दशरथचन्द स्मृती क्रिकेटका सेमिफाईनल खेल स्थगित

विनोद सिंह विष्ट
बैतडी , बैतडीमा जारी सहिद दशरथचन्द स्मृती यू १९ आमन्त्रण क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएका सेमिफाईनल खेलहरु बर्षाका कारण स्थगित भएका छन ।
आज बिहानै भएको बर्षाले मैदान तथा पिच भिजेका कारण सेमिफाईनल दुईवटै खेल स्थागित गरिएको अम्पाएर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

मैदान सुकेपछी भोली सेमिफाईनल खेल गराईने उहाले बताउनुभयो ।
यसअघि आज बिहान निङ्गलाशैनी खेल मैदान , देहिमाण्डौंमा हुने खेलमा योङ्ग स्टार क्रिकेट क्लव, मेलौली र कालाशैनी क्रिकेट क्लव भिड्ने भएका थिए । भने बुढाबाजे खेल मैदान ,रातामाटामा जगन्नाथ क्रिकेट क्लवसंग निङ्गलाशैनी क्रिकेट क्लव ( एनसिसी ) फाईनल प्रवेशका लागी प्रतिस्प्रर्धा गर्ने भएका थिए ।
सहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा भईरहेको प्रगियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितियलाई नगद २५ हजार र म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
सहिद दशरथचन्दको सम्झनामा माघ ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।









