चिकित्सा क्षेत्रका नयाँ प्रविधिहरू

चिकित्सा क्षेत्रका लागि नयाँ प्रविधि निकै महत्त्वपूर्ण हुन्छ । प्रविधिको विकासकै कारण असाध्य रोगहरूको उपचार समेत सम्भव हुने गरेको छ । त्यसैले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नयाँ आविष्कार र प्रविधिको विकासमा वैज्ञानिकहरू लागिपरेका हुन्छन् । विभिन्न रोग र तिनको उपचार सहज बनाउन प्रविधि सहयोगी सिद्ध हुने गरेको छ । चिकित्सा क्षेत्रका नयाँ प्रविधिले लाखौं मानिसको ज्यान बचाउँदै आएको छ । उपचार पद्धति छिटो, भरपर्दो र प्रभावकारी बनाउन पनि प्रविधिको महत्त्वपूर्ण भूमिका हुन्छ । चिकित्सा क्षेत्रका नयाँ केही प्रविधिबारे यहाँ चर्चा गरिएको छ स्

सीआरआईएसपीआर
क्लस्टर्ड रेगुलर्ली इन्टरस्पेस्ड सर्ट पालिन्ड्रोमिक रिपिट्स ९सीआरआईएसपीआर० मानिसको जिन परिवर्तन गर्न सक्ने अहिलेसम्मकै सबैभन्दा विकसित प्रविधि हो । यसले प्राकृतिक गुणलाई नै परिवर्तन गरेर डीएनए भाइरसबाट बचाउँछ । यसको माध्यमबाट जटिल रोगहरूको निदान तथा उपचार गर्न सकिन्छ । आगामी दिनमा क्यान्सर, एचआईभीजस्ता रोगको उपचारका लागि पनि यसले ठूलो योगदान दिन सक्छ । यस्तै कुनै प्राणघातक रोग लागेका मानिसको आयु बढाउन सहयोग गर्छ ।

यो प्रविधिको प्रयोगमा केही विवाद पनि देखिएका छन् । विशेषगरी परम्परागत सोच भएका मानिसले यसको प्रयोग प्रकृतिको विपरीत हुने भन्दै आपत्ति व्यक्त गरेका छन् । अहिलेसम्म यसको वास्तविक क्षमता कति हो भन्ने विषयमा पनि थाहा पाउन सकिएको छैन ।

टेलिहेल्थ
विश्वमा ६० प्रतिशत स्वास्थ्य उपभोक्ताले डिजिटल सेवा मन पराउने अध्ययनले देखाएको छ । अपोइन्टमेन्ट लिएर डाक्टरसँग प्रत्यक्ष भेट्नुभन्दा डिजिटल रूपमा पाइने सूचना हेर्न र पढ्न बिरामीलाई सहज हुन्छ । यसका लागि पछिल्लो समय बिरामीले मात्र प्रयोग गर्न सक्नेगरी एक एपको निर्माण काम अघि बढिरहेको छ । यसले बिरामीलाई चिकित्सकसँग कुराकानी गर्न र अन्य चिकित्साविद्बाट सल्लाह सुझाव लिन सजिलो बनाउँछ । विशेषगरी यस किसिमको प्रविधिको प्रयोग बिरामीको स्याहारका लागि धेरै महत्त्वपूर्ण हुन्छ ।

भर्चुअल रियालिटी
पछिल्लो समय चिकित्सा क्षेत्रमा भर्चुअल रियालिटी ९भीआर०को प्रयोग बढ्दो छ । यो प्रविधिको प्रयोग गरी चिकित्सा क्षेत्रका विद्यार्थीलाई वास्तविक जीवनको विषयमा थप नजिकबाट नियाल्ने मौका मिल्छ । उनीहरूले भीआर प्रविधिको प्रयोग गरी वास्तविक रूपमा मानव शरीरले कसरी काम गरिरहेको छ भन्ने कुरा प्रत्यक्ष रूपमा देख्न सक्छन्, जसले गर्दा बिरामीको उपचार राम्रोसँग गर्न मद्दत पुग्छ ।

हेल्थ वेयरेबल्स
लगाउन सकिने स्वास्थ्य उपकरणको माग पछिल्लो केही वर्षयता व्यापक मात्रामा बढेको छ । सन् २००० मा यस किसिमको उपकरण सार्वजनिक भएयता यसको विस्तार व्यापक भएको हो । अहिले मानिसहरू यसको प्रयोग गरी आफ्नो हिँडाइ, फिटनेस, मुटुको गति र सुताइको अवस्था स्मार्टफोनबाटै थाहा पाउन सक्छन् । साथै मधुमेहलगायत केही रोगको निगरानी पनि आफ्नो मोबाइलबाटै गर्न सक्छन् । सन् २०२४ सम्ममा विश्वभर वेयरेबल डिभाइसको बजार ६७ अर्ब डलरको हुने अनुमान गरिएको छ ।

कृत्रिम अर्गान
थ्रीडी प्रिन्टका साथै बायो–प्रिन्टिङ पनि चिकित्सा क्षेत्रमा विकसित हुँदै गएको प्रविधि हो । यसको प्रयोग गरी डढेको छाला कृत्रिम रूपमा निर्माण गर्न सकिन्छ । यस्तै अन्य सम्भावनाको विषयमा पनि अहिले अध्ययन भइरहेको छ । वैज्ञानिकहरूले अहिले कृत्रिम अर्गानको प्रयोग गरी शरीरमा खराब भएका अंगहरू हटाउन रक्तनली, पाठेघर र प्याङ्क्रियाज जस्ता अंग बनाउन प्रयासरत छन् ।

थ्रीडी प्रिन्टिङ
अहिले थ्रीडी पिन्टिङ प्रविधिको प्रयोग बढ्दो छ । यसको प्रयोग गरी वस्तु तथा उपकरणको आकार र अवस्थाबारे राम्रो जानकारी पाउन सकिन्छ, जसले विभिन्न रोगको उपचारमा समेत सहयोग गर्छ । यसबाट ठूला–साना घुलेर रहने औषधिको पनि थ्रीडी प्रिन्ट निकाल्न सक्छ । साथै बिरामीलाई कस्तो किसिमको उपचार तथा औषधि आवश्यक छ भन्ने सहजै थाहा पाउन सकिन्छ ।

वायरलेस ब्रेन सेन्सर
हाल वैज्ञानिक तथा डाक्टरहरू वायरलेस ब्रेन सेन्सरको ९बायोरिजर्भेबल इलेक्ट्रोनिक्स०को निर्माणमा लागिपरेका छन् । यसलाई मानिसको मस्तिष्कमा राख्न सकिन्छ । काम सकिएपछि यो मस्तिष्कमै हराएर जान्छ । यस किसिमको डिभाइसले मस्तिष्कको तापक्रम र रक्तचापको उपचार गर्न सक्छ । यस्तै मस्तिष्कको धेरै किसिमको शल्यक्रियमा सहज हुनेछ ।

रोबोटिक सर्जरी
रोबोटिक सर्जरीको नकारात्मक प्रभाव निकै कम हुन्छ । शल्यक्रियाका लागि पछिल्लो समय यो प्रविधिको प्रयोग बढ्दै गएको छ । शल्यचिकित्सकले यसको माध्यमबाट निकै जटिल अवस्थामा पनि सहजै शल्यक्रिया गर्न सक्छन् । यसलाई आगामी दिनमा एग्युमेन्ट रियालिटी ९एआर०सँग जोड्न सकिन्छ । यसले शल्यचिकित्सकहरूलाई महŒवपूर्ण सूचना पनि प्रदान गर्न सक्छ । नयाँ आविष्कारको विस्तार भइरहेको अवस्थामा आगामी दिनमा प्रविधिले मानव सर्जनलाई विस्थापित गर्न सक्ने आशंका पैदा भएको छ । तर भविष्यमा यो प्रविधि मानिसलाई सहयोग गर्न मात्र प्रयोग गरिनेछ ।

श्वास लिने डिभाइस
श्वास लिने डिभाइस दम रोगका बिरामीलाई निकै लाभदायी हुन्छ । सही तरीकाले प्रयोग गर्न सके यो ९० प्रतिशत दमरोगीका लागि प्रभावकारी सावित हुन सक्छ । तर वास्तविकतामा भने निकै कमले मात्र यसको सही प्रयोग गर्ने गर्छन् । यस्तोमा बिरामीको अवस्थालाई नियन्त्रणमा राख्न ब्लुटुथ–इलेबल स्मार्ट इन्हेलर्सको विकास गरिएको छ । एक सानो डिभाइस श्वास लिने डिभाइससँग जोडिन्छ । यसमा प्रत्येक डोजको समय र मिति तय गरिएको हुन्छ । यो विवरण बिरामीको स्मार्टफोनमा पठाइन्छ, जसबाट उनीहरूले आफ्नो अवस्था सधैं नियन्त्रणमा राख्न सक्छन् ।





error: Content is protected !!