जाजरकोटमा दुई दिन देखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, दुई दिन देखि नेपाल टेलिकमद्धारा वितरित ल्यण्डलाईन सेवा र नमस्तेको सेवा ठप्प भएको छ । सदरमुकाम संगै जिल्ला भरि फोन सेवा ठप्प भएपछि हजारौ सेवाग्रही मर्कामा परेका छन् ।

फोन सेवा अवरुद्ध संगै ईन्टरनेट सेवा समेत वन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्य पत्ता लगाउने काम भईरहेको वताएको छ । फोन सेवा नहुँदा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यम , सरकारी कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको काम समेत ठप्प भएको छ । दुई दिन वितिसक्दा सम्म फोनमा आएको समस्यका विषयमा सम्वन्धित निकायले चासो नदेखाएको भन्दै सेवा ग्राही आक्रोषित भएका छन् ।





error: Content is protected !!