तपाईं त मेरो मनले खाएको मान्छे ?

जमुना न्यौपाने

कति कोमल

न आँखामा बिझाउनुहुन्छ

न धड्किदिन बिराउनुहुन्छ

कहिल्यै ब्युँझाउनु पनि हुँदैन

तन्द्रामा झुमेको बखत

तपाईं त मेरो मनले खाएको मान्छे

हावा नचलेपनि फरफर फर्फराइदिने

हरहर सुवास छरिदिने

छामुछामु, चुमुचुमु लाग्ने मान्छे

तर, कसो कसो सरमले भुतुक्कै हुन्छु म

तपाईं भने खुलेआम सलबलाइ दिनुहुन्छ

पत्रपत्रमा रेशमी केशरहरू

साँच्चै, तपाईं त मेरो मनले खाएको मान्छे

ती आँखाहरू मिनाक्षीका जस्ता

जादुमयी उस्तै

तिलस्वी उस्तै

हेरेपछि निशाना नचुकाउने

देखेपछि बिम्बमा नलुकाउने

मेट्नै पर्ने तृष्णा ( खोलेर होस् या च्यातेर

म पानी पानी हुन्छु

त्यही पानीमा पौरिन खोज्नुहुन्छ हजुर

धत् सरमै लाग्दो

त्यै पनि तपाईं त मेरो मनले खाएको मान्छे १

निकोटिनले निलाम्य पारेका ओठ

सागरको गहिराइ भन्दा पनि गहिरो लाग्छ मलाई

डुबिरहुँ झैं लाग्छ

तर यहाँ त आइपुग्छन् कण(कणमा

ुक्यालिगोर्निया लिल्याकुका पुङ्केशरहरू

र गरिदिन्छन् मनपरि, सधैंभरि, यसैगरी

त्यसैगरी तपाईं त मेरो मनले खाएको मान्छे

तपाईंका हातहरू हात हैनन्

सिरान जस्ता(सुतेपछि उठ्नै मन नपर्ने,

तपाईंको ज्यू(डाल नागिनको जस्तो

हेरिरहुँ झै लाग्ने,

छातीभरि सेता, काला रौहरु

कति साहसिलो मान्छे तपाईं

दुस्खले खिइएका हड्डीहरू जब्बर देखिएका

जाडोले गोडाहरू फुस्रा भएका

त्यै पनि सुम्सुम्याउ जस्ता

।।।।

शीरदेखि पाउसम्म सबै उस्तै

एक टकले हेरिरहन मन लाग्ने

छोइरहुँ जस्तो हुने

मनको पिर भुलेर रमिदिने मान्छे तपाईं

उत्तिकै सिपालु अरुलाई झुमाइदिन पनि

त्यसैले त तपाईं मेरो मनले खाएको मान्छे

हाम्रो केमेस्ट्री यसरी मिलिदिन्छ कि

मानौं हामी अन्तरयामी हौं

बुझ्न सक्छौ एक अर्काको मनको आवाज

जान्न सक्छौ एक अर्काको हृदयको पुकार

अनि, नियाल्न सक्छौं एक अर्काको अन्तस्करणदेखिको चाहना

साँच्चै, तपाईं विश्वभरिको एउटा छुट्टै मान्छे

जसले भेटिदिन सक्छ हर समस्याका समाधान

जसले गरिदिन सक्छ हर चुनौतीसँग साक्षात्कार

अनि जसले बुझिदिन सक्छ आवेगका मनोभावहरू

त्यसैले त तपाईं मेरो मनले खाएको मान्छे





error: Content is protected !!