उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज

काठमाण्डौं÷उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज भएको छ ।
शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाण्डौं उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गर्नुभएको हो ।
उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुले केन्द्रीय राजधानी काठमाण्डौं उपत्यकामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । यस्ता सम्पर्क कार्यालयहरुको खास भुमिका र प्रभाव नरहेकोले सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजि सचिव पुष्प ढकालले जानकारी दिनुभयो ।
ऐनमा कुनैंपनि व्यवस्था नभएकोले सम्पर्क कार्यालय तत्काल हटाउन मन्त्री पोखरेलले निर्देशन दिनुभएको ढकालले बताउनुभयो । आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनमा सहज गर्नका लागी सम्पर्क कार्यालय खारेजी गरिएको मन्त्रालयले जनाएको छ ।
,









