नर्वे, जहाँ रात हुँदैन ?

एजेन्सी । आज हामी चर्चा गर्दैछौं युरोपको सुन्दर राष्ट्र नर्वेको बारेमा । यस देशलाई प्लेस अफ प्याराडाइस पनि भन्ने गरिन्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यस देशमा घुम्नका लागि लाखौं पर्यटकहरु वर्षेनी आउने गर्छन् ।

यस देशमा केही यस्ता ठाउँहरु पनि रहेका छन् जहाँ सुर्य अस्ताउँदैन । सन् १९०० मा यो देश स्विडेन र डेनमार्कको स्वामित्वमा रहेको थियो ।तर सन् १९०५ मा यो राष्ट्र स्विडेन र डेनमार्कबाट अलग भएर एक स्वतन्त्र राष्ट बन्यो । क्षेत्रफलको हिसाबमा नर्वे विश्वमा ६७ औं नम्बरमा आउँछ भने जनसंख्याको हिसाबले नर्वे १२० औं ठूलो राष्ट्र हो ।

नर्वेको ४८ प्रतिशत भुभाग जंगलले घेरिएको छ । जहाँ पुरा विश्व जलवायु परिवर्तनको चिन्तामा रहेको छ तर नर्वेलाई भने जलवायु परिवर्तनको कुनै चिन्ता रहेको छैन । नर्वे धनी राष्ट्रमध्ये छैटौं स्थानमा पर्दछ । यस देशको सबै शिक्षाहरु निशुल्क रहेका छन् ।नर्वेमा मे महिनादेखि जुलाईसम्म सुर्य रातमा पनि देखिन्छ । यहाँ सुर्य पूर्णरुपमा अस्ताउँदैन । दिन होस् या रात यहाँ उज्यालो हुन्छ । यसै घटनालाई नियाल्न लाखौं पर्यटकहरु नर्वे पुग्दछन् ।

यस देशमा ठूला झरनाहरु पनि रहेका छन् । विश्वको सबैभन्दा लामो सुरुङ ९२४ किलोमिटर० पनि यसै देशमा रहेको छ ।





error: Content is protected !!