यसरी बच्ने झाडापखालाबाट

वर्षायाममा झाडापखालाको संक्रमण बढ्छ । बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा झाडापखालाको महामारी फैलिने अधिक सम्भावना रहन्छ । झाडापखालाको महामारीकै कारण नेपालमा कतिपयको ज्यानसमेत जाने गरेको छ ।
लक्षण

बालबालिका, बुढाबुढी, गर्भवतीलगायत प्रतिरोधी क्षमता कम भएका मानिस झाडापखालाबाट बढी प्रभावित हुने गर्छन् । सावधानी अपनाएमा झाडापखाला केही दिनमा आफैँ ठीक भएर जान्छ । तर, यो लामो समयसम्म रहेमा स्वास्थ्यका लागि घातक हुन सक्छ ।
झाडापखाला हुँदा लगातार दिशा लागिरहने, ज्वरो आउने, बच्चामा डिहाइडे«सन हुने, शरीरमा पोटासियम र सोडियमको मात्रामा कमी आउनेजस्ता समस्या हुन्छन् ।

बच्ने तरिका

पानी शुद्धीकरण ९उमालेर, फिल्टर गरेर, पियूषजस्ता पानी शुद्ध बनाउने औषधिको प्रयोग० गरेर मात्र पिउनुपर्छ ।
घरवरिपरि सफा राख्नुपर्छ । जसले गर्दा कीटाणु सजिलै खानामा पर्दैनन् ।
खुला राखिएका तथा बासी खानेकुरा खानुहुँदैन । खानेकुरा सधैँ छोपेर मात्र राख्नुपर्छ । खोला, इनार आदिको पानी प्रयोग गर्दा सापधानी अपनाउनुपर्छ । घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।
दिशा गरिसकेपछि र खाना खानुपूर्व साबुन–पानीले राम्ररी हात धुनुपर्छ ।
फलफूल, हरियो सागपातजस्ता काँचै खाइने खानेकुरा राम्ररी पखालेर मात्र प्रयोगमा ल्याउनुपर्छ




सम्बन्धित समाचार


error: Content is protected !!