नवीन ध्यारको “बिछोड”कबिता

मलाइ अब नुहाउनको लागि पोखरी जानू पर्दैन ,
तिमी संगको बिछोडको छटपटिले गर्दा मेरा यी हात खुट्टाहरुले जमिन संग घर्सदा घर्सदै एउटा विशाल खाल्डो बनाएका छन।
जहाँ,
मैले मेरो बियोगान्त रोदन पछि,
आखाको मुलबाट पानी बिर्सिएको छु,
एक पोखरी पानी बनाएको छु।
मलाइ अब न्यानोको लागि आगो ताप्नु पर्दैन,
बिछोडको पिडाले आगोमा जल्दा जल्दै,मैले मेरि जीउलाई एक कुशल कुचालक बनाएको छु।
अझै,मेरो बिजोगपनको अबस्था जान्छौ भने,आत्म बिनाको खोक्रो यो मेरो देहलाइ,,
चितामाथी जलाउन एक जिउदो लास बनाएको छु।
-नवीन ध्यार ,एम बि बि एस प्रथम बर्ष -धरान










