक साबित हुनसक्ने बताएका छन् ।

हालै अमेरिकी मिशनरी जोन एलिन शाओको मृत्युपछि अन्डमान निकोबारको सेन्टिनल टापुमा रहेका समुदाय धेरै चर्चामा आएका थिए । १७ नोभेम्बरमा माछा मार्ने माझीहरु २७ वर्षीय शाओको मृत शरीर समुद्रको किनारामा ल्याएर गाडीरहेको देखेका थिए ।

सो घटनाका बारेमा ८० वर्षीय भारतीय मानवशास्त्री टीएन पण्डित भन्छन्, ‘ती अमेरिकी युवाको मृत्युमा म धेरै दुःखी छु । तर उनले एक गल्ती गरे । बाँच्नका लागि उनीसँग मौका थियो, तर उनी त्यही बसे र जीवन गुमाए ।’

पण्डित ती सीमित मानवशास्त्रीमध्ये एक हुन्, जसले अन्डमान द्विपमा रहेका सेन्टिनल जनजातिसँग भेट गरेका छन् । सन् १९९१ मा सरकारी अभियानमा सामेल पण्डितले पनि यस्तै अवस्थाको सामना गरेका थिए ।

हालै अमेरिकी मिशनरी जोन एलिन शाओको मृत्युपछि अन्डमान निकोबारको सेन्टिनल टापुमा रहेका समुदाय धेरै चर्चामा आएका थिए । १७ नोभेम्बरमा माछा मार्ने माझीहरु २७ वर्षीय शाओको मृत शरीर समुद्रको किनारामा ल्याएर गाडीरहेको देखेका थिए ।

उनी भन्छन्, ‘म उनीहरुलाई नरिवल दिएर मेरो टोलीसँग किनारतर्फ गइरहेको थिएँ । एक सेन्टिनल युवाले अचम्मको अनुहार बनाए र आफ्नो चक्कु लिएर मलाई हेरेर टाउको काट्ने इशारा गरे । मैले तत्काल डुंगा बोलाए र फर्किएँ । उसको इशाराले उसले मेरो स्वागत गरेन भन्ने प्रष्ट थियो ।’

सन् १९७३ मा आफ्नो पहिलो यात्रालाई सम्झदै पण्डितले भने, ‘हामी भाँडा, गाग्री, नरिवल, हथौडा र चक्कु जस्ता सामान उपहार लिएर गएका थियौं । हामीसँग स्थानीय ओंग जनजातिका तीनजना पुरुषहरु पनि लिएर गएका थियौं, यसको उद्देश्य भनेको उनीहरुको कुरा बुझ्न सहज होस् भन्ने थियो ।’

यस सम्बन्धमा उनले सन् १९९९ मा एउटा लेख पनि लेखेका थिए, जसमा उनले आफूमाथि त्यहाँ भएका व्यवहार उल्लेख गरेका छन् । उनले त्यो क्षण सम्झदै भनेका छन्, ‘सेन्टिनल जनजाति रिसाएर आफ्नो गम्भीर अनुहारसँगै लामो धनुष र तीरसँगै सशस्त्र भएर हाम्रो सामू आए । उनीहरु आफ्नो जमिन बचाउनका लागि घुसपैठियासँग लड्न तयार भएका थिए ।’

बाँधेर लगिएको सुँगुर पनि उनीहरुका लागि उपयुक्त उपहार थिएन । यसलाई उनीहरुले भालाले मारे र बालुवामुनी पुरिदिए । उनीहरुको बारेमा धेरै कम जानकारी मात्रै छ, यसकारण सेन्टिनलका बारेमा केही मिथक पनि छ ।

उनले भनेका छन्, ‘द्विप र पोर्ट ब्लेयर ९नजिकको ठूलो बन्दरगाह० मा उत्तरी सेन्टिनल द्विपमा ब्रिटिस जेलबाट भागेका पठानका अपराधी छन् भन्ने एक लोकप्रिय धारणा थियो ।’

सन् १९७० को दशकमा पण्डित र उनीहरुका सहयोगीले उनीहरुलाई बुझ्ने र उनीहरुसँग सम्बन्ध स्थापित गर्नका लागि एक अभियान चलाएका थिए । जसको सफलता उनीहरुलाई १९९१ मा मात्रै मिल्यो । उनी भन्छन्, ‘उनीहरुले हामीलाई किन अनुमति दिए भन्ने विषयले हामी नै अचम्ममा थियौं ।’

‘उनीहरुको शर्तमा छलफल गर्ने गरी यो भेटको निर्णय उनीहरुले नै गरेका थिए । हामी डुंगाबाट बाहिर निस्कियौं र उनीहरुलाई नरिवल र अन्य उपहार दियौं, तर हामीलाई उनीहरुको टापुमा पाइला राख्ने अनुमति थिएन । हमलाको विषयलाई लिएर उनीहरु त्यति चिन्तित थिएनन, तर हरेक समय सतर्क देखिन्थे ।

हाम्रो कुराकानीका क्रममा उनीहरुले केही पटक धम्क्याए । उनीहरु उत्तेजित भएर प्रस्तुत हुँदा हामी नरम भइदिन्थ्यौं । सेन्टिनेलिस न अग्ला छन्, न त होचा, उनीहरु धनुष र तीर लिएर हिड्छन् । आपसमा कुराकानी पनि गर्छन् । तर हामी भाषा बुझ्न सक्दैनौं । सुन्दा अन्य स्थानीय जनजातिजस्तै लाग्थ्यो । हामीले सांकेतिक भाषामा कुराकानी गर्ने कोशिस पनि ग¥यौं । तर उनीहरु नरिबल संकलन गर्न व्यस्त थिए ।

यो समुदाय धनुष र तीरबाट माछा मार्नका लागि परिचित छ । जंगली सुँगुर, जमीनमा फल्ने फलपूmल–सागसब्जी र मह पनि खान्छन् । उनीहरु समुद्रको यात्रा गर्दैनन् ।

उनीहरु आफ्नो क्षेत्रको सुरक्षा गर्नका लागि घुसपैठियामाथि हमला गर्छन् । सन् २००६ मा नर्थ सेन्टिनल आइल्यान्डको नजिक पुगेका केही माझीको हत्या गरेका थिए । भारतीय अधिकारीले २००४ को बक्सिङ डे सुनामीपछि एरियल सर्भे गर्दा एक सेन्टिनेल व्यक्तिले बाणको सहयोगले हेलिकप्टर खसाल्ने कोशिस गरेका थिए ।

अन्डमान द्वीपमा चार अफ्रिकन जनजातिका घर छन्,–अंडमानी, जोंग, जारवा र सेन्टिनेलिस । निकोबार द्विपमा दुई मंगोलियन जनजातिका घर छन्, –शोम्पेन र निकोबारिस ।

ब्रिटिस औपनिबेशिक अधिकारीले द्विपमा एक दण्ड कोलोनीको स्थापना गरेका थिए, जो सन् १८५७ को युद्धमा भाग लिएका शत्रुको घर मानिन्थ्यो । जसलाई इतिहासकारहरुले भारतीय स्वतन्त्रता पहिलेको युद्धको रुपमा बर्णित गरेका छन् ।

राज र ग्रेट अन्डमानिजका सैनिकबीच पहिलो लडाई सन् १८५९ मा भएको थियो । जसको परिणाम पहिल्यै निर्धारित थियो । औपनिवेशिक युगमा जारबासमा रहने अन्य समुदायमा पनि दण्ड सम्बन्धित अभियान थिए । लडाई र विरामीका कारण सबै मुख्य समूहको जनसंख्यामा कमी आयो । तर सेन्टिनेलिस अलग टापुमा भएका कारण ओपनिवेशिक संकटबाट बाँच्यो ।

ती आदिवासी पृथ्वीको लागि एकदम लुप्त प्राणी भएकोले उनीहरुको संरक्षण गरिनुपर्ने कतिपयको भनाई छ । ती आदिवासीहरुमा कुनै रोग, फ्लु वा अरु महामारी नरहेको भन्दै उनीहरुलाई लुप्त र एक्लै बाँच्न दिनुपर्ने उल्लेख गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!