“ढुङ्गा भन्दा सार्हो तिम्रो मन”रसाइलीका पाँच गजलहरु।

जीबन एक रङ्गमंच हो ,यो संसारका मानवहरुकाबा आफ्नै पीडा,काल्पनिक घटना हरु छन।तसर्थ जिबनलाइ नजिक बाट नियालेर हेर्दा ढुङ्गाको मनबाट उत्पन्न यी बेदनाका भाबहरु।
? जीवन साथि?
मायाले पिरोल्यो प्रियसि बन्छ्यौ कि,
मनमनै मन पराय हिर्दयकी रानी बन्छ्यौ कि।
मलाई नै माया गर लाखौ जुनि सम्म,
मेरो नयन को नानी बन्छ्यौ कि।
सब थोकको बहुमुल्य चाहियो मलाई ,
माया नै मायाको खानी बन्छ्यौ कि।
मायाको महल बनाई बस्ने रहर,
सजावट को जिन्दगी बन्छ्यौ कि।
तिम्रो त्यो कोमल नजर अरुलाइ नभयर,
मेरो जीवन संगीनि बन्छ्यौ कि।।??
? गजल?
?त्यो माया?
शरद रितुमा झरिजाने पलम कस्तो हो,
ढुङ्गा भन्दा सार्हो तिम्रो मन कस्तो हो।
माया के हो,प्रेम के हो,धोका के हो,
दुश्मनी मा परिनत हुने यो संसार कस्तो हो।
हरेक कुर गरि मिलन चौतारिमा,
हसायर रुवाउने तिम्रो माथ कस्तो हो।
एकै क्षण मात्र रमितामा भुलायर,
धोका दिने पापिनी माथ कस्तो हो।
यो एल:आर संग नाता जोडी नभयर,
पराइ संग रमाउने साथ कस्तो हो।
? गजल?
✋ तिम्रो धोका
तिमी भन्दा अझै सुन्दरी पाउछु मैले,
पाउ भय जुत्ताहरु हजार लाउछु मैले।
जिन्दगी मा नसोचेकै युद्द हुदा पनि,
खुसी रहि अझै हजार गित गाउछु मैले,
तिमी संगका पलहरु लाई थन्काएर,
पहाड देखि मधेश सम्म हजार पाइला धाउछु मैले।
तिमिले नचाहेको मेरो मुटु थियो,
जिन्दगिको सरगम यात्रा टल्काउनु छ मैले।
?गजल?
माया पिरति?
सुनको गन्ध मा फलामको को के काम होला,
माया पिरतिको सामु धोकेबाजको के काम होला।
त्यसैले हिराको बास्ना मा सुनको गन्ध सुहाउछ,
तर रुनेका सामु खुशिको के काम होला,
झक्मकियको फुलमा भमरा भन्भनाउछ,
मिलन सामु धोकेबाजको के काम होला।
मायाका ब्यापारि संग फस्ने हरु,
पैसा र स्वार्थको के काम होला।
माया पिरती को सामु धोकेबाजको के काम होला।
??प्रेम को खोजि?
तिर्खा लाग्यो सार्है पानीको खोजिमा छु,
आजभोली म त नाना को खोजिमा छु।
सदैब दुख कै महशुस मा हराउने,
एकदिन एश आरामको खोजिमा छु।
यो रमाइलो जिन्दगी को बगैचा मा,
मिठो बास्ना दिने फुल को खोजिमा छु।
निष्टुरि का याद मा सपनाहरू कोरकार गरि,
चिट्ठी बनाए,खाम को खोजिमा छु।
-लक्ष्मण रसाइली “समर्पण ”
पत्रकार
जाजरकोट



